×

NMB BANK
NIC ASIA

कोरोना भाइरसको महामारीलाई लिएर संसारका केही व्यक्ति वा तप्कामा ‘कन्स्पिरेसी थ्योरी’को भ्रम रहेको पाइन्छ । उनीहरूले कोरोना महामारीलाई महामारी नै होइन भनेर वकालत गरेको पाइन्छ ।

Muktinath Bank

विश्वरूप चौधरीदेखि भारतका एकाध चिकित्सक जो प्रतिलहर अर्थात ‘एन्टी करेन्ट’ धारमा बोलेर आफूप्रति जनता तथा मिडियाको ध्यान तान्न चाहन्छन्, उनीहरूले कोरोना महामारीलाई अमेरिका, चीन, बिल गेट्स वा बहुराष्ट्रिय कम्पनीले षड्यन्त्र गरेर डर तथा लकडाउनको व्यापार गरेको तर्क दिने गरेका छन् । जनस्वास्थ्यमा महामारी हुनको लागि तलका ३ अवस्था हुनुपर्दछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१. रोग टाढासम्म फैलिएको छ कि छैन ? धेरै देश वा महादेशमा फैलिएको छ कि छैन ?


Advertisment
Nabil box
Kumari

२.    धेरै मान्छेहरू प्रभावित भएका छन् कि छैनन् ? संक्रमणको लक्षण, कारण तथा कम्प्लिकेसन एकै प्रकारका छन् कि छैनन् ?

Vianet communication
Laxmi Bank

३. रोग नयाँ हो कि होइन ? नयाँ रोग भएमा उक्त रोगलाई परास्त गर्ने एन्टीबडी हाम्रो शरीरमा बनेको हुँदैन । जसले गर्दा यो तीब्ररुपमा फैलिएको छ कि छैन ? 

नोवेल कोरोना भाइरस चीनको वुहानबाट शुरू भएर युरोप, अमेरिका, ल्याटिन अमेरिका, अफ्रिका, अस्ट्रेलिया तथा एसियाका २१६ देशमा फैलिएको छ । यो महामारीको कारक तत्व नोवेल कोरोना भाइरस हो । यसको सर्ने तरिका, लक्षण, परीक्षण, रोकथाम तथा नियन्त्रणका उपाय विश्वभर एकै किसिमका छन् । यो नयाँ रोग भएकाले यसको ठोस औषधि छैन । संक्रमण नभएको व्यक्तिमा यो रोगसँग लड्ने एन्टीबडी विकास भएको छैन । संसारमा यो रोगको कारण लाखौं व्यक्तिको मृत्यु भएको छ भने करोडौं व्यक्ति संक्रमित भएका छन् । यो संक्रमणको अन्त्य हुन्छ वा हुँदैन भन्ने निश्चित छैन । संक्रमण, हर्ड इम्युनिटी, खोप र भाइरस कमजोर हुँदै गएको अवस्थामा मात्र यो महामारीबाट मुक्ति पाउन सकिन्छ तसर्थ यो वैश्विक महामारी हो । यो तथ्यलाई विज्ञानले समेत प्रमाणित गरेको छ ।

– कतिपयको भनाइ छ, यसको मृत्युदर कम भएकाले यो महामारी होइन । यो पनि सर्वथा गलत धारणा हो । जोखिम वर्गमा प्रवेश गरेका तथा महामारी आउटब्रेक भएका इटली, स्पेन, न्युयोर्क, लन्डन, ब्राजिल लगायतका ठाउँमा यसको मृत्युदर ५ देखि १२% सम्म थियो । यो संक्रमणविरुद्ध जनस्वास्थ्यका मापदण्ड अपनाएका तथा समयसमयमा लकडाउन गरेर व्यवस्थापन गरेका देशमा यसको मृत्युदर ०.२% देखि ३% सम्म छ । भाइरस म्युटेसन भएर कमजोर भएका देश वा अवस्थामा मृत्युदर एउटा छ भने भाइरस शक्तिशाली भएको अवस्थामा यसको मृत्युदर फरक हुनसक्छ । भाइरसको विज्ञान कुनै शिलापत्र वा धर्मग्रन्थ होइन । भाइरसले निरन्तर आफ्नो स्वरूप र सामर्थ्य परिवर्तन गरिरहने भएकाले पुराना धारणा परिवर्तन हुन्छन् तथा नयाँ धारणा स्थापित हुँदै जान्छन् । पहिले डब्ल्यूएचओले यो भनेको थियो, वैज्ञानिकले यो भनेका थिए ... तर अहिले आफ्नो कुरा फेरेका छन् भनेर जुन अभिव्यक्ति दिइन्छ, त्यो भाइरोलोजी शास्त्र विपरीत सोच हो ।

