फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
मेघनादसँगको युद्धमा लक्ष्मण मूर्छा परेपछि वैद्य शिरोमणि सुषेणले उपचार गरेका थिए, जो रावणका राजवैद्य थिए ।
यसबारे आफू सुबोध हुँदाहुँदै पनि रावणले आपत्ति जनाएका थिएनन्, किनकि उनी वैद्य, कविराज भनेका साझा व्यक्ति हुन्, जसलाई व्यक्ति, समूह, भूगोलको घेरामा सीमित गर्नुहुन्न भन्ने गर्थे ।
निःसन्देह रावणले भनेजस्तै डाक्टर, वैद्य, कविराज भनेका साझा हुन्छन् । उनीहरूले उपचारमा यो र ऊ भनेर भेद गर्दैैनन्, गर्न सक्दैनन् । साँझ, बिहान, रात, अबेर, सबेर नभनी सेवा दिन्छन्, दिने गर्छन् । युद्ध तथा महामारीका बेला पनि अग्रपंक्तिमा खटिएका हुन्छन् ।
अहिलेको कोरोना अवस्थालाई हेरौंन, विना अन्नपानी कसरी सेवा गरिरहेका छन् । दिसापिसाब गर्नेसम्म फुर्सद लिएका छैनन् । ‘ड्राइपर’ले काम चलाएर सेवा दिइरहेका छन् । कैयौं चिकित्सक आफैं संक्रमित भइसकेका छन्, तैपनि ‘सेवा हि परमोधर्म’ भन्न छाडेका छैनन् । तथापि दुःखसाथ भन्नैपर्छ तिनै चिकित्सकलाई हेर्ने दृष्टिकोण भने त्यति राम्रो पाइएको छैन ।
हालै कपिलवस्तु जिल्लामा १ वर्षीय बालकको उपचारको क्रममा ज्यान गयो । यसलाई लिएर मृतकका आफन्तले अस्पताल तोडफोड मात्र गरेनन्, चिकित्सकमाथि नै जाइलाग्न समेत पछि परेनन् । जनकपुरमा पनि यही क्रम दोहोरियो, जहाँ पत्थरीको उपचारको क्रममा १ महिलाको ज्यान गएको थियो । नेपालकै एक स्थानमा केही दिनअघि उपचारकै क्रममा एक सुत्केरी महिलाको ज्यान गएको थियो । त्यतिबेला डाक्टरमाथि दुर्व्यवहार मात्र होइन, हत्कडी लगाउनेसम्मको अपरिपक्व काम भएको थियो । यी केही उदाहरण हुन् । यस्ता घटना अनगिन्ती छन् ।
कुनै पनि शिक्षकले आफ्ना विद्यार्थी फेल भएको मन पराउन्न । डाक्टरको अवस्था पनि त्यस्तै हो । उनीहरूको चाहना हुन्छ, आफूले हेरेको बिरामी चाँडै स्वस्थ होउन्, ताकि जस पाउन सकियोस् । हालै एक वरिष्ठ शल्यचिकित्सक दुःखेसो पोख्दै थिए, ‘एउटा जिउँदो मानिस लाश जस्तो बनेर अप्रेसन थिएटरमा पल्टेको देख्दा हृदय दयाले यति भरिन्छ कि हे भगवान् यिनलाई केही नहोस् भनेर मनमनै भगवान्सँग प्रार्थना गर्न पुगिरहेको हुन्छ । तथापि यदाकदा केश सोचेभन्दा विपरीत भइदिन्छ । त्यतिबेला डाक्टरले दोहोरो पीडा बोध गर्छ । पहिलो काम सफल हुन नसकेको पीडा, दोस्रो वास्तविकता बुझ्दै नबुझी जाइलाग्ने भीडको पीडा । यस्तो अवस्थामा एउटा चिकित्साकर्मीले कुन मनोबलले काम गर्ने ?’
ती शल्य चिकित्सकको पीडाले समग्र चिकित्साकर्मीको पीडाको प्रतिनिधित्व गरेको छ । उनले भने जस्तै कुनै पनि डाक्टरले बिरामीको जीवनमाथि खेलवाड गरेको हुँदैन, गर्नै सक्दैन । त्यति हुँदाहुँदै पनि डाक्टर भनेको भगवान् होइनन्, जसले भवितव्य नै टारिदेओस् । काम गर्दै जाँदा यदाकदा अप्रिय स्थिति आउन सक्छ, जुन डाक्टरले चाहेको हुँदैन । कति त ऊसित सम्बन्धित नै हुँदैन । यतिबेला यस्तो कसरी भयो भन्नेतर्फ लाग्ने कि समस्याको जड भनेकै डाक्टर हो जस्तो गरी उनीहरूमाथि खनिने ? यो यस्तो संगीन प्रश्न हो, जसको उत्तर मरिकाटे पाउन सकिन्न ।
उदाहरणका लागि उल्लिखित डाक्टर हत्कडी प्रसङ्गलाई नै लिन सकिन्छ, जहाँ उपचारको क्रममा गलत रगत चडाइएका कारण एक सुत्केरी महिलाको ज्यान गएको थियो । यहाँ हुनै नहुने काम भएको हो । हदैसम्मको लापरवाही भएकै हो तर जसरी एउटा डाक्टरमाथि समग्र दोष थोपर्ने काम भयो त्यो भने राम्रो भएन । यहाँ रगत चढाउने काम डाक्टरले गरेको थिएन । न रगत खोज्ने काम नै उसको थियो । कहीँ पनि डाक्टर आफैं रगत खोज्न जाँदैन र रगत म्याचिङ् गर्ने काम पनि उसको होइन । बिरामीको रक्त समूह कुन हो, उसको शरीरले त्यसलाई चिन्छ, चिन्दैन छुट्याउने काम अस्पताल प्रशासन र रक्त संकलन केन्द्रको हो । तर यहाँ यतिसम्म सामान्य कुरामा पनि ध्यान दिइएको पाइएन ।
