×

NMB BANK
NIC ASIA

‘एग्रो टुरिज्म’ क्षेत्र बन्दैछ पुरैना, ओझेलमा ऐतिहासिकता

भदौ १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

डुंगामा चढेर सरर ... पुरै ताल शयर गर्न मिल्ने । तालकै माछा र हाँस तालकै पिकनिक स्पटमा विभिन्न परिकार बनाई मज्जा लिन सकिने । चारैतिर मनमोहक प्राकृतिक छटाले भरिएको कैलालीको पुरैना अब एग्रो टुरिज्मको रुपमा विकास हुँदै गएको छ ।

Muktinath Bank

जिल्लाको कैलारी गाउँपालिका–३ स्थित पुरैना तालको पानी वर्षौदेखि खेती सिँचाइ गर्नमा मात्रै सीमित थियो । तर अब भने एग्रो टुरिज्म क्षेत्रको रुपमा विकास हुँदै गएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय ‘कमलपोखरी’को नामले चिनिएको ताल व्यावसायिक माछापालन र हाँसपालन केन्द्रको रूपमा स्थापित हुन थालेको छ । ३५ विघा क्षेत्रफलमा फैलिएको सो तालमा ३ जना साझेदारले संयुक्त रूपमा माछा, हाँसपालन गर्दै ताललाई पर्यटकीय क्षेत्रमा रुपान्तरण गर्नमा जुटेका छन् ।


Advertisment
Nabil box
Kumari

साझेदार मनिराम चौधरीले भने, ‘तालमा माछा मात्रै होइन, हाँसपालन व्यवसाय अगाडि बढाएका छौं । हाँसले माछालाई चाहिने अक्सिजन बढाउन सहयोग गर्ने भएकाले माछा र हाँसपालन व्यवसाय एकअर्काको परिपुरक व्यवसाय नै भन्नुपर्छ । हामीले एकै तालमा धेरै सम्भावना देखेका छौं । शुरूआतमा माछा, हाँसपालनसँगै तालमा डुंगा सञ्चालन गरी पर्यटन प्रवद्र्धनमा जुटेका छौं ।’

Vianet communication
Laxmi Bank

तालमा १ हजार ६०० हाँसको चल्ला हालेको बताउँदै अचेल करीब ५०० हाँसले अण्डा दिँदै आएको चौधरीले बताए । हाँसको संख्या अझ बढाउने योजना आफूहरूको रहेको साझेदारले बताएका छन् भने चालू वर्ष १ हजार क्वीन्टल माछा उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

साझेदार व्यवसायीले कैलारी गाउँपालिकाबाट वार्षिक १७ लाख रुपैयाँ तिर्ने गरी ठेक्कामा लिई व्यवसाय थालेका छन् । भूमिराज बिल्डर्स प्रालि र कैलारी गाउँपालिकाबीच ठेक्का सम्झौता भएको छ । तालको व्यवस्थापनदेखि पूर्वाधार निर्माण, माछाको भूरा र हाँसमा हालसम ५२ लाख रुपैयाँ लगानी गरेको जनाइएको छ । 

अर्का साझेदार राजुु चन्दले लगानी जारी राखेको बताउँदै अगाडि भने, ‘अझै लगानीकै फेजमा छौं । भविष्यमा राम्रो प्रतिफल लिन सक्ने सम्भावना देखेका छौं ।’ 

तालमा डुंगा सञ्चालन गरेकाले तालमा सयर गर्न सकिनेदेखि तालको माछा र हाँस तालमै खान सकिने सुविधालाई मध्यनजर गरी चमेना गृह सञ्चालनमा ल्याउने योजना रहेको चन्दले बताए । ताल क्षेत्रमै व्यावसायिक घरेलु कुखुरा, बंगुर पनि व्यावसायिक रूपमा पालन गर्ने योजना रहेको जनाइएको छ । ‘हामीले यहाँ एग्रो टुरिज्मको रूपमा पर्यटन विकास गर्न चाहेका छौं,’ चन्दले भने, ‘अझै धेरै व्यवस्थापन गर्न बाँकी नै छ ।’

तालको ऐतिहासिकता ओझेलमा

जैविक र सांस्कृतिक महत्त्व बोकेको ताल जंगली जनावरको पानी खाने प्रमुख स्थान हो । सामुदायिक वनमा अवस्थित ताल वरिपरि आदिवासी थारु समुदायको बसोबास छ । सो तालमा माछा मार्ने र तालमा भएको कमलको पात टिप्ने कार्य पहिलैदेखि हुँदै आएको थियो । थारु समुदायमा कमललाई पुरैनाको नामले चिनिन्छ । सोही जलीय वनस्पति पुरैनाबाट तालको नाम पुरैना रहन गएको स्थानीय छोटेलाल चौधरीले बताउँछन् । ताल बनाउन आफ्ना बाजेहरू लगायतले रगत–पसिना बगाउनुका साथै वन मुद्दा खेपेर जेल सजाय समेत पाएको तर पछि तत्कालीन गाविस कार्यालयमा कार्यरत कर्मचारीहरूले तालको पहिचान मेटाएर कमलपोखरी नामाकरण गरेको गुनोसो चौधरीले पोखे ।

कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले तत्कालीन गाविस कार्यालयमा कार्यरत कर्मचारीले तालको पहिचान मेटाएको बताउँदै तर स्थानीय तथ्यसहित आएमा लेख्य रूपमा पनि पुरैना कायम गर्नमा समस्या नहुने बताउँछन् ।

पुरैना तथा कमलको नामले परिचित सो तालमा आजभोलि पुरैना पाउन छोडिएको छ । माछापालन हुँदै गएपछि सो पुरैना वनस्पति घट्दै गएको छ ।

सिँचाइको स्रोत तालको पानी

तालको पानी माछापालनमा मात्र नभई स्थानीयको खेत सिँचाइमा पनि प्रयोग हुँदै आएको छ । आफ्ना बुवाबाजेहरू २००८ सालदेखि सो तालको पानी खेती सिँचाइमा प्रयोग गर्दै आएको बताउँदै छोटेलाल चौधरीले गाउँपालिकाको लालपुर, खोनपुर, निमुवाबोझी, दक्षिण भररी र उत्तर भररी गाउँका करीब १ हजार ५०० हेक्टर बढी जमिनमा सिँचाइ सुविधा हुँदै आएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x