थप ४६८ जनामा कोरोना पुष्टि, मृतकको संख्या १०२ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या ४६८ थपिएको छ ।

कोभिडको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले संक्रमितको संख्या ४६८ थपिएको जानकारी दिए । यससँगै संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुगेको प्रवक्ता गौतमले बताए । 


Advertisement

पछिल्लो विवरण अनुसार ३ जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमले कपिलवस्तुका ४० वर्षीय पुरुष, पर्सा वीरगञ्जका ६० वर्षीय पुरुष र धनुषाको जनकनन्दनी गाउँपालिका ५० वर्षीय पुरुषको मृत्यु भएको बताए । मृतकमध्ये ८० पुरुष र २२ महिला रहेका छन् ।

राजधानी काठमाडौंमा ९५ संक्रमित थपिएका छन् । सार्वजनिक विवरण अनुसार काठमाडौंमा ७७ तथा ललितपुर र भक्तपुरमा ९/९ जना संक्रमित थपिएका छन् । 


Advertisement

सक्रिय संक्रमित ५०० व्यक्ति भन्दामाथि रहेका जिल्लामा मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् भने संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा शून्य संक्रमित रहेका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्