×

NMB BANK
NIC ASIA

संस्कृतको पठनपाठन विस्तार गर्न आग्रह

भदौ ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको प्राचीन र मौलिक भाषाका रूपमा रहेको संस्कृतलाई सबै तहमा अध्ययन–अध्यापनको वातावरण मिलाउन शिक्षाविद् तथा संस्कृत वाङ्यमयप्रेमीले आग्रह गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

जयतु संस्कृतम् नेपालद्वारा भर्चुअलरूपमा आयोजित कर्णाली प्रदेशमा संस्कृत लोकभाषा अभियान तथा साधारण विद्यालयमा संस्कृत भाषाको प्रयोगको सान्दर्भिकता विषयक संवाद कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायले संस्कृतलाई कर्मकाण्डीरूपमा मात्रै प्रचारित गरिनु दुःखद् भएको उल्लेख गर्दै संस्कृतमा पाइने दर्शन, ज्ञान विज्ञान र आयुर्वेदलाई पश्चिमा जगत्ले उजागर गर्न थालिसकेका सन्दर्भमा नेपालमा यसको थप जागृत गर्न जोड दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल संस्कृत विश्वविद्यालयका पूर्व रजिस्ट्रार उपाध्यायले एसईईमा संस्कृत पढेकालाई मात्रै माथिल्लो कक्षामा भर्ना हुन पाउने प्रावधान हटाइ खुला र प्रतिस्पर्धात्मक रूपमा पठनपाठन अगाडि बढाउन आग्रह गरे ।


Advertisment
Nabil box
Kumari

नेपाल सरकारका पूर्वसचिव जनार्दन नेपालले विक्रम संवत् २०२८ सालको राष्ट्रिय शिक्षा पद्धतिपछि  औपचारिक शिक्षामा संस्कृत भाषाको प्रवेश भएको र संस्कृतको महत्त्व बुझाउन नसक्दा सशस्त्र द्वन्द्वकालमा यस भाषाको उपेक्षा हुन पुगेको औल्याउँदै यस भाषाको महत्त्वबारे थप अध्ययन गर्न आग्रह गरे ।

Vianet communication
Laxmi Bank

भाषाविद् प्रा.डा. माधवप्रसाद पोखरेलले संस्कृत शब्दहरूको प्रयोगका कारण नेपाली मौलिक भाषाको मानकीकरणमा योगदान पुगेको बताउँदै संस्कृत दर्शन र पौराणिक वाङ्यमयलाई संवद्र्धन गर्न आवश्यक रहेको बताए । संस्कृत भाषा नजानेसम्म नेपालका ऐतिहासिक अभिलेखको अध्ययन समेत गर्न नसकिने जनाए ।

शिक्षाविद् डा. विद्यानाथ कोइरालाले घर व्यवहारदेखि शिलालेख बुझ्नसम्म संस्कृत पढ्नुपर्ने आवश्यकताबोध नयाँ पुस्तालाई सरलरुपमा गराउन आग्रह गरे ।

आचार्य नोबू शेर्पाले बौद्ध दर्शनको ज्ञान र महायानी शास्त्रहरु संस्कृत भाषामै रहेकाले पूर्वीय सभ्यतालाई सर्वसाधारणसम्म विकास गरी विश्वव्यापीकरण गर्न आवश्यक रहेको टिप्पणी गरे ।

नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा. धनेश्वर नेपालले सबै तहमा कुनै न कुनै रुपमा संस्कृत भाषाको अध्यापनका लागि सरकारलाई दबाब दिन सुझाव दिए ।
    
जयतु संस्कृतम्का अध्यक्ष डा. बद्री पोखरेलले १ देखि ८ कक्षासम्मको ऐच्छिक विषयका संस्कृतको पाठ्यक्रम तयार भइसकेको स्थितिमा जनस्तरसम्म यसको कार्यान्वयनका लागि अभियान थालनी गरिएको जानकारी दिए । जयतु संस्कृतम् नेपालमा प्रजातन्त्र स्थापनाका लागि जागरण ल्याउने एक पुरानो अभियान हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x