असोज १२, २०८०
तनावले तपाईंलाई मानसिक र शारीरिक रूपमा प्रभावित गर्छ । व्यक्तिले स्वस्थ रहनका लागि तनावरहित हुनुपर्छ । यो भिडियोमार्फत तपाईं तनावका संकेतहरू थाहा पाउनुहुन्छ । कपाल झर्नु तनावका कारण कपाल झर्न शुरू गर्छ । क...
अर्कोपालि जीन्स पाइन्ट किन्दा आफूलाई सजिलो हुने नै छानेर किन्नुहोला । फेशन देखाउनका लागि शरीरलाई कष्ट हुने पाइन्ट नलगाउनुस् ।
जीन्स किन्दा जहिले पनि लगाएर अलिकति झुकेर हेर्नुपर्छ । तपाईंको खुट्टा चलाउन सजिलो हुन्छ कि हुँदैन, सबै विचार गर्नुपर्छ ।
सानो साइजका लुगा कहिल्यै लगाउनु हुँदैन । यो लगाउँदा तपाईंको शरीरलाई हानि पुग्छ ।
भुँडी ठूलो भएका अनि बोसो लुकाउनका लागि कम्मरमुनि जीन्स (लो वेस्ट जीन्स) लगाउने मान्छेले स्वास्थ्यलाई हानि गराउँछन् ।
अब फेशनका लागि त यस्तो जीन्स राम्रै देखिएला तर यसको दीर्घकालीन असर नराम्रो हुन्छ ।
हामीले लगाउने कपडाले हाम्रो शरीरको आकार निर्धारण गर्छ । अनि भुँडीको बोसो लुकाउनका लागि टाइट जीन्स लगाउँदा बोसो माथि सर्छ र जम्मा हुन थाल्छ । अनि त तपाईंको शरीरले अनौठो र असाधारण आकार लिन थाल्छ ।
महिला र पुरुष दुवैले टाइट जीन्स लगाउनु ठीक हुन्न । धेर टाइट जीन्स लगाउँदा पुरुषको अण्डकोष बिग्रेर उनीहरू नपुंसक हुन पुग्छन् । टाइट जीन्सले नसा र मांसपेशी पनि खराब बनाउँछ ।
चिकित्सकहरूले कम्पार्टमेन्ट सिन्ड्रोम भनी चिनाउने रोग पनि टाइट जीन्सका कारण लाग्छ । यसले गम्भीर आन्तरिक रक्तश्राव गराउँछ र मांसपेशी फुलाइदिन्छ । हिँडडुल गर्नै अप्ठ्यारो गराइदिन्छ ।
टाइट जीन्सले मृगौला पनि ड्यामेज गरिदिन्छ ।
चिपिक्क टाँसिएका जीन्सले तपाईंको सौन्दर्य बढाउनुपर्नेमा तपाईंको आकार नै बदल्न थालेमा तपाईं तत्काल सचेत हुनुपर्छ ।
शरीर भनेको प्रकृतिको राम्रो उपहार हो र हामीले यो जस्तो छ त्यस्तै रूपमा स्वीकार्नु जरूरी छ । आफ्नो शरीरलाई माया गर्नुस् ।
एजेन्सीको सहयोगमा
तनावले तपाईंलाई मानसिक र शारीरिक रूपमा प्रभावित गर्छ । व्यक्तिले स्वस्थ रहनका लागि तनावरहित हुनुपर्छ । यो भिडियोमार्फत तपाईं तनावका संकेतहरू थाहा पाउनुहुन्छ । कपाल झर्नु तनावका कारण कपाल झर्न शुरू गर्छ । क...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ मा रहेको दरौँ माध्यमिक विद्यालयका विद्यार्थीमा स्क्रब टाइफस रोग देखापरेसँगै विद्यालय बन्द गरिएको छ । विद्यार्थीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, श्वासप्रश्वास...
काठमाडौं, — सफा, स्वस्थ र सुन्दर नङले व्यक्तित्व बढाउँछन् । यिनले स्वास्थ्यको स्थिति पनि बताउँछन् । नङ छालाको एक महत्त्वपूर्ण भाग हो । मृत कोशिकाहरूबाट नङ बन्छ । नयाँ कोशिका बनेपछि मृत कोशिका हट्दै जा...
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं ललितपुर, भक्तपुर, धुलिखेल, दोलखाल...
महिलाको दिमाग पुरुषको तुलनामा विशेषगरी ध्यान केन्द्रित गर्न, आवेश नियन्त्रण गर्न, भाव तथा तनावको क्षेत्रमा बढी सक्रिय हुने गर्छ । केही पहिले गरिएको एक अध्ययनअनुसार उक्त तथ्य पत्ता लागेको हो । अध्ययनमा ४६ ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...