हो, सबै असल नै होलान् भन्न नसकिएला । तर वस्तुस्थिति बुझ्दै नबुझी सबैलाई एउटै आँखाले हेर्नुलाई बुद्धिमानी भन्न सकिन्न । गल्ती जसले गरे पनि गल्ती नै हुन्छ र गल्ती गर्नेले सजाय पाउनैपर्छ । तर उपचार खोज्ने विधि र तरिका छुट्टै हुन्छन् । आफैं सर्वज्ञाता जस्तो बनी डाक्टरकै कारण यस्तो भएको भन्दै हिँड्छौं भने यसलाई के भन्ने ? डाक्टरकै लापरवाहीका कारण भएको हो कि होइन भनेर छुट्याउने काम विशेषज्ञको हो कि भीडको ? पहिले यसैमा गम्भीर हुनुपर्ने देखिन्छ । दोष डाक्टरकै रहेछ भने पनि कारवाही गर्ने निकाय अर्कै छ भन्ने बिर्सन हुँदैन ।
दश कक्षामा फेल भएर राजनीतिमा लागेको मानिस सांसद, मन्त्री हुँदै सभामुख, प्रधानमन्त्री, राष्ट्रपतिसम्म बन्न सक्छ । उनीहरूबाट विभिन्न नाममा राज्यकोषबाट करौडौं रुपैयाँ दुरुपयोग भएका हुन सक्छन् । सांसद विकास कोष, स्वकीय सचिव, कार्यालय सहयोगी, सवारी चालक, सवारीसाधन, इन्धन, घरभाडा, भ्रमणभत्ता, बैठकभत्ता के–के हो के–के ? यसतर्फ हाम्रो ध्यान जाँदैन तर एउटा डाक्टर जसले पढाइकै क्रममा आधी उमेर र जायजेथा सकेको छ र घरपरिवार, बुवाआमा, रातदिन नभनी सेवामा खट्दै आएको छ, उसले बिरामी जाँच्दा लिने शुल्क २–५ सयमा भने आँखा पुगिरहेका हुन्छन् । जबकि धारो बत्ती मिलाउन आउने सिकर्मी भाइकै शुल्क प्रतिभ्रमण हजार रुपैयाँभन्दा बढी तिर्दै आएका हुन्छौं ।
एउटै डाक्टर सबै विषय विज्ञ हुँदैनन् । आफ्नो क्षेत्रभन्दा बाहिरको केश देखिए उसले सम्बन्धित विज्ञसमक्ष रिफर गर्नुपर्ने हुन्छ । यो उसको इमान्दारिता हो । तर हामी त्यसलाई समेत कमिसनको आँखाले हेर्न पुगिरहेका हुन्छौं । बिरामीको जाँच गरेपछि रिपोर्टले जे देखाउँछ डाक्टरले भन्ने त्यही हो । तर हामीमध्येकै त्यतिलाई पनि नबुझे जस्तो गरी त्यत्रो शुक्ल तिरेर जाँचियो । तर डाक्टरले कुनै पनि रोग छैन भन्यो भन्दै हिँड्ने कति छौं कति । रोग न देखिनु राम्रो हो भन्नेसम्म हेक्का राख्न सक्दैनौं भने हाम्रो मानसिकतालाई के भन्ने ?
हाल कोरोनाको महाभारी छ । यसको संकेत देखिएको बिरामीलाई सबै अस्पतालले भर्ना लिँदैनन् । यस सम्बन्धी उपचारको छुट्टै व्यवस्था गरिएको छ । तर त्यतिसम्म कुराको हेक्का नराखी बिरामी भर्ना नलिएको आक्रोश समेत डाक्टरमाथि नै पोखिने गरेको छ । ए बाबा आक्रोश त्यहाँ पोखौन, जसले त्यस्तो उपचारलाई सर्वसुलभ बनाउन सकेको छैन । यही अनुपातमा संक्रमितको चाप बढ्दै गए उपचार गर्न सकिन्न भनेर अहिलेदेखि नै सरकार भन्न थालिसकेको छ । कारण सरकारसित पर्याप्त भेन्टिलेटर र आईसीयू कक्ष छैनन् रे ! यसका लागि प्रशस्त बजेट आवश्यकता पर्छ, जुन सरकारसँग छैन । जबकि सरकारमा हुनेहरूका सवारीसाधनका लागि भने सवा ६ अर्बभन्दा बढी यसै वर्षका लागि छुट्याइएको छ । हो, आक्रोश पोख्ने नै भए यहाँ पोखौं, जसले गर्दा रकमान्तर गरेर भए पनि सरकारी सुविधामा खर्च हुने त्यस्ता रकम कटौती गरी कोरोना पीडित जनताको उपचारमा खर्च गर्ने वातावरण बनाउन सकियोस् ।
डाक्टर शत्रु होइनन्, न ज्यान लिनै बसेका हुन् । उनीहरू हामीलाई बचाउन बसेका हुन्, जसले परेको बेला रामायणका पात्र सुषेणले जस्तै आफ्नो र पराई नभनी उपचार गर्छन्, गर्दै आएका छन् । त्यसैले उनीहरूको मनोबल बढाउने काम गरौं ताकि उच्च मनोबलका साथ काम गरी हाम्रा जीवन बचाउन सकून् । अस्तु, अहिलेलाई यति नै ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...