कोरोना कालः भारतमा १ करोड ८९ लाखले रोजगारी गुमाए

 कोरोना कालमा भारतमा एक करोड ८९ लाखले रोजगारी गुमाएका छन्।

सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमी (सीएमआईई) का अनुसार जुलाईमा मात्र करीब ५० लाख वेतनभोगीले रोजगारी गुमाएका हुन्। अप्रिलदेखि हालसम्म एक करोड ८९ लाखले रोजगारी गुमाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।


Advertisement

सीएमआईईको तथ्यांक अनुसार अप्रिलमा मात्र एक करोड ७७ लाखले रोजगारी गुमाएका हुन्। मे महिनामा भने एक लाखले रोजगारी गुमाए।

यद्यपि, जुन महिनामा ३० लाखले रोजगारी पाएका छन् तर जुलाईमा फेरि ५० लाखले रोजगारी गुमाए। भारतमा लकडाउन घोषणा भएपछि वेतनभोगी कर्मचारी झनै समस्यामा परेको रिपोर्टमा उल्लेख छ। 


Advertisement

असंगठित क्षेत्रमा रोजगारीको स्थिति झन नाजुक बनेको छ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्