दूधकुण्ड फुट्ने सम्भावना कति? प्रहरीको प्रतिवेदन सार्वजनिक

फाइल फोटो।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नुम्बुर हिमालको काखमा रहेको दूधकुण्डसहित अन्य पोखरी तत्काल फुट्ने सम्भावना नरहेको निष्कर्षसहितको प्रतिवेदन सार्वजानिक गरेको छ। 

साउन २३ गते बिहान दूधकुण्ड  मुहान भई बग्ने सोलु खोलामा पानीको बहाव बढ्नुाका कारण खोज्न त्यस क्षेत्र पुगेको प्रहरी टोलीको स्थलगत अध्ययनपछि उक्त प्रतिवेदन सार्वजानिक गरिएको हो। 


Advertisement

साविककै अवस्थामा रहेको दूधकुण्ड फुटेको भन्ने  भ्रमपूर्ण रहेको र  सोही तालको उत्तरतर्फ करीब २० किलोमिटरमा रहेको चोकर्मा पोखरी फुट्दा खोलामा पानीको बहाव बढेको प्रहरीले पुष्टि गरेको छ। निरन्तरको वर्षाले चोकर्मामा पानीको बहाव बढेको र पश्चिमतर्फ कमजोर रहेको चार मिटर भाग कटान गरी फुटेको प्रहरी निरीक्षक मन्दीप चौहानले जानकारी दिए। 

साउन २२ गते राति अविरल वर्षा भएर पानीको बहाव बढेपछि ठूलो आवाजसहित पोखरी फुटेको त्यस क्षेत्रमा रहेका लाक्पा लामाले जानकारी दिए। साउन २३ गते बिहान सोलुु खोलामा पानीको बहाव उच्च भएर बस्ती क्षेत्रमा पसेपछि जोखिम बढेको जनाउँदै स्थानीयवासीले तत्काल स्थलगत अध्ययन गर्न माग गरेका थिए। 


Advertisement

प्रदेशसभा सदस्य तथा नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीसहितको टोलीले हेलिकप्टरबाट स्थलगत अध्ययनमा जाने योजना बनाए पनि मौसम प्रतिकूल हुँदा सफल भएको थिएन। 

मौसम प्रतिकूलतापछि साउन २८ गते सल्लेरीबाट प्रहरी टोली दूधकुण्ड क्षेत्र प्रस्थान गरेको थियो। सदरमुकाम सल्लेरीदेखि ६० कोस उत्तरतर्फ चार  हजार ५०० मिटर उचाइमा दूधकुण्ड  पर्छ।  समुद्र सतहदेखि पाँच हजार ६५० मिटरको उचाइमा चोकर्मा पर्छ। उक्त पोखरी फुटेर पानी बग्दा दुई चौँरीगोठ र तीन काठेसाँघु बगाए पनि उक्त क्षतिका बारेमा भने प्रहरीले केही पनि खुलाएको छैन। 

कमेन्ट गर्नुहोस्