×

NMB BANK
NIC ASIA

यस्तो पो परिवार ! बुद्धिप्रसादले खुदो बेचेर पढाएका ६ छोरा उच्च सरकारी ओहोदामा

साउन ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

गुल्मीको साविक बलेटक्सार गाविस–८ (हाल रुरु गाउँपालिका–४) ठानीडाँडाका बुद्धिप्रसाद पन्थ (८४) को उच्च शिक्षा अध्ययन गर्ने ठूलो इच्छा थियो । पारिवारिक कारण र आर्थिक अवस्थाले गर्दा उनले त्यो बेला सामान्य लेखपढ गर्न जान्नेबाहेक माथिल्लो तहसम्म पढ्न पाएनन् ।

Sagarmatha Cement
Muktinath Bank

आफ्नो इच्छा र चाहना हुँदाहुँदै पनि अध्ययन गर्न नपाए पनि छोराहरूलाई भने दुःख गरेर पनि उच्च शिक्षा पढाउने पन्थको अठोट थियो । त्यो समयमा पन्थको परिवार निम्नमध्यम वर्गीय थियो । पन्थका ६ छोरा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गुल्मीको बलेटक्सार, रिडी र थोर्गा खुदोका लागि प्रख्यात ठाउँ हो । साविक पश्चिमाञ्चल क्षेत्र (हाल प्रदेश ५) गुल्र्मीको थोर्गाको खुदो भनेपछि सबै हुरुक्क हुन्छन् । पन्थको परिवारले पनि उखु खेती गर्थ्यो । उनले उखु लगायत अन्य कृषि पेशामा दुःख गरेरै भए पनि ६ छोरोलाई उच्च शिक्षासम्म पढाए । छोराहरू सबै पढाइमा अब्बल भएर निस्किए । 


Advertisment
Nabil box
Kumari

सबै भाइहरूले आदर्श मावि दिगाम–७ मा अध्ययन गरे । शुरूमा त्यो विद्यालय निम्न माध्यमिक तहसम्म थियो । ६ भाइमध्ये जेठा यदुुलाल पन्थ र माहिला छोरा कृष्णप्रसाद पन्थले रिडीस्थित विद्यालयबाट एसएलसी उत्तीर्ण गरे भने अन्य सबै भाइले आदर्श माविबाटै एसएलसी राम्रो अंकका साथ उत्तीर्ण गरे ।

Vianet communication
Laxmi Bank

पन्थको सपनासँगै सबै भाइ पढाइ सकेर सरकारी सेवाको उच्च पदमा पुगेका छन् । सबै भाइले उच्च शिक्षा काठमाडौंमा अध्ययन गरी सरकारी सेवा प्रवेश गर्ने निजामती सेवाको तयारी पनि गरे । सरकारी सेवामा नाम पनि निकाले ।

जब ६ भाइमध्ये जेठा सरकारी सेवामा प्रवेश गरे, त्यसपछि सबै भाइलाई सरकारी सेवामा प्रवेश गर्ने लोभ पलायो । सबै भाइको उमेर २–२ वर्ष मात्र फरक छ । त्यहीँ अनुसार निरन्तर मेहनतका साथ अध्ययन गरेर सबै भाइ सरकारी सेवामा माथिल्लो तहसम्म पुग्न सफल भए । सबै भाइ सरकारी सेवामा खुला प्रतिस्पर्धाबाट नाम निकालेर उच्च पदमा पुगेका हुन् । सम्भवतः नेपालमा यस्तो परिवार कमै होला । ६ भाइ कुन–कुन सेवाको कुन पदमा पुगे त ? 

जेठा : यदुलाल पन्थ (क्याम्पस प्रमुख रामापुर, रूपन्देही) 

यदुलाल पन्थ अहिले रूपन्देहीको सैनामैनास्थित सामुदायिक शहीद नारायण पोखरेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख छन् । उनी ३० को दशकमा सरकारी शिक्षक थिए । २८ वर्ष सरकारी शिक्षण पेशापछि यदुलालले राजीनामा गरी क्याम्पस प्रमुख बनेर अहिले शिक्षा क्षेत्रमै कार्यरत छन् । उनी अहिले ९०० विद्यार्थी अध्ययनरत कलेजका प्रमुख छन् । 

माइला : कृष्णप्रसाद पन्थ (प्रमुख जिल्ला अधिकारी, प्युठान) 

बुद्धिप्रसादका माइला छोरा हुन् कृष्णप्रसाद । जब यदुलालले शिक्षक सेवाबाट सरकारी सेवामा प्रवेश गरे, कृष्णप्रसादलाई पनि सरकारी जागिर खाने हुटहुटी चल्यो । उनले नेपाल ‘ल’ क्याम्पसबाट स्नातकोत्तर गरेका छन् । कृष्णप्रसादले २०४२ सालमा मुखियाबाट निजामती सेवामा प्रवेश गरेका हुन् । त्यसपछि खरिदार, वाणिज्य बैंकमा नायव सुब्बा, शाखा अधिकृत, हुँदै उपसचिव बने । उनी पाल्पा हुँदै अहिले प्युठान जिल्लाको प्रमुख जिल्ला अधिकारी छन् । उनी सहसचिवको तयारीमा छन् ।

साइला : माहादेव पन्थ (प्रमुख जिल्ला अधिकारी, रूपन्देही)

