मुटु जोगाउन त्याग्नुस् यी १० खराब बानी...

मुटु मानव शरीरको एक प्रमुख जीवनदायी अंग हो । मुटु स्वस्थ राख्न हामीले केही खराब बानी त्याग्नै पर्छ । 

यी हुन मुटु जोगाउन त्याग्नै पर्ने १० खराब बानी


Advertisement

  • चर्को नुनिलो वा गुलियो खाँदा रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुर्‍याउँछन् र मुटुमा असर पुग्छ ।
  • चुरोट पिउँदा पनि रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुग्छ र मुटुरोगको सम्भावना ह्वात्तै बढ्छ ।
  • धेरै रक्सी पिउँदा उच्च कोलेस्ट्रेल, उच्च रक्तचाप र कलेजोमा खराबी देखा पर्छन् र यी सबै मुटुरोगका कारण बन्न पुग्छन् ।
  • धेरै तनाव लिँदा रक्तचाप बढ्छ र मुटुमा दबाब पर्छ जसका कारण मुटुरोग लाग्छ ।
  • शारीरिक काम नगर्दा रक्तप्रवाहमा समस्या आउँछ, रगत राम्ररी बग्न नपाएर मुटुमा समस्या देखिन्छ ।
  • धेर खाँदा रक्तनलीमा बोसो जम्छ जसका कारण उच्च रक्तचाप हुन पुग्छ र मुटुरोग निम्त्याउँछ ।
  • राति ढिलोसम्म जागै बस्ने, अधुरो निद्रा हुने अवस्थामा पनि तनाव, उच्च रक्तचाप लगायतका समस्या आउँछन् र मुटुलाई बिगार्छन् ।
  • दाँत र गिजाको समस्याले पनि मुटुरोग बढाउने कुरा धेरै अनुसन्धानले पत्ता लगाएका छन् ।
  • निद्रामा घुर्ने मान्छेलाई सास फेर्न समस्या हुनाले मुटुमा दबाब पर्छ र हार्ट अट्याकको सम्भावना बढाउँछ ।
  • जंक फूड तथा चिल्लो खानेकुराले पनि रक्तप्रवाहमा बाधा पु-याएर मुटुमा समस्या ल्याउँछन् ।

एजेन्सी 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्