×

NMB BANK
NIC ASIA

सोनाहको जीविकोपार्जनमा समस्या

साउन ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बर्दियाको गेरुवा गाउँपालिकाका सोनाह जातिलाई जीविकोपार्जनमा समस्या भएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिएपछि गरिरहेको पेशा गर्न नपाउँदा सोनाह समुदायमा भोकमरी हुने अवस्था आएको उनीहरुको गुनासो छ । 

Sagarmatha Cement
Muktinath Bank

कोरोनाका कारण नदीमा माछा मार्ने, सुन चाल्ने, ज्यालादारी गर्ने काम नपाएपछि दैनिकी कष्टकर भएको सोनाह समुदायका अगुवा घुमलाल सोनाहले बताए। कैलालीसँग सिमाना जोडिएको बर्दियाको गेरुवा गाउँपालिकामा सोनाह जातिको बसोबास छ । गेरुवाको वडा नम्बर १, २ र ६ का राजीपुर, सर्खोल, खोटेना, कन्यापुर, सैजनामा सोनाह जातीको बस्ती छ । त्यहाँ १०३ घरधूरीमा ४७२ जना सोनाहा बसोबास गर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोनाहा जाति अधिकांशकोे जमिन छैन । धेरै परिवार ऐलानी जग्गामा घर बनाएर बसेका छन् । भएकाको पनि घरवास मात्र छ । ‘‘खेतीपाती गरेर खाउ भने जमिन छैन, अन्य केही पेशा गरौँ लगानी गर्न सकिन्न’’, अगुवा धुमलालले भन्नुभयो, ‘‘नदीमा माछा मार्ने, सुन खोज्ने काम पनि लकडाउनपछि गर्न दिइएको छैन, ज्यालादारी काम पनि पाइदैन, हाम्रो समुदायमा त भोकमरी हुन थाल्यो ।’’


Advertisment
Nabil box
Kumari

सोनाह जातिले कर्णाली नदी किनारमा माछा मार्ने काम गर्थे । उनीहरुका नाउ (डुङ्गा) नदी ढिकमा तानिदिएका छन् । ‘‘हाम्रो पेशा नै यही हो, डुङ्गा ढिकमा तानेपछि हामीले गुजारा के गरेर चलाउने ?’’, उनी भन्छन्, ‘‘स्थानीय सरकारले हामीलाई काम दिनुपर्छ ।’’ कोरोनाका कारण माछा मार्ने, सुन खोज्ने र मजदूरी गर्ने काम प्रभावित हुँदा आफूलाई निकै समस्या भएको गेरुवा २ राजीपुरका कृष्ण सोनाहको पनि गुनासो छ । ‘‘माछा मार्न सुन चाल्न नपाइएपछि बाहिर काम गर्न जान पाइएको छैन’’, कृष्ण भन्नुहुन्छ, ‘‘गाउँपालिकाले एकपटक खाद्यान्न राहत दिएको हो, त्यत्तिले १५ दिन छाक टार्न पुगेन । लकडाउन नभएको भए बाहिरी जिल्ला वा भारत गएर काम गर्न हुन्थ्यो ।’’

Vianet communication
Laxmi Bank

जीविकोपार्जनका लागि गरी खाने काम नै बन्द भएपछि उनीहरुले समूह र सहकारीबाट ऋण काडेर घर खर्च चलाइरहेका छन् । ‘‘एकातिर काम छैन, अर्कोतिर घर खर्चको लागि ऋण काढ्नु पर्दा अझै समस्या थपिएको छ’’, मनाउ सैजना बस्तीकी सञ्जु सोनाह बताउँछन्, ‘‘ऋणले थिचिने अवस्था आएको छ । अब समूहमा पनि ऋण पाउन मुश्किल भएको छ । खेतीपाती छैन, मजदुरी गर्न पाइएन जसले ऋण बढेको छ ।’’

राउटे, राजी, मुसहर सरह नेपाल सरकारले सोनाहलाई पनि सूचीकृत गरी सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिदिएको भए यस्तो आपत परेको समयमा सजिलो हुने उनीहरुको भनाइ थियो । ‘‘हामीलाई सूचीकृत गरी सामाजिक सुरक्षा भत्तामा समेट्नु्पर्छ । लोपोन्मुख आदिवासीको सूचीमा राख्न हामीले सरकारसँग माग गरिरहेका छौँ तर सुनुवाइ भएको छैन’’, सोनाह अगुवा घुमलाल भन्छन्, ‘‘अल्पसङ्ख्यक राउटेलाई सरकारले महत्वका साथ पहिचान दियो । अल्पसङ्ख्यक कुसबढियालगायत समुदाय सूचीकृत भइसके । आफ्नै संस्कार, संस्कृति रहेको सोनाह भने पहिचान विहीन छन् ।’’

घुमलाल सोनाहको बर्दिया, कैलाली र कञ्चनपुरमा करिब एक हजार ५०० जनसङ्ख्या रहेको दाबी गर्नुहुन्छ । गेरुवा गाउँपालिकाका अध्यक्ष जम्मानसिंह केसी लकडाउनपछि गाउँपालिकाले एकपटक सोनाहलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेको बताउँछन्, ‘‘शुरुमा राहत दियौँ, फेरि समस्या भए राहत दिन तयार छौँ’’, अध्यक्ष केसीले भने, ‘‘स्थानीयस्तरमा सोनाह जातिलाई सूचीकृत गरी सङ्घमा पठाएका छौँ, त्यसबाहेक गाउँपालिकाले वडा नं. १ मा २२, २ मा १९ र वडा नं. ६ मा २२ सोनाह परिवारका घर निर्माण गरिदिएका छौँ । अवसर दिँदा प्राथमिकता दिएका छौँ ।’’ दुर्गा देवकोटा, रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x