पुस ४, २०८०
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
गाउँले जीवनको अभिन्न अंग पशुपालन पनि हो । त्यहीँ गाउँले विशेषतालाई आमाले पनि बोकिराख्नुभएको थियो । समय बदलिएसँगै आमाको जीवन पनि बदलियो ।
विभिन्न रोगले च्यापेपछि र काम सघाउने छोराछोरी अध्ययनको लागि शहर पसेपछि आमाको गाउँले जीवन शहरी जीवनमा परिणत हुने पक्का भयो । गाईवस्तु र खेतीपाती एक्लै सक्ने क्षमता ह्रास भएपछि गाईवस्तु बेचेर नजिकैको बजारमा रहेको सानो व्यापारमा बुवालाई नै सकेजति सघाउने गरी गाउँ छाड्ने निर्णय भयो ।
गाउँ छाड्नुभन्दा पहिले प्राणप्यारा गाईवस्तुलाई कसैको जिम्मा लगाउनु थियो । पालेका पशुहरू बिस्तारै बेचिसकिएका थिए । त्यसमध्ये आमाझै ममता दिने अनि सन्तानझै प्यारो रातो गाई बेच्न भावनात्मक रूपमा पनि आमालाई साह्रै कठिन बन्दै थियो । तर पनि बाध्यात्मक अवस्थामा आँशु खसाल्दै बाँकी रहेको अतिप्रिय रातो गाई पनि बेचियो ।
त्यसदिन भारी मनले आफ्ना छोराछोरीलाई आमाले फोनमा रुँदै खबर भन्नुभएको थियो । रातो गाई बेचिएको दिन आमा र छोराछोरी गहिरो पीडामा थिए । पीडा नहोस् पनि कसरी ? पालेका गाईवस्तुको माया सन्तानझैं हुन्छन् । इमान्दार मानिसझैं सबैकुरा मान्ने, नियममा बस्ने, कसैको अन्याय नगर्ने आमाको त्यो रातो गाई बेच्दा त छिमेकीकै आँशु खसेका थिए ।
हाम्रा स्थानीय गाईका विशेषता छुट्टै किसिमका हुने गर्छन् । स्थानीय गाईले जस्तोसुकै भीडमा पनि आफ्नो बच्चालाई चिन्न सक्छ र बच्चाले पनि आमालाई चिन्दछ तर जर्सीले भीडमा आफ्नो बच्चालाई चिन्न सक्दैन । स्थानीय गाईको आफ्नो बच्चाप्रति अत्यन्त प्रेम हुन्छ, आफ्नो बच्चालाई कसैले नराम्रो नजरले हेरेको पनि थाहा पाए ज्यानै लिने किसिमले मार्न जान्छ । तर जर्सीलाई आफ्नो बच्चाप्रति कुनै लगाव हुँदैन ।
स्थानीय गाई पहाडका उकालीओराली सजिलै हिँडडुल गर्न सक्छ । तर जर्सी सामान्य बाटोमै थुचुक्क बसिदिन्छ । साँझ परेपछि स्थानीय गाईले कहिल्यै खाना खाँदैन । बरु बिहानै उठेर खान थाल्छ । तर जर्सीले चौबिसै घण्टा दिए पनि खाएको खायै गर्छ ।
अहिले दूध बढी पाउने लोभमा अनुहार मात्रै गाईको भएको जर्सी गाईमा स्थानीय गाईका एउटा पनि विशेषता हुँदैन । न त दूध नै गुणस्तरीय हुन्छ, न त गाईमा पाइने गुणहरू नै हुन्छन् । न त जर्सीको गोबर र मूत्र स्थानीय गाईको झै पवित्र (औषधीय गुण र खेतका लागि उपयोगीका रुपमा) हुन्छ । जर्सीको दूधबाट क्यान्सर उत्पन्न हुने खतरा हुन्छ । गाईको शरीरमा मासुको मात्रा बढाउन युरोपियन र अमेरिकी गाईहरूलाई मांशाहारी खाना खुवाइन्छ । युरोप र अमेरिकन जर्सी गाईलाई यसरी नै मांशाहारी खाना खुवाएर गाईको कुनै गुण नै नरहेको विचित्र जनावरका रूपमा परिणत गरिएको छ । गाईलाई युरोप र अमेरिकामा मांशाहारको लागि बढी पाल्ने गरिन्छ । यसरी नक्कली गाईहरू विकास गरी दूध उत्पादन पनि गरिन्छ ।
