×

NMB BANK
NIC ASIA

समाज रूपान्तरणका लागि पुस्तकालय

भदौ १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सत्यराम कासिछ्वा​

Muktinath Bank

साधारणतया विभिन्न विधाका विद्धान, लेखक, दार्शनिक, चिन्तक तथा साहित्यकार आदिका  विचार तथा भावनाहरुलाई लिपिबद्ध  गरिएको पृष्ठहरुको संगठित स्वरुप वा ठेलीलाई पुस्तक  भनिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुस्तकलाई संस्कृत भाषामा ग्रन्थ भनिन्छ भने जर्मन भाषाको ‘‘BOK’’ बाट पुरानो अंग्रेजी  ‘‘BOC’’ हुँदै ‘‘BOOK’’ हुँदा अरबी  भाषाबाट  ‘‘किताब’’ मा आउँदा नेपाली बोलिचालीमा किताप  सम्म भएको छ ।


Advertisment
Nabil box
Kumari

नेपाली बृहत शब्दकोशमा पुस्तकको अर्थ पढ्ने,पढाउने उद्देश्यले तर्क विचार, भावना, ज्ञान विज्ञान आदिका कुरा लेखिएको छापिएको  ग्रन्थ भनिएको छ ।

Vianet communication
Laxmi Bank

मानिस एक गतिशील सामाजिक उत्तरदायित्व बहन गर्ने प्राणी भएको हुँदा उसले प्राप्त गरेका भाषा, अनुभव, ज्ञान, सीप र कला कौशललाई संरक्षण सम्वर्द्धन गर्दै भविष्यको पुस्ताका लागि  हस्तान्तरण गर्न विभिन्न विधि प्रविधिका स्रोत साधनको उपयोग गरिन्छ । जहाँ प्राचिन कालदेखि नै जनचेतनाको विकास पछि  मानिसहरुले आफ्नो धर्म, दर्शन, कला र संस्कृतिलाई लेख्ने कला  तथा सीपको विकास गर्दै चीरकालसम्मका लागि सुरक्षित र  सम्वर्दन गर्न नरम माटो, काठका  टुक्रा आदिमा लेख्ने कोर्ने गर्न थाले । सुमेरियनले सर्वप्रथम ई पू ३१०० देखि  २३५७ सम्ममा  आफ्नो इतिहास, धर्म, संस्कृति, दर्शन तथा चौपायाका चित्रहरु  नरम माटोमा  लेख्दै सुकाएर  ग्रीक रोमन,चीन र भारतीयहरुलेभोजपत्र, ताडपत्र, कछुवाको सेल, बाँसको बोक्रामा आफ्नो कला, धर्म, दर्शन, इतिहास, संस्कृति लेखी गुफा तथा मठमन्दिर  पाटीपौवा, चैत्य गुम्बामा ज्ञान  सामग्रीको रुपमा संरक्षण  गर्दै जाँदा  पुस्तक र पुस्तकालयको विकास  भएको हो ।

पुस्तक ज्ञानको आधार हो । मानिसले प्राप्त  गरेका अनुभवलाई  अझ परिष्कृत बनाउन पुस्तक जन्य पाठ्य सामग्रीको गहण  अध्ययन गरी अनुसन्धान र प्रयोगमा ल्याउने गर्छ । प्राचिन समयमा  प्राप्त गरेको ज्ञान सीपको  संरक्षण गुफा हुँदै मध्ययुगतिर मठमन्दिर,  मस्जिद, गुम्बाचैत्य, पाटीपौवा तथा आधुनिक समाज  तथा युगमा पुस्तकको प्रयोग तथा अनुसन्धानलाई बढावा दिन  छुट्टै शाखा वा  भवनमा पुस्तकको संरक्षण र परिचलन एवं वितरण गरिएको हुन्छ जहाँ पुस्तकको घरलाई आधुनिक पुस्तकालयको  रुपमा लिइन्छ ।

सन् १४४० मा जोहान गुटेनवर्गले छाप्ने मेसिनको रुपमा प्रिन्टिङ प्रेसको आविष्कार गरेपछि  पुस्तकले आधुनिक स्वरुप ग्रहण  गरेको हो ।

