×

NMB BANK
NIC ASIA

अन्योलमा अट्वारी : अग्रासनको पोकोसँगै कोरोना नपुगोस् चेलीलाई

भदौ ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

‘यी साल अग्रासन डेहे आई नैसकब । भुुलचुक गुना माफ करहो ।’ थारु कल्याणकारिणी सभा (थाकस) कैलालीका उपसभापति माधव थारुले आफ्नी दिदी र बहिनीलाई फोनमार्फत सन्देश पुर्‍याए ।

Muktinath Bank

कैलालीको गोदावरी नगरपालिका–८ फकलपुर घरका उपसभापति थारुले अट्वारी पर्वको २ दिनअघि कैलालीको टीकापुरमा रहेकी बहिनी र कञ्चनपुरको मौहुवाफाँटा रहेकी दिदीसँग क्षमायाचना गर्दै यो वर्ष अट्वारीको अग्रासन दिन आउन नसक्ने भन्दै खबर गरे । तर गाउँमै रहेकी विवाहित छोरीलाई अग्रासन दिन भने जाने उनी बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भदौ ७ र ८ गते पश्चिम नेपालको थारु जातिको अट्वारी पर्व परेको छ । सो अट्वारी पर्वमा थारु जातिले आफ्ना विवाहित चेलीबेटीलाई खानपानको परिकार बनाई कोशेली स्वरुप अग्रासन दिन जाने प्रचलन रहिआएको छ । तर कोरोना कहर र जारी निषेधाज्ञाबीच अट्वारी कसरी मनाउनेबारे थाकस उपसभापति थारुलाई मात्रै होइन, आमथारु जातिमै यतिबेला अन्योलता छाएको छ ।


Advertisment
Nabil box
Kumari

धनगढीबाट कारोबार दैनिकमा कार्यरत पत्रकार मुकेश चौधरीले यसपालिको अट्वारीमा अग्रासन दिन जाने कि नजाने वा दिन जान पाउने कि नपाउनेमा अन्योल भएको बताउँछन् । एकातिर कोरोनाको कहर, अर्कोतिर जिल्लामा जारी निषेधाज्ञाले अन्योल सिर्जना गरिदिएको उनी बताउँछन् । 

Vianet communication
Laxmi Bank

कैलालीको भजनी नगरपालिकाको गन्जहुवा माइती घर भएकी धनगढी उपमहानगरपालिका–१ शिवनगरकी रविना चौधरी यो वर्ष माइतीबाट आउने अग्रासन खान पाउने कि नपाउनेमा निकै चिन्तित छिन् ।

कोरोना कहरले थारु जातिको अट्वारी पर्व प्रभावित भए जस्तै पहाडी समुदायले मनाउने गौरा र तीज पनि प्रभावित भएको छ । नागरिक दैनिकमा कार्यरत पत्रकार पुष्पराज जोशी भन्छन्, ‘तीज, अट्वारी, गौरा घरभित्रै मनाउनुपर्ने अवस्था छ । थारुको अग्रासन (दिदीबहिनीलाई दिइने सामान) र पहाडीको निस्रा (बाहुनलाई दिइने सामान) दिन जान नपाइने भयो निषेधाज्ञाले ।’

चाडपर्व निषेधाज्ञाले भन्दा पनि कोरोनाले गर्दा प्रभावित भएको हो । यसपालिको चाडपर्व बहुत सुझबुझका साथ मनाउनुपर्ने सुझाव थाकस उपसभापति थारुको छ ।

उनी भन्छन्, ‘हामी विषम परिस्थितिमा छौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नै निषेधाज्ञा हो । त्यसैले हामीले आफ्ना चेलीबेटीको लागि अग्रासन तयार पर्दा आग्रसनको पोकोसँगै कोरोनाको पोको त दिइरहेका छैनौं भनेर एकपल्ट मनन् गर्नुपर्ने अवस्था छ ।’ 

अट्वारीको ऐतिहासिकता

धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्त्व बोकेको अट्वारी पर्व दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने थारु जातिले मनाउँदै आएका छन् ।

अट्वारी पर्व थारु समुदायको मौलिक पर्व हो । अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र ५ पण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन् । ‘भेंवा’को नामले थारु जातिले पूजा गर्दछन् । 

थारु बुद्धिजीवीका अनुसार वनवासको क्रममा भेवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ) मा पुगेको किम्वदन्ती रहेको छ । सो किम्वदन्ती अनुसार तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीमाथि जबरजस्ती गर्ने कामलाई तीव्रता दिएका थिए । ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन थारु समुदायमा रहिआएको छ ।