युरोप र अमेरिकामा दूधभन्दा पनि मासुकै प्रयोग हुन्छ । त्यस्तो गाईलाई दूधका लागि हामी डलर हालेर आफ्नो पुँजी निर्यात गर्दैछौं र रोगलाई भित्र्याउँदैछौं । त्यहाँका गाईलाई त्यही मांशाहार खुवाउने गर्नाले ‘म्याड काउ डिजिज’ (गाईको सिंह अर्थात् मस्तिष्कमा लाग्ने एक किसिमको रोग) भन्ने रोग लाग्छ । अधिक मात्रामा प्रोटिन खुवाइने हुँदा यो रोग लाग्छ । त्यसैले यसलाई ‘एवनर्मल भर्जन अफ प्रोटिन’ भन्ने गरिन्छ ।
बिसौं शताब्दिको अन्यतिर (सन् १९८६) मा ब्रिटेनमा पहिलो पटक यो रोेग त्यहाँका गाईमा देखापरेको थियो । एक्काइसौं शताब्दीको पहिलो दशकतिर यसको अवस्था युरोप र अमेरिकामा विकराल बन्न पुग्यो । २१ औं शताब्दीको पहिलो दशकमा युरोप र अमेरिकामा जर्सीको मासु उपयोग नगर्न अभियान नै चलेको थियो । त्यसैले भारतबाट सुरक्षित स्थानीय गाईको मासु युरोप र अमेरिकामा अत्यधिक निर्यात हुन्थ्यो । आजसम्म पनि ‘म्याड काउ डिडिज’ त्यस्तै फैलिइरहेको छ ।
विकसित देशमा विभिन्न भ्याक्सिन पनि लगाइन्छन् । तर त्यस्तो गाईको दूध अथवा मासु मानिसले खाएमा मासिलाई पनि त्यस्तै किसिमको संक्रमण भएको अनुसन्धानबाट पत्ता लागेको छ । त्यसैगरी अन्य विभिन्न रोग लाग्ने सम्भावना त निश्चित नै हुन्छ । युरोपियनहरू जर्सीलाई सुँगुरको जिनबाट विकसित गरिएको मान्छन् । यो कृत्रिम गर्भाधानबाट विकास भएको प्रजाति हो । त्यसैले पनि यो कुरा पुष्टि नै हुन्छ । कृत्रिम गर्भाधान गर्दा सुँगर, घोडा वा अन्य जनावरको जिन राख्न सकिन्छ ।
अब फेरि आमाको कथा जोडौं । गाउँ छोडेको पनि १० वर्ष जति भयो होला । गाउँसँगै गाउँले सक्रिय जीवन र काम पनि छुटे । कामबाट निस्क्रिय भएसँगै निस्क्रिय शरीर झनै निस्क्रिय हुँदै गयो । २–३ रोगहरू थपिए होला तर आमालाई शहरले सञ्चो दिएन । लाखौंको उपचार भयो होला । सयौं औषधि निलिए होला तर शरीर झनै थलिएझैं हुन लाग्यो । गाईको दूध अनि मूत्र पनि छुटेकाले भित्रैबाट रोगिएको शरीरमा सुगर र थाइराइड जस्ता रोगहरू थपिए । शारीरिक व्यायाम ठप्प भएपछि एकदमै छिट्टै हुर्कने रोगहरू हुन् यी । अब शरीरलाई केही चलाउनुको विकल्प भएन भन्दै आमा नजिकैको गाउँतिर साँझबिहान दौडिन थाल्नुभयो । आफ्नै शरीरसँग संघर्षको पीडा छुट्टै हुन्छ । पाठेघर फालेर जितेको जीवनलाई फेरि हारिरहेको पीडा पनि मनमा भएर होला, अनावश्यक रुपमा बढेको तौललाई साँझबिहान सकी–नसकी बोकिरहनुभयो । त्यही संघर्षबाट आमाले सुगर र थाइराइडलाई सामान्य अवस्थामा पुर्याउनुभयो । हर्षका केही रेसाहरू मनभित्र फैलिइरहेका थिए ।
