×

NMB BANK
NIC ASIA

राष्ट्रकवि माधव घिमिरेको १०१ वर्षको उमेरमा मंगलवार निधन भएको छ । 

Muktinath Bank

१९७६ सालमा लमजुङ जिल्लाको पुस्तुन गाउँमा जन्मेका घिमिरेले नेपाली साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालका लोकप्रिय कविमध्ये एक घिमिरेका गौरी, राजेश्वरी, राष्ट्रनिर्माता, पापिनी आमा लगायतका खण्डकाव्य र कालीगण्डकी, युवक, वैशाख जस्ता उत्कृष्ट कविताका साथै मालती मंगले जस्ता उच्चस्तरका गीतिनाटकहरू प्रकाशित छन् । 


Advertisment
Nabil box
Kumari

१९९४ सालमा उनको पहिलो कवितासंग्रह नवमञ्जरी प्रकाशित भएको थियो ।

Vianet communication
Laxmi Bank

उनका कृतिमा राष्ट्रप्रेम, राष्ट्रिय वीरता गान, प्रकृतिको सजीव चित्रण र अतीत तथा वर्तमान दुवैप्रति समान संवेदना भेटिने समालोचकहरूको कथन छ । 

गौरी खण्डकाव्य नेपाली साहित्यकै उम्दा कलात्मक कृति हो । आफ्नी पत्नी गौरीको निधनपछि सम्झनामा उनले यो बेजोड शोककाव्य रचना गरेका थिए ।

यो खण्डकाव्य प्रकाशित भएदेखि आजसम्म पनि स्वदेश र विदेशमा जति नेपाली पुस्तकका प्रदर्शनीहरू भए, ती सबैमा सबभन्दा बढी बिक्री भएका पुस्तकमध्ये घिमिरेको गौरी र लक्ष्मीप्रसाद देवकोटाको मुनामदन अग्रपंक्तिमा रहेका छन् ।  

उनको अश्वत्थामा खण्डकाव्य मानवताप्रतिको प्रेमको सशक्त चित्रण गर्ने कृति मानिन्छ । 

घिमिरेका प्रत्येक कृतिले राष्ट्रको धुकधुकी बोकेका छन् र सबै उमेरका मानिसलाई उत्तिकै प्रभावित बनाएका छन् ।

माधव घिमिरेको कृतिमा नेपालीपनको सुगन्ध भेटिने त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयका प्राध्यापक नेत्र एटम बताउँछन् । ‘लोकलयलाई समात्न सक्ने उहाँको अद्भुत क्षमता थियो र उहाँका कृतिमा स्थानीयपन भेटिन्छ । शास्त्रीय छन्दमा लेख्ने गरे पनि नेपाली मौलिकताले उहाँका काव्यरचना सराबोर छन्,’ प्राध्यापक एटम भन्छन् । 

घिमिरेका शब्द, सोच, शिल्प र बिम्ब सबैमा मौलिकता र नेपालीपन भेटिने उनी बताउँछन् ।

उनले रचना गरेको ‘गाउँछ गीत नेपाली’ र ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ लगायतका गीतहरूमा राष्ट्रप्रेम र राष्ट्रिय स्पन्दन जीवन्त रूपमा देखा परेका छन् । 

नेपाली साहित्यलाई आधुनिक युगमा प्रवेश गराउनमा लेखनाथ पौडेलपछि अर्को महत्त्वपूर्ण देन दिनेमा माधव घिमिरे नै देखापर्छन् । अत्यन्तै परिष्कृत भएर पनि रोमान्टिक काव्यशिल्पको उचाइ माधव घिमिरेले नै प्राप्त गरेको उनका कृतिले प्रमाणित गरेका छन् । 

संस्कृतका सर्वश्रेष्ठ कवि कालिदास र बंगाली साहित्यका धरोहर नोबेल साहित्य पुरस्कार विजेता रवीन्द्रनाथ ठाकुरबाट प्रभावित भएका कवि घिमिरेले पनि आफ्ना काव्यमा दर्शनको गहिराइ र चिन्तनको परिष्कारलाई काव्यशशिल्पमा सफलतापूर्वक प्रस्तुत गरेका छन् । 

महाकवि देवकोटाको स्वच्छन्दतावादी धार र कविशिरोमणि लेखनाथ पौडेलको परिष्कारवादी काव्यधाराको बीचमा घिमिरेको काव्यले सुन्दर स्वरूप प्राप्त गरेको घिमिरेका कृतिमाथि विद्यावारिधि गरेका तथा नेपाल संस्कृत विश्वविद्यालयमा नेपाली विषयका सहप्राध्यापक रहेका डा लेखप्रसाद निरौलाको भनाइ छ । ‘विचारमा स्वच्छन्दतावाद र शिल्पमा परिष्कारवादलाई उहाँले सुन्दर तरिकाले मिश्रण गर्नुभएको थियो,’ डा निरौला भन्छन् ।  

माधव घिमिरेका काव्यकृति जति सुन्दर छन् उनको जीवन पनि त्यति नै सुन्दर भएको डा निरौलाको कथन छ । ‘अनुसन्धानका क्रममा म उहाँलाई धेरैपटक भेट्न गएँ । उहाँले मसँग जहिले पनि हार्दिकतापूर्वक कुराकानी गर्नुभयो,’ उनी भन्छन् ।

कहिले पनि कसैको आलोचना नगर्ने घिमिरेको स्वभाव रहेको डा निरौला बताउँछन् । ‘मैले उहाँसँग उहाँका समकालीन साहित्यकारसँग प्रतिस्पर्धाको कुरा उक्काउन खोज्दा उहाँले त्यस्तो कुरै गर्नु हुँदैनथियो । सबैप्रति सकारात्मक धारणा राख्ने, जीवनलाई प्रकृतिसँग जोड्ने भएकाले पनि होला शायद उहाँले दीर्घजीवन पाउनुभएको थियो,’ उनी भन्छन् । 

उहाँलाई भेट्न जाँदा सबै पीर चिन्ता हराउने गरेको डा निरौला सम्झना गर्छन् ।

जीवनको सकारात्मक पक्षलाई नै घिमिरेले बढी जोड दिने गरेको डा निरौलाको भनाइ छ । 

राष्ट्रकवि माधव घिमिरेको निधनले नेपाली साहित्यको एक युगको अन्त्य गरेको साहित्यानुरागीहरूले बताएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेको निधनले स्तब्ध बनाएको भन्दै ट्वीट गरेकी छन् ।

'राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद निधनको खबरले स्तब्ध भएको छु। काव्य र कविताको माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उहाँले पुर्याउँनु भएको योगदानलाई हामी सधैँ सम्झिरहने छौं । दिवंगत राष्ट्रकविप्रति श्रद्धाञ्जली एवं शोकविह्वल परिवारमा गहिरो समवेदना !'

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x