×

NMB BANK
NIC ASIA

एसईई सरहका स्वास्थ्यका प्राविधिक विषय तत्काल खारेज नगर्न आग्रह

भदौ १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विकल्प नै नदिएर सीटीईभीटी अन्तर्गत सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एसईई सरहका कार्यक्रम खारेज गर्ने राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्णयप्रति सरोकारवालाको ध्यानाकर्षण भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

निजी प्राविधिक शिक्षालय महासंघले सरकारले कुनै विकल्प र समय नै नदिईकन एकाएक स्वास्थ्य प्राविधिक विषयलाई खारेज गर्ने निर्णय गरेको भन्दै विशेष ध्यानाकर्षण भएको जनाएको छ ।
 
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एसईई सरहका कार्यक्रम खारेज गर्ने निर्णयप्रति महासंघले ध्यानाकर्षण भएको जनाएको हो । यो खारेज हुँदा देशभरका १३७ संस्था र २३८ वटा कार्यक्रम बन्द हुनेछन् भने तिनमा आवद्ध १० हजारभन्दा धेरै व्यक्ति बेरोजगार बन्नुपर्ने अवस्था आउने महासंघको दाबी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिड–१९ को कहरकै बीचमा सरकारले गरेको निर्णयप्रति महासंघले ध्यानार्कषण भएको जनाएको हो । एकातर्फ सरकारले नेपालमा ७० प्रतिशतभन्दा बढी  प्राविधिक जनशक्ति उत्पादन गर्ने निर्णय गर्नु, अर्कोतर्फ प्राविधिक क्षेत्रका टीएसएलसी तहको अध्यापनलाई खारेज गर्ने निर्णण गर्नु आफैंमा विरोधाभासपूर्ण रहेको महासंघको भनाई रहेको छ । 


Advertisment
Nabil box
Kumari

निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष बसन्तराज खनालले नेपालको वर्तमान परिस्थितिमा १८ महिनाको कोर्स पूरा गरेका अनमी, सीएमए, ल्याब असिस्टेन्ट लगायतका जनशक्तिको आवश्यकता रहेको अवस्थामा एकाएक कार्यक्रम खारेज गरिनु दुर्भाग्यपूर्ण रहेको बताए । 

Vianet communication
Laxmi Bank

कार्यक्रमलाई अपग्रेड गर्न तथा प्राविधिक शिक्षालयलाई स्तरोन्नति गर्न कम्तिमा १ वर्षको समय दिनुपर्ने अध्यक्ष खनालको भनाइ छ । ‘हामीले सधैं नै कार्यक्रम जारी रहोस् भनेका छैनौं तर हटाउने नै हो भने पनि त एउटा विकल्प हुन्छ नि ! कुनै अवधि दिनुपर्ने हुन्छ नि !’ उनले भने ।

केन्द्रीय अध्यक्ष खनालले सामान्य आयस्तर भएका व्यक्तिले समेत अध्ययन गर्न सक्ने र कोरोना लगायतका महामारीमा फन्टलाइनमा रहेर काम गर्ने पनि यही जनशक्ति रहेको कारण यसलाई खारेज गर्नको लागि तत्काल हतार हुने तर्क गरे  ।

चिकित्सा शिक्षा ऐनको दफा ४२ मा टेकेर साउन ३० गते बसेको आयोगको बैठकले यस्तो निर्णय गरेसँगै अनमी, सीएमए, ल्याब असिस्टेन्ट लगायतका २३८ विषय पढाउने १३७ वटा कलेजको सम्बन्धन खारेज हुने भएको छ भने ती विषय पढ्ने र पढेका हजारौं हजार विद्यार्थीको भविष्य अन्योलमा पर्ने भएको छ । यो महामारीका बेलामा देशका विभिन्न ठाउँमा स्वास्थ्य संस्थामा फ्रन्टलाइनमा खटिएकाहरू यिनै विषय पढेका जनशक्ति रहेका छन् । 

महामारीका बेलामा एसईईको परीक्षा नै नदिइकन नतिजा निकालिएको सममा सोही खालको स्वास्थ्य प्राविधिक विषयमा भने यसखालको अव्यावहारिक र अर्को तयारी विनाको निर्णय भएको भन्दै देशभरका सरोकारवालाले आपत्ति जनाइरहेका छन् । यस्तो निर्णयलाई तत्काल कार्यान्वयनमा नल्याउन सम्बन्धित निकायसँग समेत महासंघले आग्रह गरेको छ । 

अनमी, सीएमए, ल्याब असिस्टेन्टलगायत कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको भन्दै निजी प्राविधिक शिक्षालय महासंघ ५ नम्बर प्रदेशका अध्यक्ष अरुणकुमार पाण्डेयले प्रयोगशालालाई विस्तार गर्ने र नागरिकको स्वास्थ्यको अधिकारलाई सुरक्षित गर्नका लागि पनि यी विषयको जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताए । 

उनले अहिले कोरोना कहरको बीचमा निर्णय गर्नुभन्दा पनि यो अवस्थामा अझ बढी प्रोत्साहन गर्नुपर्ने सरकारको कर्तव्य भएको भन्दै यसमा सरकारको विशेष ध्यानाकर्षण हुुनुपर्ने बताए ।

विश्वविद्यालय प्रतिष्ठान र त्यस अन्तर्गतका शिक्षण संस्थाले प्रमाणपत्र तहका कार्यक्रम यसै शैक्षिक सत्रदेखि सञ्चालन नगर्ने/नगराउने र सञ्चालमा रहेका यस्ता कार्यक्रमको अध्ययन अवधि पूरा भएपछि स्वतः ‘फेज आउट’ हुने भन्ने निर्णय अपरिपक्व र अव्यावहारिक भएको महासंघका केन्द्रीय महासचिव दूर्गाप्रसाद भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

कार्यक्रमलाई सधैंको लागि निरन्तरता दिनुपर्छ भन्ने मागभन्दा पनि ऐनमा व्यवस्था गरिए बमोजिमको शिक्षालय सञ्चालन गरिरहेका संस्थालाई अपग्रेड (स्तरोन्नति) गर्नको लागि समेत समय उपलब्ध गराउनुपर्ने निजी प्राविधिक शिक्षालय महासंघले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

पुस ११, २०८०

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरिएको छ । स्ववियु त्रिवि केन्द्रीयले त्रिभुवन विश्वविद्यालयको समग्र सिस्टममा सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिला सुस्ती अन्त्यको माग राख्दै बुधवार...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x