×

NMB BANK
NIC ASIA

लिदी पहिरो : भूकम्पले थिलथिलो पारेको क्षेत्र

साउन ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

यो वर्षको मनसुन जेठ अन्तिममा सुरु भएयता शुक्रबारसम्म सिन्धुपाल्चोकमा पहिरोका १८ वटा घटना भएका छन् तर जुगल गाउँपालिका–२ लिदी (साविकको गोल्चे गाविस–१) मा शुक्रबार बिहान गएको पहिरोलाई भूगर्भविद् र पहिरो अध्ययन गरेकाहरूले अघिल्लाभन्दा फरक किसिमको भनी विश्लेषण गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

पुल्चोक इन्जिनियरिङ क्याम्पसका अध्यापकसमेत रहेका भूगर्भविद् वसन्तराज अधिकारीका अनुसार सुरुमा खोल्सीले तलतिरबाट माटो खोलेको देखिन्छ र धेरै वर्षा भएपछि मास्तिरको माटो गलेर झ्वाप्पै तलतिर खसेको छ । ‘त्यहाँको भूभागमा भित्रैसम्म पानी पुगेपछि कमजोर बनेको माटो–ढुंगालगायत डेब्रिज एकैपटक तलतिर सोहोरिएको छ,’ उनले भने, ‘तल्लो भागमा पहिरो छेक्ने अरू केही नभएपछि माथिबाट बगेर आएको पहिरो बस्तीमाथि सरर बगेको देखिन्छ ।’ झट्ट हेर्दा पहिरो नजानेजस्तो देखिएकाले त्यस ठाउँमा बाक्लो बस्ती बसेको उनले अनुमान गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त क्षेत्र २०७२ सालको भूकम्पले समेत हल्लाएको क्षेत्र हो । भूकम्पले थिलथिलो बनाएको भूभागलाई स्थिर हुन धेरै वर्ष लाग्छ । ‘मनसुनअघि त्यो क्षेत्रमा धेरै धाँजा फाटेको हुनुपर्छ । ती धाँजाबाट वर्षात्को पानी भित्र छिरेपछि माटो कमजोर हुन्छ र कालान्तरमा पहिरोको रूप लिन्छ,’ अधिकारीले भने ।


Advertisment
Nabil box
Kumari

यो वर्षको मनसुनमा भूकम्पले बढी प्रभाव पारेका क्षेत्रमै धेरैजसो पहिरो देखिएका छन् । भूकम्पले अति प्रभावित १४ जिल्लामध्ये पनि सिन्धुपाल्चोकमा यो वर्ष धेरै पहिरो गएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले भूकम्पले अति प्रभावित धादिङ, दोलखा, गोरखा, रसुवा र सिन्धुपाल्चोक जिल्लामा अध्ययन गरेर डेढ लाख घर पहिरोको उच्च जोखिममा रहेको करिब ५ वर्षअघि नै निष्कर्ष निकालेको थियो । भूगर्भविद्हरूले त्यस्ता जोखिममा रहेका बस्तीहरूलाई जतिसक्दो चाँडो सुरक्षित स्थानमा सार्न सम्बन्धित निकायलाई सुझाएका थिए ।

Vianet communication
Laxmi Bank

शुक्रबार पहिरो गएको क्षेत्र जोखिमयुक्त भएकाले स्थानान्तरण गर्नुपर्ने सूचीमा समेटिएको मध्यकै बस्ती हो । जोखिमयुक्त भएकाले जुगल गाउँपालिकाले पनि उक्त बस्तीलाई सुरक्षित स्थानमा सार्न मनसुन सुरु हुनुअघि नै जिल्ला प्रशासन कार्यालयलाई पत्रमार्फत ध्यानाकर्षण गराएको थियो ।

शुक्रवार बिहान घटनास्थलको निरीक्षण गरी फर्किएका अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार पहिरोको जोखिम बुझेर नै स्थानीय बासिन्दा वर्षा लागेपछि बास बस्न टाढाका सुरक्षित स्थानका गोठ (अस्थायी घर) मा जाने गरेका थिए । ‘बस्ती सार्नुपर्छ भनेर लगातार कुरा उठेको हो,’ न्यौपानेले भने, ‘स्थानीय बासिन्दा भूकम्पपछि जहिल्यै त्रसित थिए ।’ सभामुख सापकोटाले जारी गरेको विज्ञप्तिमा पनि उक्त क्षेत्र भूकम्पपछि जर्जर भएकाले विपद्का घटना दोहोरिरहने उल्लेख गरिएको छ ।

नेपाल भूगोल समाजका अध्यक्षसमेत रहेका भूगोलविद् प्राध्यापक नरेन्द्रराज खनालले लिदीको पहिरोले एकैपटक नभई थोरै थोरै गरेर शुक्रबार बृहत् रूप लिएको हुन सक्ने बताए । ‘त्यहाँ अलिअलि माटो झर्ने र चिरा पर्ने क्रम पहिले नै सुरु भएको हुनुपर्छ, अचानक आएको पहिरो होइन,’ नेपालका ठूला पहिरोबारे अध्ययन गरेका खनालले भने, ‘तस्बिरहरू विश्लेषण गर्दा त्यो क्षेत्र अझै पहिरोको जोखिममा छ, सतर्क हुनुपर्छ ।’

खनालका अनुसार पहाडी क्षेत्रमा कहाँ, कहिले र कत्रो पहिरो जान्छ भन्ने कुरा भौगर्भिक बनावट, भिरालोपन, भूकम्पलगायत भौगर्भिक हलचल, खोलाखोल्सीको फैलावट, वर्षाको मात्रा, भूउपयोगको तरिका र विकास निर्माणले निर्धारण गरेको हुन्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारसम्म पहिरो, भारी वर्षा, बाढी र अचानक बाढी (फ्ल्यास फ्लड) का गरी ६ सय ७० वटा घटना भएका छन् । त्यसमा परेर २ सय ७ जनाको मृत्यु भएको छ भने ८७ जना बेपत्ता र २ सय बढी घाइते भएका छन् । जेठ ३० मा मनसुन सुरु भएयता ७५ वटा जिल्लामा मनसुनजन्य विपद्का घटना भएका हुन् । कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x