×

NMB BANK
NIC ASIA

भाडाको जग्गामा गरिएको कृषिबाट लाखौँ लगानी

साउन ३१, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ काउलेगैँडा निवासी सरु बस्नेत आठ वर्षदेखि बागलुङमा हुनुहुन्छ । परिवारसहित बागलुङ आएका बस्नेतले व्यावसायिक रुपमै तरकारी खेती गर्न थालेको पनि आठ वर्ष नै भयो । 

Muktinath Bank

एउटी महिला, म्याग्दीदेखि बागलुङमा आएर व्यवसाय गर्ने कति ठूलो आँट, सरुलाई खुच्याउँदै छिमेकीले भनेका थिए । घर छाडेर हिँडेपछि गरेर देखाउनुपर्छ, कमाएर खानुपर्छ भन्ने आँट बोकेर श्रीमान् श्रीमती मिलेर व्यावसायिक तरकारी खेती शुरु गरेको सरुको भनाइ छ । सरुलाई उहाँका श्रीमान् योगेन्द्र बस्नेत हरेक काममा सघाउँछन् । बस्नेत दम्पतीले व्यावसायिक रुपमा तरकारी खेती गर्न बस्नेत तरकारी फर्म दर्ता पनि गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विसं २०६९ मा बागलुङ नगरपालिका–३ मूलपानीमा तीन रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारी थालेको बस्नेत दम्पतीले तरकारी व्यवसाय फस्टाउँदै गएपछि हाल स्थानीयवासीको २० रोपनी जग्गा भाडामा लिएको छ । भाडाको जग्गामा १५ वटा टनेल र केही खुला रुपमा व्यावसायिक तरकारी उत्पादन गर्दै आएको सरुले बताए । “भाडाको जग्गा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका छौँ”, बस्नेतले भने, “बन्दाबन्दी अगाडिसम्म राम्रै आम्दानी भएको थियो, अहिले अलि बजार कम भएको छ ।” जग्गाको भाडा मात्र वार्षिक रु दुई लाख तिर्नुपर्छ । 


Advertisment
Nabil box
Kumari

बस्नेतको तरकारी फर्ममा हाल सात हाइटेक टनेल र आठ परम्परागत टनेलमा बेमौसमी टमाटर, धनियाँ, साग, घिराैंला र करेला  छन् । “अहिले भर्खरै सिमी र बोडीलगायत तरकारी बेचेर सकिएको छ”, बस्नेतले भने, “बन्दाबन्दीको समयमा भने बजारमा लैजान नसक्दा धेरै तरकारी कुहिएर गयो ।” बस्नेत दम्पतीले तरकारी फर्मबाट वार्षिक रु १० देखि १२ लाखभन्दा बढी आम्दानी गर्दै आएको छ । 

Vianet communication
Laxmi Bank

तरकारी व्यवसायमा विचौलियाको अन्त्य हुनपर्ने उनको धारणा छ । “हामी वर्षभरि मिहिनेत गरेर तरकारी उत्पादन गर्छौं”, बस्नेतले भने, “यहाँबाट ५० रुपैयाँमा खरिद गरेको तरकारी बजार पुग्दा रु १५० पुग्छ, विचौलियाले एकै दिनमा एक सय कमाउँछ ।” विचौलियाका कारणले व्यवसायमा सोचेजस्तो नाफा नभए पनि खान बस्न भने पुगेको उनको भनाइ छ । उनले परम्परागत टनेलमा भन्दा हाइटेक टनेलमा राम्रो तरकारी उत्पादन गर्दै आएका छन् । 

“तरकारीका साथसाथै बस्नेत दम्पतीले बाख्रा पनि पालन गरेको छ  । अलि पहिलेसम्म १७ वटा बाख्रा थिए, भर्खरै बेचेर आजभोलि १० वटामात्रै रहेका छन्”, योगेन्द्रले भन्नुभयो ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत गण्डकी प्रदेश सरकारले हाइटेक टनेल निर्माण गर्नका लागि रु चार लाख अनुदान प्राप्त गरेको सरुले बताए । उनले विचौलियाको अन्त्य भएमा आफूजस्ता अरू कृषक पनि तरकारी व्यवसायमा लाग्ने बताए ।

तरकारी फर्ममा हालसम्म रु ३० लाख लगानी भइसकेको छ । उत्पादन भएको तरकारी बागलुङ बजार, गलकोट तथा बुर्तिवाङमा बिक्री हुँदै आएको छ । बजारको समस्या नभए पनि भनेजस्तो तरकारीले मूल्य नपाएको उनको गुनासो  छ । उनले काउली, बन्दा तथा गोलभेँडाको नर्सरीमा बिरुवासमेत उत्पादन गरेका छन् । उत्पादन भएको बिरुवा पुनः फर्ममै लगाइने गरेको छ । लाखौँ रुपैयाँ खर्चेर वैदेशिक रोजगारमा गएका गाउँका अन्य युवा अहिले बस्नेत दम्पतीको मिहेनत र कमाइबाट उत्प्रेरित भई आफूहरु पनि गाउँघरमै बसेर केही व्यवसाय गर्ने सोचमा  छन् ।  खेमराज गौतम,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x