अर्को किम्वदन्ती अनुसार एक समयमा द्रोपतिसहित ५ पाण्डवहरू सुर्खेतको काक्रेबिहार घुम्न पुगेका थिए । थारू राजा दंगीशरण र ५ पाण्डवबीच निकै घनिष्टता बढेको थियो । एक समय, भीमले रोटी पकाइरहँदा राजा दंगीशरणको राज्यमाथि शत्रुले आक्रमण गरे । बलवान र पराक्रमी भीमले तावामा रोटी हालेर सहयोग गर्न जाँदा गाउँभरका मानिसहरूले तावामा हालेको उनको रोटी पल्टाउने प्रयास गरे तर सकेनन् । अन्ततः भीमले राजा दंगीशरणलाई सहयोग गरे पश्चात फर्केपछि मात्रै तावाको रोटी झिकेको भनाई छ । उक्त सहयोग गरेको दिन आइतवार परेकाले पनि अट्वारी पर्व आइतवार मनाउने प्रचलन कायम भएको थारु बुढापाकाहरू बताउँछन् ।

मनाउने विधि र अग्रासन

सामान्यतयाः अट्वारी पर्व कृष्ण जन्माष्टमी पर्वपछि अर्थात ओजर्या (पूर्णिमा) मा पर्दछ । त्यो भनेको कृष्ण जन्माष्टमीपछिको आइतवार हुन आउँछ । आइतवारभन्दा अघिल्लो राति (शनिवार) दर खाने र आइतवार आधा दिनसम्म व्रत बस्ने गरिन्छ । व्रत बसेको दिन पूजा सकेर फलफूल मात्रै उपभोग गरिन्छ । तर सूर्यास्तपछि खानपान पूरै बन्द गर्नुपर्ने हुन्छ । त्यसपछि, सोमवार बिहानै पूजापाठ अर्थात ‘फरहार’ गरिन्छ । बनाइएका विभिन्न परिकारलाई २ भागमा छुट्टाछुट्टै छुट्याइन्छ । छुट्याएको भाग चेलीबेटीलाई अग्रासन (कोसेली) स्वरुप दिनको लागि राखिन्छ भने एक भाग ब्रतालुले उपभोग गर्नुपर्छ । जसलाई फरहार भन्ने गरिन्छ ।

विधिपूर्वक सोमवार बिहानै पनि पूजापाठ गरेपछि फरहार गरेर भोजन ग्रहण गरिन्छ । सोमवारका दिन भने खरिया, पुुलौरी, अचार, सिद्रा, केराउको तरकारीलगायत विभिन्न प्रकारका परिकार बनाउने प्रलचन रहिआएको छ । सोही परिकार पनि अग्रासनको रूपमा दिन जाने प्रचलन रहिआएको छ ।

विवाहित चेलीबेटीहरू माइती घरको अग्रासनको पर्खाइमा बसेका हुन्छन् । भनिन्छ, विवाहित चेलीहरू माइती घरबाट दाजुभाइले दिन जाने अग्रासनले नै आफ्नो भोक मेट्ने गर्छन् । विभिन्न परिकारको पोकोसहित अग्रासन दिन जाने दाजुभाइ दिदीबहिनीलाई विवाहित चेलीहरू मानसम्मान गर्ने उत्तिकै चलन थारु समुदायमा रहेको छ । जसले गर्दा थारु समुदायमा अट्वारी पर्वलाई नारी सम्मान र भाइचाराको प्रतीकको रूपमा लिने गरेको थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी बताउँछन् ।

अट्वारीका परिकार

पर्वमा अण्डी धानको चामलबाट बनेको रोटी, खुर्मा, फुलौरी, बरियालगायत परिकार अनिवार्य बनाइने र सगुनकै रूपमा प्रयोग गर्ने प्रचलन थारु समुदायमा रहिआएको छ ।

अण्डी धान नभएको घरमा पर्व नै खल्लो हुने वा पर्व नै अपुरो हुने थारु बुद्धिजीवीहरू बताउँछन् । त्यसैले पर्व शुरू हुनुअघि नै इष्टमित्र, साथीभाइसँग सगुनकै लागि भए पनि धान खरिद गरेर वा अन्य धानको चामलसँग अण्डी धानको चामल साटेर भए पनि पर्व मनाएको पाइन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x