माहादेवले व्यवस्थापन संकायबाट स्नातकोत्तर गरेका छन् । उनी २०४४ सालमा मुखियाबाट निजामती सेवामा प्रवेश गरेका हुन् । उनले पनि काठमाडौंबाटै नाम निकाले । त्यसपछि उनी सलेप (सहायक लेखापाल), नायव सुब्बा, अधिकृत, उपसचिव हुँदै अहिले सहसचिव छन् । काठमाडौंबाट नाम निकाले पनि उनले सरकारी सेवा भने काभ्रेबाट शुरू गरे । काभ्रेपछि पाल्पा, प्युठान, रुकुम, जुम्ला, बाग्लुङ, रोल्पा, धनकुटा, कैलाली, तनहुँ, नवलपरासी, सुर्खेत, काठमाडौं हुँदै अहिले रुपन्देहीको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रुपमा कार्यरत छन् । कार्यरत जिल्लामध्ये माहादेव ९ जिल्लामा प्रमुख जिल्ला अधिकारी भए । माहादेव अब सचिवमा बढुवाको तयारीमा छन् ।

काइला : रविलाल पन्थ (आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश ५ बुटवलको सचिव)

रविलालले अर्थशास्त्र र राजनीतिशास्त्रमा एमए गरेका छन् । उनी २०६२ जनप्रशासन एनपीएको गोल्डमेडलिस्ट समेत हुन् । उनले २०५३ सालदेखि राष्ट्र बैंकको खरिदार सरह सहायक द्वितीयबाट सेवा शुरू गरेका हुन् । त्यसको ३ वर्षपछि रविलालले २०५७ सालमा शाखा अधिकृतमा नाम निकाल्न सफल भए । 

अधिकृतमा नाम निकालेपछि उनको पहिलो पदस्थापन जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको प्रमुखको रुपमा भयो । त्यसपछि वन मन्त्रालय, त्यसपछि लोकसेवा आयोग क्षेत्रीय निर्देशालयन कास्की पोखराको प्रमुख भए । फेरि लोकसेवा आयोगको कार्यालय काठमाडौं आए । त्यसपछि उनी दाङ, महोत्तरी, सुनसरी, बाँके गरी ४ जिल्लाको प्रमुख जिल्ला अधिकारी भए । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत, बुटवल हुँदै अख्तियार टंगाल काठमाडौंमा पनि काम गरे । अख्तियारपछि उनी सामाजिक विकास मन्त्रालय प्रदेश १ मा दुई महिना काम गरेपछि अहिले प्रदेश ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सचिवको रुपमा कार्यरत छन् । २०६३ सालमा उपसचिव हुँदै २०६९ सालदेखि हालसम्म सहसचिव छन् । अब उनी सचिवको तयारीमा छन् ।

ठाइँला : विष्णुप्रसाद पन्थ (नेपाल टेलिकमको अधिकृत काठमाडौं)

विष्णुले पनि अर्थशास्त्रमा एमए गरेका छन् । उनी पनि खरिदार तहबाट २०४८ सालमा सरकारी दूरसञ्चार क्षेत्र नेपाल टेलिकमको सेवामा प्रवेश गरेका हुन् । खरिदार हुँदै अहिले उनी अधिकृत तहमा काठमाडौंस्थित टेलिकममा कार्यरत छन् ।

कान्छा : डा. नुरापति पन्थ (टीयूको भौतिकशास्त्र सहप्राध्यापक, सहसचिव सरह)

नुरापति विज्ञान विषयका विद्यार्थी हुन् । उनले २०६४ सालमा प्राध्यापकमा खुला प्रतिस्पर्धाबाट नाम निकालेर त्रिभुवन विश्वविद्यालयमा प्रवेश गरेका हुन् । त्यसअघि उनले काठमाडौंका विभिन्न निजी कलेजमा प्राध्यापन गर्थे । उनी टीयूको भौतिक शास्त्रतर्फको सहप्राध्यापक सहसचिव सरहको पदमा रहेर कार्यरत छन् । उनले इटालीबाट पीएचडी समेत गरेका छन् । 

निरन्तरको अध्ययनले सबै भाइलाई सफलता

रवि भन्छन्, धेरै ठाउँमा बस्दा खर्च धेरै हुने भएपछि हामी सबै काठमाडौंमा बसेर पढियो । २ वटा खाटलाई जोडेर ४ भाइले घुडा धसेर पढियो ।’ उनीहरूले ६ महिनालाई पुग्ने चामल र दाल घरबाटै लैजान्थे । बुद्धिप्रसादले छोराहरूलाई पठाउने खाद्यान्न पाल्पाको तानसेनसम्म बलेटक्सारबाट भरिया नै लगाएर ल्याउँथे र पाल्पाबाट काठमाडौं गाडीमा पठाइदिन्थे । निरन्तरको अध्ययन, विषयवस्तुको ज्ञान र प्रतिस्पर्धालाई ध्यान दिएर अध्ययन गरेमा लोक सेवा उत्तीर्ण गर्न सकिने मन्त्रालयका सचिव रविलाल बताउँछन् । 

सबै भाइले निजी क्षेत्रको जागिरका लागि इच्छा पनि गरेनन्, भनसुनतर्फ पनि लागेनन् । निरन्तर अध्ययन गरेपछि सबै भाइ सफल भए । ‘लोक सेवा आयोगको परीक्षा दिनुभन्दा अघि मेहनत गरेर अगाडि बढे भने सफल भइन्छ भन्ने विश्वास र भरोसा हुनैपर्छ । लोकसेवा आयोगमार्फत् हुने सम्पूर्ण जाँचहरू निष्पक्ष हुन्छन्,’ रविलालले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x