भक्तपुरका अन्तिम मल्ल राजा रणजित मल्लका मितछोरा पृथ्वीनारायण शाहले भक्तपुरमा रहँदा उनले भक्तपुरको रहनसहन, कला संस्कृति, सैनिक प्रशासन तथा वैदिक र शस्त्र अस्त्र सम्बन्धि तान्त्रिक ज्ञान हासिल गरेको तथ्य इतिहासमा अध्ययन गर्नुपर्छ । जस अनुसार हालको साकोथा भन्ने ठाउँको नामाकरणमा त्यहाँ मल्ल कालमा विविध तान्त्रिक तथा वैदिक र सैनिक प्रशासन सम्बन्धि हाते पुस्तक संग्रह संकलन गरिन्थ्यो भन्ने प्रमाणका रूपमा पुरानो घर अहिलेसम्म पनि यथावत् रहेको छ ।

नेपालमा औपचारिक रुपमा १५ भदौ १८६९ मा पुस्तकालय सेवा  प्रारम्भ भएको दिनलाई  ऐतिहासिक उपलब्धिको रुपमा स्मरण  गरिन्छ । त्यो बेला राजा गीर्वाणयुद्ध विक्रमशाहले ‘‘पुस्तकालय   अधिनियम’’ मा लालमोहर सहित पारित गराई पण्डित केदारनाथ  झालाई नै पुस्तकको रेखदेख र संरक्षणका लागि नेपालको पहिलो  लाइबेरियनको रुपमा माने तापनि पुस्तकालयको व्यवस्थापनमा  अध्ययन तालिम नलिएकोले भारतको दिल्ली विश्वविद्यालयबाट  पुस्तकालय विज्ञानमा स्तानक गरेका पूर्णप्रसादअमात्यलाई तत्कालिन शिक्षामन्त्री शारदा  शमशेरले २००९ मा त्रिचन्द्र कलेजको लाइबेरियन पदमा नियुक्ति दिइ नेपालमा  लाइबेरियनसीपको थालनी गरियो ।

वि.सं.१९०८ मा जंग बहादुर राणाले बेलायत बाट फर्कँदा ल्याएको  हाते गिद्धे  प्रेसले नेपालमा आधुनिक छापाखाना तथा पुस्तकको विकास भएको हो। वि.सं. १९१९ भन्दा अघि ठहिटीमा स्थापना  भएको मनोरञ्जन प्रेसले संस्कृत भाषाको ‘‘मोक्षसिद्धी’’ छापेर  व्यावसायिक पुस्तक प्रकाशनको थालनी भयो भने वि.सं १९२८ मा स्थापना गरेको नारायण हिटी छापाखानाको २२वर्ष पछि १९५० मा पासुपत प्रेसले निजी  क्षेत्रमा पुस्तक प्रकाशनको सुत्रपात गरियो ।

तर पनि शिक्षामा जहाँनिया राणा शासनको एकलौटी अधिकार  हुँदा सर्वसाधारण जनतामा पहँच  नपुर्याउन अनेकौं कुरामा वञ्चित गरेको अवस्था थियो । यस क्रममा वि. सं. १९७६ मा  प्रधानमन्त्री श्री  ३ चन्द्रशमशेरको पालामा  कौशल अड्डाका सुब्बा कृष्णलाल अधिकारीले शिक्षा लगायत अन्य क्षेत्रमा लगाएको बन्देजको विरुद्ध ‘‘मकैको खेती’’ नामक व्यंग्य साहित्यिक पुस्तक १००० प्रति मध्ये  एक प्रति फेला नपर्दा जेल सजायका कारण त्यही नै जीवन त्याग  गर्नुपर्यो । जसलाई  नेपाली पुस्तक इतिहासमा ‘‘मकै पर्व’’ भनेर  चिनिन्छ ।

वि.सं. १९८७ मा विश्वमा फैलिएको शिक्षाको प्रचारप्रसार, पुस्तक  पुस्तकालयले जनमानसमा पारेको सकारात्मक प्रभावबाट भारतमा अध्ययन पछि फर्केका धर्मराज थपलिया र  लक्ष्मीप्रसाद देवकोटा लगायत ४५/४६ जना युवाहरुले ‘‘सरस्वती गुठी’’ नामक  संस्थाबाट  पुस्तकालय खोल्ने  जमर्को श्री ३भीमशमशेरकोअगाडि बिन्ती गर्दा रामचन्द्र अधिकारी पोल खोलिदिएपछि ‘‘गाथगादी ताकेको’’ आरोपमा जनही रु.१०० जरिवाना लगाई दण्ड दिएको  थियो जसलाई नेपालको पुस्तकालय विकासकोइतिहासमा  ‘‘पुस्तकालय पर्व’’ को नामले  चिनिन्छ ।

