×

NMB BANK
NIC ASIA

तीज मनाउने आधुनिक सस्कारसँगै तडकभडक पनि दिनानुदिन बढ्दो क्रममा छ । देखासेकीका कारण अहिले तीजको दर माइतीमा नभई होटल, रेस्टुरेन्ट, पार्टी प्यालेसमा भव्य हुँदै गएको छ ।

Muktinath Bank

खानाका व्यापक परिकार, मादक र पेय पदार्थमा भव्य हुँदै गएको हाम्रो तीज परम्परगत तीजको दर खाने तरिका लोप हुँदै गएको छ । आफ्नो मौलिक परम्परागत दर खाने तरिका अब आधुनिकतातिर मोडिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीज आउँदा दर त खानैपर्‍यो । तर स्वास्थ्यमा ध्यान नदिने हो भने बिरामी परेर अप्रिय दुर्घटनामा पर्न सकिन्छ । सामान्यतया चाडपर्वको बेलामा खाँदा ध्यान पुर्‍याइएन भने विभिन्न समस्या आइपर्न सक्छन् । त्यसमा पनि दर खाने र व्रत बस्ने भएपछि यसमा विशेष ध्यान पुर्‍याउनु आवश्यक छ । तीजको दरको नाममा १ महिना अघिदेखि नै महिलाहरू व्यस्त हुनु र पुरुषमा पनि तीजको रौनक चढ्नु आजको प्रमुख विकृति हो ।


Advertisment
Nabil box
Kumari

तीजको गीतमा आएका विविधतासँगै परम्परागत तीज लोप हुँदै गएको पनि प्रस्ट भान हुन थालेको छ । घाँटी हेरी हाड निल्ने प्रवृत्ति पनि हराउन थालेपछि तीज पहिला र अहिलेकोमा फरक हुँदै गएको विज्ञहरूको भनाइ छ ।

Vianet communication
Laxmi Bank

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण पर्व हो । यो पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै–कुनै प्रान्तमा पनि मनाइन्छ । भनिन्छ, आद्य शक्ति भगवान् शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिइन्, त्यो दिन यही हरितालिका तीजको दिन थियो ।

त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउँदै आएका छन् । तीजमा पानी पनि नखाई व्रत बस्ने पुरानो परम्पराका कारण धेरै महिला ‘डिहाइड्रेसन’को शिकार बन्ने गरेका छन् । त्यसैले यहाँ तीजको दरमा के खाने के नखाने भनी प्रस्ट्याइएको छ ।

दर खाने भन्ने बित्तिकै साविकभन्दा ज्यादा खान खोजिन्छ तर यो गलत हो यसले तपाईंलाई फाइदा गर्दैन । सामूहिक रूपमा घर बाहिर दर खाँदा होश पुर्‍याएर छनोट गरिएका खाना मात्र खानु राम्रो र अल्कोहल नलिनु राम्रो । अल्कोहलले तपाईंलाई फाइदा गर्दैन ।

पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मख्खन, घ्यू जस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने खाद्य प्राविधिज्ञ बताउँछन् । तर यो पनि आफ्नो शरीरले मागेसम्म मात्र खानु राम्रो । सकेसम्म भारी खालका खानेकुरा नखाने र दरमा माछा मासुजस्ता परिकार खाने चलन पनि छ । यस्तो परिकार धेरै मात्रामा खानु स्वास्थ्य समस्या निम्त्याउनु हो । माछामासु र अन्य परिकार खाँदा धेरै मसला हालेर पकाइएको सकेसम्म नखानु राम्रो हुन्छ, चिल्लो पदार्थ पनि कम गर्ने । सकेसम्म आफूले तयार गरेको ताजा र स्वच्छ खाना मात्र सेवन गर्ने, बर्खाका कारण यो मौसममा बजारका खानेकुरा तथा सागसब्जी अस्वस्थ पनि हुन सक्छ । सकेसम्म मिठाइहरू नखाँदा राम्रो, प्रायः मिठाइहरू चिल्लो हुने र केही बासी पनि हुने हुँदा व्रत बस्नेहरूका लागि यो स्वस्थकर मानिन्न ।

तीजमा माइती बुवाआमा, दाजुभाइले छोरी चेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मिठामिठा परिकार खुवाउने तथा मनका भावना एवं सुखदुःख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन छ । यस दिन विशेष महत्त्वका साथ दर खाने गरिन्छ । यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँ अनुसार विभिन्न मिठामिठा परिकार साथै खिर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफूल खाने गरिन्छ । आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकाले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरि खाने प्रचलन बसेको छ ।

नियमित औषधि प्रयोग गर्नेले दर खाँदा र व्रत बस्दा विशेष ध्यान पुर्‍याउनु जरुरी हुन्छ । दर खाँदा अन्य खानाको तुलनामा सलाद र हरियो–परियो बढी सेवन गर्दा लाभ हुन्छ । तीजमा साथीभाइले के खान्छन्, के गर्छन्, त्यसलाई ध्यान नदिनुस्, आफ्नो इच्छा अनुसार सामान्य रूपमा दर तयार गर्ने बानी बसालौं । दरका अधिकांश खानेकुरा चिल्ला हुँदाहुँदै पनि घ्यू विशेष महत्त्वका साथ खाइन्छ । तर यसलाई सकेसम्म कम गर्दा नै उत्तम हुन्छ । अहिलेको परिप्रेक्ष्यमा शहरिया दरभन्दा नि ग्रामीण र परम्परागत दर खाने तरिका नै उत्तम मानिएको हुँदा त्यसैलाई अङ्गिकार गर्नु राम्रो देखिन्छ । जसले आफ्नो परम्परा र मौलिकता झल्काउँछ । दर खाने भनेर अग्रिम रूपमा व्यापक गोष्ठी र पार्टी आयोजना गरी मनाउनु पनि राम्रो मानिन्न । जसले आगामी पुस्तालाई गलत सूचना जान्छ र मौलिकता गहन हुँदै जान्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x