– सन् १९८४ मा अमेरिकन वैज्ञानिक क्यारी मुलरले आविष्कार गरेको पीसीआर मशिनमा ‘यो परीक्षण केवल अनुसन्धानको लागि हो, रोग निदानको लागि होइन’ भनेर उल्लेख गरेको विषयलाई अवैज्ञानिक धारणा राख्ने व्यक्ति वा समूहले प्रमाणको रूपमा तर्क दिने गरेका छन् । सन् १९८४ पछि पीसीआर मशिनका धेरै नयाँ संस्करण आएका छन् र ती अनुसन्धान तथा रोग परीक्षण दुवैको लागि विश्वव्यापी रूपमा प्रयोग भइरहेका छन् । पोस्टमार्टम गर्दा कुन जीवाणुको कारण मृत्यु भयो भनेर पत्ता लगाउनको लागि पनि यो विधिको प्रयोग गरिन्छ । हाल यो मशिनमा कोरोना भाइरसको आरएनए अर्थात् जीनलाई राखेर हेरिने भएको हुँदा अन्य रुघा वा फ्लुको बिरामीमा पोजेटिभ देखिँदैन । कोरोना भाइरस मात्र ‘डिटेक्ट’ हुन्छ । यो परीक्षणले ७०% सही नतिजा दिन्छ भने नमूना संकलन, भण्डारण, परिवहन तथा परीक्षणमा हुने सावधानी र पुनः परीक्षणले यसको नतिजा ९०% सम्म सही हुनसक्छ ।

– कतिपय व्यक्तिले लक्षण नदेखिएका व्यक्तिमा पीसीआर परीक्षण नगर्ने हो भने क्वारेन्टीन र आइसोलेसन खाली हुन्छन् तथा जनतामा डरको व्यापार चल्दैन भनेर भनिरहेका छन् । हामीले थाहा पाउनु जरुरी छ कि लक्षण नभएका संक्रमितले जोखिम वर्गमा संक्रमण सार्न सक्छन्, जसले गर्दा गम्भीर हुने तथा मृत्यु हुनेको संख्या झनै बढ्दछ । पीसीआर परीक्षण बन्द गर्नु भनेको डढेलोलाई पातले छोपेर ठीकठाक छ भन्नु बराबर हो ।

– विश्वका विभिन्न देशमा सीटीस्क्यानद्वारा कोरोना संक्रमणको पत्ता लगाइन्छ । त्यसमा फोक्सोमा पानी जमेको, निमोनिया भएको, शरीरका विभिन्न भागमा रगत जमेको तथा रक्तपरीक्षणमा टोटल काउन्ट तथा प्लेटलेट्स धेरै घटेको, लिभर तथा किड्नीको कार्यसञ्चालन जाँचमा ती अंगको कार्यक्षमता ह्रास भएको, रगतमा संक्रमण फैलिएर सेप्सिस भएको, मुटु सुन्निएको लगायत धेरै किसिमका अवस्था पत्ता लगाइएको छ ।

– मास्क लगाउनाले शरीरले फ्याँकेको कार्बनडाइअक्साइड नै लिनुपर्ने भएकाले अक्सिजन घटेर मास्क लगाउने व्यक्ति थप अस्वस्थ हुन्छ भन्ने अर्को तर्क सुन्न पाइन्छ । मास्क निर्माण गर्दा अक्सिजन लिने र कार्बनडाइअक्साइड फ्याँक्ने सिस्टम अनिवार्य रूपमा मिलाइएको हुन्छ । क्रिटिकल केयरमा काम गर्ने चिकित्सक तथा नर्सले मास्क लगाएर १८–३६ घण्टा नियमित ड्युटी गर्दा पनि अक्सिजनको कमीले कसैको मृत्यु भएको छैन ।

– मास्कलाई अमेरिकामा राजनीतिको विषय बनाइएको छ । मास्क लगाउने सरकार विरोधी तथा मास्क नलगाउने सरकार पक्षीय भनेर चित्रण गर्दा धेरै अमेरिकन संक्रमित भएका छन् । अमेरिकाका केही प्रदेशमा मास्क विरोधी र्‍याली समेत निस्किएका थिए । त्यति मात्र होइन कोरोना भाइरस छैन भनेर संक्रमितसँग कोरोना पार्टी गर्दा संक्रमण धेरै जनालाई सरेर केही युवाको मृत्यु पनि भएको छ ।

– ह्यान्ड स्यानिटाइजरले हातमा एलर्जी हुन्छ भन्ने तर्कको खासै तुक छैन । एलर्जी साबुन, खानेकुरा, फूल, औषधि लगायत जुन वस्तुले पनि हुनसक्छ । एलर्जी भएमा अर्को ब्राण्ड प्रयोग गर्न सकिन्छ ।

