×

NMB BANK
NIC ASIA

धमाधम सिल गर्दै स्थानीय तह

साउन ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलन सक्ने जनाउँदै काभ्रेपलाञ्चोकका स्थानीय तहले धमाधम सीमा क्षेत्रमा सिल गर्न थालेका छन् । नगरभित्र जनप्रतिनिधिलगायतमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि मण्डनदेउपुर तथा भुम्लु गाउँपालिकाले आफ्नो क्षेत्र प्रवेश प्रमुख नाका–सीमामा आवतजावत रोक लगाएका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

अत्यावश्यकबाहेक सार्वजनिक, निजी सवारी साधन तथा मानिससमेत आवतजावत नगर्न सीमामा रोक लगाइएको नगरप्रमुख टोकबहादुर तामाङले बताए । “होटल–पसल बन्द गरी मानिसको भीडभाड, जमघटमा रोक लगाएका छौँ,” उनले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार सङ्क्रमित वडा नं १२ का वडाध्यक्षको ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेकालाई शीघ्र पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण गर्न सार्वजनिक अपिल गरिएको छ । नगरले सूचनाको उल्लङ्घन गरे सङ्क्रामक रोग ऐन–२०२० बमोजिम सजाय र जरिवाना गर्ने जनाएको छ । 


Advertisment
Nabil box
Kumari

धुलिखेल नगरले भने सदरमुकाम धुलिखेल तथा जिल्लाभर नै कोरोना सङ्क्रमण दर दिनानुदिन बढिरहेको जनाउँदै आजदेखि एक हप्ता नगरबाट प्रवाह हुने अत्यावश्यक बाहेकको सेवा बन्द गरेको छ । उसले आफ्नो क्षेत्रभित्र कुनै पनि बैठक, गोष्ठी, भेला तथा चाडपर्व मनाउँदा भौतिक दूरी कायम गरी स्वास्थ्यका मापदण्ड पूरा गर्न आग्रह गरेको छ । धुलिखेल नगरमा देखिएको एक ९८ वर्षीय सङ्क्रमित वृद्धको घर बजारमै रहेकाले धुलिखेल बजार सिल गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । हाल वृद्धको घर अवस्थित ७ नं वडास्थित निवास क्षेत्रको ५०० मिटर वरपर सिल गरिएको छ ।

Vianet communication
Laxmi Bank

बिहीबार धुलिखेल अस्पतालका स्वास्थ्यकर्मी तथा अस्पताल नजीक होटल व्यवसायीलाई कोरोना सङ्क्रमण पोजिटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङको रिपोर्ट अवधिभर २०० मिटरको सीमा सिल गरिएको छ । नगरप्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले भन्नुभयो, “सङ्क्रमण फैलिँदै गए नगरको सबै नाका बन्द गर्नुपर्ने हुन्छ ।” धुलिखेल अरनिको राजमागअन्तर्गत सिन्धुपाल्चोक, दोलखा, रामेछाप र विपी राजमार्गबाट सिन्धुली तथा पूर्वी तराईका जिल्ला जाने मुख्य नाकासमेत हो । 

बनेपा नगरले भाइरस सङ्क्रमणबाट जोगिन अत्यन्त सावधान भएर प्रयास गर्दागर्दै नगरभित्र सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले नगरपालिका कार्यालयबाट प्रवाह हुने सेवा भोलि आइतबारदेखि अर्का सूचना जारी नहुँदासम्म बन्द हुने जनाउँदै आज बिहानदेखि नगरभित्र अत्यावश्यकबाहेकका व्यवसाय बन्द गर्न तथा सङ्क्रमणबाट जोगिन स्वास्थ्य–सुरक्षाको मापदण्ड अपनाउन सूचना जारी गरेको छ । भुम्लु गाउँपालिकाले भने कोरोना भाइरसले आफ्नो क्षेत्रमा समेत प्रभाव पारेको जनाउँदै गाउँपालिका नाकामा सिल गर्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सार्वजनिक सूचना जारी गरेको छ । निस्कनै परे स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाउन अपिल गर्दै यदि सङ्क्रमित भए गाउँपालिकाकै आइसोलेसनमा राखिने जनाएको छ । 

पाँचखाल नगरले वडा नं १ को एक महिलाको कोरोना भाइरसका कारण मृत्यु भएपछि नगर तथा वडा कार्यालयबाट प्रवाह हुने सेवा अर्को सूचना जारी नहुँदासम्म शुक्रबारदेखि बन्द भएको जनाएको छ । साथै, नगरक्षेत्र सुरक्षित बनाउने विषयमा छलफल भइरहेको ६ नंका वडाध्यक्ष रामशरण दुलालले बताउनुभयो । उहाँका अनुसार महिलाको मृत्युपछि दुलाथोकस्थित पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र दुई दिनदेखि सिल गरिएको छ । 

काभ्रेपलाञ्चोकको अन्य स्थानीय तहले सार्वजनिक सूचनामार्फत सुरक्षित रहन स्थानीयवासीलाई आग्रह गरेका छन् । “सबैलाई सुरक्षित रहन आग्रह गरिरहेका छौँ, कतै सङ्क्रमणदेखि बस्ती सिलदेखि नाकाबन्दसमेत गर्नुपर्ने हुन्छ”, पनौती नगरप्रमुख भीमप्रसादले भने । उनका अनुसार यसअघि सङ्क्रमणका कारण केही वडा सिल गर्नु परेको थियो । नमोबुद्ध नगरले पनि शुक्रबार एकमा कोरोना सङ्क्रमण देखेपछि सिल गर्ने विषयमा छलफल भइरहको जनायो ।  

यसैबीच, जिल्ला प्रशासन कार्यालय धुलिखेलले शुक्रबार एक सूचना जारी गर्दै जिल्लाको मुख्य बजार क्षेत्रमा कुनै पनि बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल तथा भेलाजस्ता कार्यक्रम नगर्न भनेको छ । जिल्लामा बिहीबार एक बिरामीसहित १० मा तथा शुक्रबार तीन नगरका आठमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्थानीय तहले धमाधम आफ्नो क्षेत्र सिल गर्न थालेका हुन् । 

बिहीबार बिरामी र स्वास्थ्यकर्मीलाई कोरोना भएपछि धुलिखेल अस्पताल क्षेत्र सिल गरिएको छ भने अस्पतालमा कार्यरत १२० स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको छ । हालसम्म काभ्रेपलाञ्चोकमा सङ्क्रमित ७० मध्ये २९ व्यक्ति उपचारपछि घर फर्किएका छन् । सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । साथै ४१ व्यक्ति आइसोलेसनमा उपचाररत रहेका छन् । 

कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टका अनुसार हाल काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमा व्यवस्थित ८४५ श्ययाकोे क्वारेन्टिनमा १०२ पुरुष र १६ महिला बसेका छन् । ९१७ पुरुष र १८८ महिला क्वारेन्टिनको बसाइपछि घर फर्किएका हुन् । हालसम्म तेस्रो मुलुकबाट ४२० काभ्रेली घर फर्किएको तथा फर्कने क्रम जारी रहेको पोष्टले जनाएको छ । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो ।  राजकुमार पराजुली,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x