नेकपा कार्यदलले काम थाल्यो

फाइल फोटो।

सत्तासीन नेकपाभित्रको गतिरोध अन्त्यको समाधान खोज्न गठन भएको कार्यदलले काम थालेको छ। नेकपाले शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो।

उक्त कार्यदलको पहिलो बैठक शनिबार बसेको छ। बैठक शनिबार दिउँसो  ललितपुरको भैँसेपाटीमा बसेको थियो। कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य छन्। 


Advertisement

कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यविभाजन, अधिकार बाँडफाँडदेखि एकता महाधिवेशनको कार्यतालिकाबारे सिफारिस गर्नेछ। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्