×

NMB BANK
NIC ASIA

कोरोना संक्रमणमा कर्णालीको पहिलो नम्बरमा नारायण नगरपालिका, बाँकी १३ पालिकामा संक्रमण शून्य

भदौ ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेशमा २०७७ जेठ पाँच गतेदेखि हालसम्मको अवधिमा २ हजार १ सय ६० जना कोरोनाबाट संक्रमित भएका छन् । सबैभन्दा बढी दैलेखको नारायण नगरपालिकाका नागरिक देखिएका छन् ।

Muktinath Bank

उक्त नगरपालिकामा ३ सय ३ जनामा हालसम्म कोरोना संक्रमण देखिएको छ । दोश्रो नम्बरमा कर्णालीको राजधानी वीरेन्द्रनगर देखिएको छ । विरेन्द्रनगरमा २ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास महाशाखाले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तेश्रो नम्बरमा दैलेखको महावु गाउँपालिका परेको छ । यो गाउँपालिकाका १ सय ८९ जनामा कोरोना पुष्टि भइसकेको छ । सल्यानको बन्गाड कुभिण्डे नगरपालिकामा १ सय ७९ जना, दैलेखको नौमुले गाउँपालिकामा १ सय ५१ जना र सोही जिल्लाको दुल्लु नगरपालिकामा १ सय ४० जनामा कोरोना पुष्टि भएको हो ।


Advertisment
Nabil box
Kumari

सुर्खेतको भेरीगंगा नगरपालिकामा ७८, दैलेखको डुंगेश्वर गाउँपालिकामा ७८, सुर्खेतको पञ्चपुरी नगरपालिकामा ६८, जुम्लाको हिमा गाउँपालिकामा ६६, सुर्खेतको लेकबेशी नगरपालिकामा ६२, दैलेखको आठबीस नगरपालिकामा ५३ जनामा कोरोना संक्रमण देखिएको छ ।

Vianet communication
Laxmi Bank

सुर्खेतका बराहताल गाउँपालिकामा ४९, गुर्भाकोट नपामा ४८, सिम्ता गाउँपालिकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सल्यानको कुमाख गाउँपालिकामा ३१, सुर्खेतको चिंगाड गाउँपालिकामा २५ जना, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा २५, जुम्लाको चन्दननाथमा २३, दैलेखको भैरवीमा २१ जना, ठाँटीकाँधमा २१ जना, चामुण्डाविन्द्रासैनी नगरपालिकामा १८ जना, रुकुमको चौरजहारीमा १८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।

उनका अनुसार कालिकोटको शुभकालिकामा १७, सल्यानको दार्मामा १६, दैलेखको भगवतीमाईमा १५, जुम्लाको सिंजामा १५, जाजरकोटको भेरी नपामा १५, दैलेखको गुराँस गाउँपालिकामा १३, कालिकोटको रास्कोट नपामा १३, जाजरकोटको छेडागाडमा ११ जना, कालिकोटको महावैमा १० र सल्यानको वागचौरमा दश जनामा कोरोना पुष्टि भएको छ ।

अन्य पालिकामा १० भन्दा कम संक्रमित भेटिएका छन् । आठबीसकोटमा ९ जना, कालिमाटी, खत्याड, मुसिकोट ७ जना, शारदा, त्रिवेणी र खाँडाचक्रमा ६ जना, बारेकोट र शिवालयमा ५/५ जना, नरहरीनाथमा ४ जना, बाँफीकोट, पलाता, पातारासी, सिद्धकुमाख,  तिलामा ४/४ र त्रिवेणीमा ३/३ जनामा कोरोना संक्रमण हालसम्म पुष्टि भएको छ । छत्रेश्वरी, छायानाथ रारा, जगदुल्ला, कनकासुन्दरीमा तीन, नाम्खा, सानीभेरी, ठूलीभेरी र तिलागुफामा २/२ जना संक्रमित फेला परेका छन् ।

अदानचुली, चंखेली, गुठिचौर, कपुरकोट, मुडकेचुला, पचालझरना, ताजाकोटमा १/१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

५१ हजारको पीसिआर जाँच

कर्णाली प्रदेशले हालसम्म ५१ हजार ८३६ जनाको पीसीआर जाँच गरेको छ । त्योमध्ये ४८ हजार ९६१ जनाको रिर्पोट नेगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा ४ सय ५८ जनाको स्वाव परिक्षण गरिएकोमा चार जनाको पोजेटिभ आएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x