×

NMB BANK
NIC ASIA

सार्न भन्दाभन्दै पुरियो बस्ती

साउन ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पहिरोको जोखिम बढेपछि निमाछिरिङ दोङसहित गाउँले बस्ती अन्यत्र स्थानान्तरण गरिदिन सरकारको ध्यानाकर्षण गराएर एक साताअघि सदरमुकामबाट घर फर्किए। तर, एक साताभित्रै गाउँ नै पुरेको पहिरोले उनको परिवारका ३ जना बेपत्ता छन्।

Sagarmatha Cement
Muktinath Bank

गाउँमा धाँजा फाट्ने र माथिबाट जमिन खस्नेक्रम सुरु भएपछि जुगल गाउँपालिका–२ गोल्चे लिदीका निमासहितको टोलीले तेस्रो पटक यही साउन २३ गते बस्ती स्थानान्तरणका लागि प्रमुख जिल्ला अधिकारीमार्फत अन्य निकायको ध्यानाकर्षण गराएका थिए। उनीहरूले पहलले सार्थकता नपाउँदै पहिरोले निमाका परिवारका ३ सहित गाउँका अन्य २७ जनालाई पहिराले बेपत्ता बनाएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिरोमा पुरिएका ११ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधव काफ्लेले बताए। उनका अनुसार पहिरोले पुरिएका २ पुरुष, ४ महिला र ५ बालबालिकाको शव उद्धार टोलीले भेटेको हो। भेटिएकाहरूको सनाखत हुन सकेको छैन। शुक्रबार बिहान साढे ६ बजे स्थानीयले घरमा खाजा खाने समयमा बस्तीको करिब चार सय मिटर माथिबाट बगेको पहिरोले टोलका ३७ घर पुर्दा ठूलो मात्रामा धनजनको क्षति छ।


Advertisment
Nabil box
Kumari

सँगै सुतेकी श्रीमती बच्चा लिएर अर्को घरमा गएका बेला पहिरो खसेको आवाजले झस्किएका निमा हाम फालेर भागे। तर ३७ वर्षीया श्रीमती धनमाया दोङ, ५ महिनाको छोरा र ७२ वर्षीया आमा वाङ्जी लामालाई भने उनले बचाउन सकेनन्। ‘सुतेको घरबाट उठेर श्रीमती बाबु लिएर अर्को घरमा खाजाको लागि छ्याङ बनाउन गएकी थिइन्, लप्सेमा रहेको टहरोमा रात बिताएर आमा पनि भर्खर घर आउनु भएको थियो’, निमाले टेलिफोनमा भने, ‘एक्कासि ठूलो आवाजसहित पहिरो आयो म हाम फालेर भाग्न सकें तर, परिवारका कसैलाई बचाउन सकिनँ।’

Vianet communication
Laxmi Bank

गाउँमा पहिरोको जोखिम बढेपछि अधिकांश स्थानीयले अन्यत्र गोठ र टहरो हालेर रात बिताउने गरेका थिए। रात अन्यत्र बिताउन गएका समेत खाजा खान र अन्य काम घर आएका बेला खसेको पहिरोले कसैलाई बाँकी नराखेको निमाले सुनाए। ‘भाग्न सक्ने हामी केही बाँचेका रहेछौं’, भाग्ने क्रममा पहिरोको छर्राले लागेर हात र गर्धनमा चोट लागेका निमाले भक्कानिँदै भने, ‘परिवार त गुमाएँ, सिंगो गाउँमा सान्त्वना दिन बाँकी पनि कोही रहेनन्।’

भौगोलिक रूपमा विकट र यातायातको पहुँचबाट टाढा रहेको लिदीमा घटनाको झन्डै ५ घण्टापछि हेलिकोप्टरमा गएको नेपाली सेना र स्थानीयले घाइतेको उद्धार गरे। यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा चढेर आएको हेलिकोप्टरमा सदरमुकाम चौताराबाट नेपाली सेना पठाएर ५ जना घाइतेको उद्धार गरिएको थियो।

बेपत्ताको खोजी तथा उद्धारका लागि हेलिकोप्टरबाट सेनालाई पहिरोस्थल पठाइएको थियो। हेलिकोप्टरबाट घाइतेको उद्धार गरी सदरमुकाम चौतारा ल्याइएपछि सभामुखको टोली घटनास्थल पुगे। कात्तिके प्रहरी चौकीबाट ६ घण्टा पैदल हिँडेर अपराह्न मात्र प्रहरीको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बस्तीमा पहिरो खस्ने खतरा देखेपछि तेस्रो पटक सरकार गुहारेको साता नबित्दै गाउँमा ठूलो जनधनको क्षति भएको वडाध्यक्ष प्रताप लामाले बताए। बस्तीमुनि खनिएको जलविद्युत् आयोजनाको सुरुङका कारण पनि पहिरो खसेको स्थानीयको अनुमान छ।

गृहमन्त्री रामबहादुर थापा राहत सामग्री लिएर हेलिकप्टरमा पहिरो गएको जुगल गाउँपालिका पुगेका छन्। टोलीमा गृहसचिव महेश्वर न्यौपाने, विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायतका अधिकारी छन्। गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार दैनिक उपभोग्य वस्तु, टेन्ट, त्रिपाललगायत लिएर टोली पहिरो गएको स्थलतर्फ आएको हो। अन्नपूर्ण पोस्टमा युवराज पुरीले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x