– जनतालाई लकडाउनमा थुनेर डरको व्यापार गरेको आरोप आफैंमा हाँस्यास्पद छ । डर कुनै कमोडिटी होइन, जसलाई व्यापार गर्न सकियोस् ।

– मास्क, स्यानिटाइजर, औषधि तथा खोपको व्यापार गर्नको लागि यो महामारी क्रिएट गरिएको भनाइ अर्थशास्त्रीय हिसाबले पनि भ्रमपूर्ण छ । कोरोना महामारीको कारण विश्वमा प्रतिमहिना ट्रिलीयन डलरको घाटा भइरहेको छ । मास्क तथा स्यनिटाइजर आफैंमा सस्तो तथा स्थानीय उत्पादन हुन् । कोरोना संक्रमणमा ९०% लाई कुनै पनि औषधि आवश्यक हुँदैन । बाँकी १०% लाई प्रयोग हुने औषधि त्यति खपत पनि हुँदैन, अचाक्ली महंगो पनि हुँदैन । खोप उत्पादक देशले भनेका छन् कि यो महामारीमा खोप लागत मूल्यमा वितरण गरिने छ । बिल गेट्स एन्ड मेलिंडा फाउन्डेसनले अर्बाैं डलर जीएभीआईलाई डोनेसन दिएर ९२ वटा गरीब देशको लागि निःशुल्क वा अत्यन्तै न्यून दरमा खोप उपलब्ध गराउने सम्झौता गरेको छ । यो महामारीमा धेरै देशले आफैं भेन्टिलेटर बनाइरहेका छन् । मोटर कम्पनीले भेन्टिलेटर बनाएका छन् । पीपीई जस्ता आवश्यक सामग्री हरेक देशले स्वयं बनाएका छन् । चीन, जापान, कोरिया, सिंगापुर, भियतनाम, ताइवान, भुटान लगायतका देशमा ९०% भन्दा धेरै व्यक्तिले मास्क प्रयोग गर्छन् । तसर्थ ती देशमा कोरोना संक्रमण नियन्त्रणमा छ । अमेरिका, बेलायत, ब्राजिल लगायतका देशमा जम्मा २५% व्यक्तिले मात्र मास्क प्रयोग गर्दथे । मास्क प्रयोग कम गर्ने देशमा मृत्युदर उच्च छ । व्यापारीले हरेक अवस्थामा आफ्नो स्पेस खोज्ने तथा माग भएको क्षेत्रमा व्यापार गर्ने विषय वाणिज्य शास्त्रको नियमभित्र पर्छ । यो कुनै अस्वाभाविक विषय होइन ।

– तान्जानियामा बाख्रा, मेवा तथा कटहरको परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएपछि त्यहाँ टेस्ट नगरिएको कुरा जोडतोडले उठाइएको छ । अफ्रिकाका अधिकांश देशमा परीक्षण न्यून संख्यामा गरिएको छ । तान्जानियामा आजसम्म परीक्षण गरिएकामध्ये ५०% जना संक्रमित छन् भने २१ जनाको मृत्यु भएको छ । तान्जानियाभन्दा थोरै केस भएका देशहरू अफ्रिकामा धेरै छन् ।

– इटलीमा बनेको भनिएको भिडियो पनि भाइरल भएको छ । त्यसमा कोरोनालाई भाइरस नभएर ब्याक्टेरिया हो भनिएको छ । यो सर्वथा गलत हो । वैज्ञानिकहरूले कल्चर गरेर, मोलिकुलर अध्ययन गरेर तथा जिन सिक्वेन्स अध्ययन गरेर मात्र यो भाइरस हो भनेर प्रमाणित गरेका छन् ।

– कोरोना संक्रमणको कारण कसैको पनि मृत्यु भएको छैन, दीर्घरोगी आफ्नो रोगले मरेका छन् तथा त्यसमा कोरोना पनि देखिएको छ भन्ने भनाइ असत्य हो । मधुमेह, उच्च रक्तचाप, मिर्गाैला, फोक्सो, मुटु र कलेजोका बिरामी, क्यान्सरका बिरामी आदिलाई जोखिम वर्ग मानिन्छ । यदि कोरोना संक्रमण नआएको भए उहाँहरू थप केही वर्ष वा आफ्नो पूरा आयु बाँच्न सक्नुहुन्थ्यो । जसलाई अनियन्त्रित दीर्घरोग छ वा उमेर धेरै भएको छ, उहाँहरूको रोगसँग लड्ने क्षमता कम हुन्छ । कोरोना भाइरसले प्रतिरक्षा प्रणालीमा आक्रमण गर्छ, जसको कारण जोखिम वर्गका संक्रमितको मृत्यु भइरहेको छ । कोरोना भाइरसले गोली हानेर मार्ने होइन । यसले कमजोर अंग वा प्रतिरक्षा प्रणालीमा आक्रमण गरेर तथा उक्त अंग फेलर बनाएर मान्छेको मृत्यु हुने हो ।

