×

NMB BANK
NIC ASIA

काठमाडौं छिर्ने नाकामा प्रहरीको कडाइ, नागढुंगा सुनसान [भिडियो रिपोर्ट]

भदौ १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राजधानी काठमाडौं उपत्यका छिर्ने मुख्य नाका नागढुंगा अहिले सुनसान जस्तै छ । 

Muktinath Bank

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि उपत्यका छिर्न कडाइ गरेपछि नागढुंगा सुनसान भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कडाइ हुनुअघि दैनिक ६०० वटासम्म सवारीसाधन आवतजावत गर्ने नागढुंगा नाकामा अहिले दैनिक ७० वटा मात्रै सवारीसाधन भित्रिने गरेको महानगरीय प्रहरी वृत्त थानकोटाका वृत्तपति प्रहरी नायव उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठले बताए । 


Advertisment
Nabil box
Kumari

डीएसपी श्रेष्ठका अनुसार आइतवार ७८ वटा सवारीसाधन मात्र उपत्यका भित्रिएका छन् । उपत्यका लगायत देशभर कोरोनाको संक्रमण जोखिम उच्च भएको भन्दै गृह मन्त्रालयले सवारीसाधनको पासमा कडाइ गरेपछि उपत्यका भित्रिने सवारीसाधनको संख्या ह्वात्तै घटेको छ । 

Vianet communication
Laxmi Bank

खाद्यान्नका सवारीसाधन, बिरामी बोकेका एम्बुलेन्स, भिसा लागेर विदेश उड्नुपर्ने व्यक्ति, स्थानीय तहको स्वीकृति पाएका, रमानापत्र लिएका सरकारी कर्मचारी, उपत्यकाभित्र सरुवा भएको पत्र ल्याएका प्रहरी, सेना, सशस्त्र प्रहरी, मृत्यु संस्कारमा आएका, स्वास्थ्यकर्मी, मेडिकल सामग्री बोकेका सवारीसाधन, स्वाब संकलन गरेर परीक्षणका लागि उपत्यकामा आउने अत्यावश्यकबाहेक अन्य कुनै पनि सवारीसाधनलाई उपत्यकामा प्रवेश रोक लगाइएको छ ।

धादिङको धुनिबेशी नगरपालिकाको समन्वयमा काठमाडौं बसेर धादिङमा काम गर्ने सरकारी कर्मचारीलाई नामावली तयार पारेर दैनिक आवतजावत गर्न दिइएको छ । विना कारण आवतजावत गर्ने कुनै पनि व्यक्तिलाई उपत्यकामा प्रवेश नदिएको डीएसपी श्रेष्ठले बताए ।

‘विना कारण उपत्यमा आउन खोज्ने र जान खोज्ने कसैलाई आवतजावत गर्न दिएका छैनौं । यदि कोही त्यस्ता व्यक्ति आउन खोज्नुहुन्छ भने हामीले नाकाबाट फर्काइदिएका छौं,’ डीएसपी श्रेष्ठले लोकान्तरसँग भने । 

साउन ३२ गते बिहान ६ बजेदेखि भदौ १ गते बिहान ८ बजेसम्म ३०५ वटा सवारीसाधन उपत्यका भित्रिएका छन् । जसमा एम्बुलेन्स १३०, जीप तथा कार ७८, मोटरसाइकल ७१, सरकारी जीप तथा कार १९ वटा र बस ७ वटा भित्रिएका महानगरीय प्रहरी वृत्त थानकोटको तथ्यांकमा छ । 

जीप कारमा २३५ जना, एम्बुलेन्समा ५३० जना, मोटरसाइकलमा १७१ जना, सरकारी जीपमा ६४ जना र बसमा १०६ जनामा व्यक्ति उपत्यमा भित्रिएका छन् । 

सोही अवधिमा जीप तथा कार १०७ वटा प्रवेश नदिएर फर्काइएको छ, त्यसमा ३७८ जना सवार थिए । ६५ वटा मोटरसाइकलमा १०४ जना र १ बसमा ७ जना गरी १७३ सवारीसाधनमा ४९० जनालाई फिर्ता पठाइएको थानकोटका वृत्तपति श्रेष्ठले बताए ।

प्रहरीले उपत्यकामा छिर्ने सवारीसाधनलाई पहिलो तहमा झ्याप्ले खोला र नागढुंगामा दुवै ठाउँमा चेक गरेर मात्र उपत्यका छिर्न दिएको छ । नागढुंगा नाकामा बस्ने प्रहरीलाई स्वास्थ्यकर्मी बोलाएर कोरोना भाइरसको संक्रमणबाट कसरी जोगिने भन्ने प्रशिक्षण दिइएको छ ।

दैनिक सयौं व्यक्तिसँग सम्पर्क हुने नाकामा सामाजिक दूरी कायम गरेर परै बसेर चेकजाँच गर्ने व्यवस्था मिलाइएको नागढुंगा प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

मंसिर ८, २०८०

हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो ।   ...

माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x