सरुवा भएर आएका ६ प्रहरीमा कोरोना पुष्टि

प्रतिकात्मक तस्वीर

विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका ६ प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । 

मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरबाट साउन २३ गते सरुवा भएर खोटाङ कार्यक्षेत्र बनाई आएका ११ प्रहरी जवानमध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 


Advertisement

सरुवा भएर खोटाङ आएका सबै प्रहरी जवान क्वारेन्टीनमा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

‘सरुवा भएर खोटाङ आएलगत्तै उनीहरू सबै जनालाई जिल्ला प्रहरी कार्यालयमै निर्माण गरिएको क्वारेन्टीनमा राखिएको छ,’ उनले भने, ‘साउन २९ गते पीसीआर परीक्षण गर्न उनीहरूसँगै १३ जनाको स्वाब संकलन गरेर पठाइएकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।’


Advertisement

संक्रमित हुने प्रहरी जवानमा २३ र २५ वर्षीय २/२ तथा २० र २१ वर्षीय १/१ जना पुरुष रहेका छन् । संक्रमित सबैलाई जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको आइसोलेसन वार्डमा राखेर उपचार गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी शालीग्राम शर्मा पौडेलले जानकारी दिए । 

कमेन्ट गर्नुहोस्