त्यही क्रममा १० वर्ष पहिले रुँदै बेचिएको रातो गाई आगनमा दिनहुँ आउन थाल्यो । माया र स्याहार गरेर तन्दुरुस्त पालेको गाई दुब्लाएर हड्डी भएको देख्दा आमाको मन थामिएन । रुँदै अँगालोमा माया गर्नुभयो । केही खान पाउने आशामा सडकमा भौतारिएको हेर्न नसकि दिनदिनै आमाले सके जति खाना र पानीको व्यवस्था गरिदिनुहुन्थ्यो । दाना, पानी पाउन थालेपछि गाईको आशा पनि बढ्दै गयो । पुरानो नाता पनि गाईलाई राम्रोसँग सम्झना छ । त्यसैले सडकको सानो गल्लीमा रहेको सानो आँगनमै गाईले बास बस्न थाल्यो । सन्तानझैं स्याहार गरेको अनि आमाझैं ममता पाएको गाईमातालाई आमाले यसरी दुःखी देख्न सक्नुभएन र गाउँ लगेर फेरि पाल्ने निर्णय गर्नुभयो ।
यता व्यापार पनि सघाउनु छ, उता गाउँमा गाईको सेवा पनि गर्नु छ । तर थलिएको शरीरलाई सक्रिय बनाउनुभएकी आमाले बुढेसकालमा पनि दुईटै काम गर्ने हिम्मत जुटाउनुभएको छ । बिहान ४ बजे उठेर घरको काम पनि सबै आफैं भ्याएर, बुवाको लागि नास्ता तयार गरेर गाईको लागि आधा घण्टाको बाटो हिँड्दै हतारहतार गाउँ जानुहुन्छ अनि गाईलाई घाँस काटेर दानापानी खुवाएर बल्ल घर फर्किनुहुन्छ । घर फर्केर बुवाको लागि खाना बनाउनुहुन्छ, फेरि खाना खाएर गाईको सेवामा जानुहुन्छ । बेलुका घाम अस्ताएपछि साँझको खाना बनाउन घर पुग्नुहुन्छ । आउँदा–जाँदाको बाटोको हिसाबले दैनिक २ घण्टा हिँड्नुहुन्छ । त्यसबाहेक गाईको लागि घाँस काट्ने, गोबर सफा गर्ने अनि दाना पानी खुवाउने र घरको सबै काम सम्हाल्ने आमाको नित्यकर्म हो । बेलुका घरपुग्दा बुढेसकालमा दिनभरको थकानले गलेको शरीरलाई तेल लगाएर मात्रै आराम गर्न पनि कहिल्यै बिर्सनु हुँदैन । यो सबै एउटा गाईको सेवाको लागि गर्नुभएको छ । मानवताको उच्च उदाहरण हो यो । यही मानवताको कर्मले भगवान् पनि खुशी भएर होला । बुढो गाईले पनि दूध दिन थालेको छ ।
सडकमा ४० डिग्रीको तापक्रममा पानी खोज्ने गाईलाई लखेट्ने र शरीरमा घाउ हुने गरी चोट दिने व्यक्तिले आफूमा मानवता कायम रहे/नरहेको केलाउनुपर्यो । गाई धार्मिक हिसाबले पनि बहुसंख्यक नेपालीको पुज्य जनावर हो । आयुर्वेदका हिसाबले पनि गाई अमूल्य सम्पत्ति हो । त्यसैगरी साझा नेपालीका लागि सबैभन्दा गौरवको विषय गाई हाम्रो राष्ट्रिय जनावर हो । आम व्यक्तिले गाईको सुरक्षाको जिम्मा महसूस गर्न सक्नुपर्छ ।
वार्षिक रूपमा चोपाया व्यवस्थापन भन्दै जनताको पसिनाको रकम ठग ठेकेदारलाई चढाउनुभन्दा गाईलाई राष्ट्रिय निकुञ्जमा सम्मानपूर्वक बस्न दिनुपर्छ । विभिन्न जनावरका लागि राष्ट्रिय निकुञ्ज उपलब्ध छ । सडकमा भौतारिरहेको राष्ट्रिय जनावरलाई एउटा निकुञ्ज दिन सकिँदैन ?
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...