– कोरोना संक्रमणले भन्दा अन्य रोगले धेरै जनाको मृत्यु भएको छ तर कोरोना महामारीलाई हाउगुजी बनाइएको छ भन्ने तर्कमा केही दम छ । कोरोनाको मृत्युदर कम भए पनि यसको खोप तथा औषधि नभएको हुँदा र यो भाइरसबारे पर्याप्त अध्ययन नभएको अवस्थामा कतै भाइरसले शक्तिशाली प्रजाति विकास गरेर तहसनहस गर्ने त होइन भन्ने चिन्ताले गर्दा यसले आवश्यकताभन्दा धेरै भाउ र चर्चा पाएको छ । कोरोना महामारीमा केन्द्रित भएर लामो समय लकडाउन गर्दा भोकले, दीर्घरोगले आकस्मिक अवस्थाले तथा प्रसव एवं शल्यक्रिया प्रभावित भएर मृतकको संख्या बढेको छ । यसले आर्थिक रूपमा संसारलाई टाट पल्टाएको छ भने मानसिक रोग तथा आत्महत्या पनि बढाएको छ । यो पक्षलाई जनचेतना, जनस्वास्थ्यका मापदण्ड तथा कोभिड र नन–कोभिड अस्पताल छुट्याएर जाँदा धेरै हदसम्म हल गर्न सकिन्छ । हरेक देश यो बाटोबाट अघिं बढेर गतिविधि तथा जीवनचर्या सहज बनाउनुको विकल्प छैन ।

– कोरोना महामारीमा राजनीति मिसिएको तर्क धेरै हदसम्म सत्य छ । धेरै देशका शासकले महामारीलाई आफ्नो कुर्सी बलियो बनाउने वा अर्कोपटकको लागि सुरक्षित गर्ने राजनीति गरेको  देखिएको छ । पद, पैसा र शक्तिको यो युगमा महामारीलाई हतियार बनाउनु पक्कै पनि राम्रो होइन ।

– चीनले वा अमेरिकाले ल्याबमा कोरोना भाइरस बनाएर महामारी सिर्जना गरेको आरोप असत्य प्रमाणित भएको छ । चमेरा तथा पेन्गुइनको जेनेटिक स्टडी गर्दा नोवेल कोरोना भाइरस ती प्राणीबाट मान्छेमा आएको ल्याबमा पुष्टि भइसकेको छ । विश्वमा भएका ६ प्रकारका कोरोना भाइरसमध्ये यो कोरोना भाइरसलाई नोवेल कोरोना भाइरस भनिन्छ । नोवेलको अर्थ उपन्यास हुन्छ । फिक्सन हुन्छ । बालुवाको कणजस्तो भाइरसलाई रंगीचंगी बनाएर विज्ञानले उपन्यासमा जस्तै फूलबुट्टा भरेको छ । जसरी सत्य घटनामा आधारित उपन्यासमा काल्पनिकता प्रयोग गरेर रोचक बनाइन्छ, त्यसैगरी कोरोना महामारीलाई डरलाग्दो ढंगबाट अतिरञ्जित गरिएको तथ्य हामी सबैले स्वीकार्नुपर्छ । मृत्युदर कम भएको, मास्क तथा व्यक्तिगत दूरीले मात्र पनि नियन्त्रणमा राख्न सकिने यो महामारीलाई उपचारात्मकभन्दा रोकथामका उपायमा जोड दिइएको भए कम खर्च र सानो क्षतिमा महामारीलाई नियन्त्रणमा राख्न सकिने थियो । सम्पूर्ण जनतालाई सही सूचना दिने, जनस्वास्थ्यका मापदण्ड, क्वारेन्टीन तथा आइसोलेसन प्रभावकारी बनाएको भए हाम्रो अवस्था यति नाजुक हुने थिएन । विश्व स्वास्थ्य संगठन, वैज्ञानिक तथा विज्ञले पनि पवित्र हृदयले यसको रोकथामलाई प्राथमिकतामा राखेको भए आज यो महामारीलाई कसैले पनि उपन्यास भन्ने थिएन । सञ्चारमाध्यमले कोरोना महामारीलाई दिनुपर्ने जति मात्र स्पेस दिएको भए तथा आत्मबल बढाउने एवं जनचेतना फैलाउने काममा लागेको भए यो अदृश्य कणसँग यतिविधि डर मान्नुपर्ने थिएन । महामारीको वैज्ञानिक पक्ष हामी सबैले आत्मसात गरेर तथा उपन्यासलाई छानेर ग्रहण गर्नु सबैभन्दा तनावरहित रहने उपाय हो । राज्यले जोखिम वर्गलाई बचाउने नीति लिने हो भने यो महामारीमा जीवन चल्नेछ, आफ्नै गतिमा ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x