पुस्तकालयका गतिविधि र त्यसको  आवश्यकता बारे जानकारी  गराउने उद्देश्यका साथ नेपालमा  २०६५ भदौ १५ गतेदेखि  जनतालाई शिक्षित र राष्ट्रलाई समृद्ध बनाउने  उद्देश्यले पुस्तकालय  दिवश मनाउन सुरु  गरिएको हो ।

पढाई जीवन परिवर्तन गर्ने शास्त्र हो । पुस्तक विनाको जीवन  निरर्थक हुन्छ र जीवनको कुनै महत्व रहँदैन । पुस्तक विनाको  जीवनले ढुङ्गे  युगको स्मरण गराउँछ । समाजमा आज जे जति  विकास परिवर्तन भएको छ, त्यसमा  पुस्तकको ठूलो देन छ। पुस्तक विद्यार्थी देखि अनुसन्धानकर्ता लगायत सबै इच्छुक  अध्येतालाई आवश्यक पर्ने महत्वपूर्ण ज्ञानको सागर हो। जुन नपढी आफ्नो उद्देश्य पुरा गर्न असम्भव  हुने भएकोले  पुस्तकालयको प्रयोग गरी पर्याप्त  मात्रामा लाभ लिई पूर्ण ज्ञान हासिल गर्न  सक्छ्न् ।

आफ्नो कक्षा वा तहको निर्दिष्ट पाठ्यपस्तक  बाहेक अन्य  सहायक र सन्दर्भ सामग्रीको  रुपमा  अन्य प्रकारका पुस्तक  अध्ययनमा रुची नहुँदा शिक्षा प्रमाणपत्र धारण गर्नेमा सीमितले गुणस्तरीय शिक्षाका लागि पुस्तक अध्ययन गर्ने संस्कृतिमा कमी  आएको छ । र असल पाठक खोज्नुपर्ने दिन आउन बेर छैन ।

पुस्तक नीति तथा पुस्तकालय संचालनको कार्ययोजना स्पष्ट  नभएकोले २०७२ को भूकम्पबाट  हालसम्म पनि व्यवस्थित रुपमा संचालन हुन नसकेका पुस्तकालय पूनःजागृत  गर्न नसक्दा  समुदायको पुस्तकालयका पुस्तकहरुमा ढुसी पर्ने, किराले खाने,  मुसाले खाने  तथा च्याटिने  समस्याले अरबौंको रकम बराबरको क्षति भएको छ ।

आधुनिक समयमा मानिस समाजसँग भिज्न छुट्टै औपचारिक  तथा अनौपचारिक रुपमा  उसले  प्रविधि, सुचना तथा स्रोत साधनको ज्ञान पाएको हुनुपर्ने अनिवार्य संस्कार बनेको छ । जसको रुपमा विविध शिक्षण संस्थालाई  लिएको छ । विद्यालय, कलेज,  क्याम्पस र  पुस्तकालय  आदि  शिक्षण संस्थामा मूलत: पुस्तककै  प्रयोगलाई बढी बढावा दिईन्छ ।

विद्यालय कलेज जस्ता शिक्षण संस्थामा  पुस्तकका निश्चित ज्ञान  सीप बारे शिक्षकले  विद्यार्थीलाई  मार्ग निर्देश मात्रै गर्छ, तर  पुस्तकालयमा विद्यार्थीले आफूलाई आवश्यक पर्ने ज्ञानको भोक  मेटाउने विविध पक्षका ज्ञानहरुको अध्ययन गरिन्छ । विद्यालय  जस्ता शिक्षण संस्थाले  सीमित  ज्ञानका लागि पुस्तकको अध्ययन अध्यापन गरिन्छ, जसले  विद्यार्थीमा सिकाई प्रति हिनताबोध  उत्पन्न गराउँछ । त्यसैले हरेक शिक्षण संस्थाहरुले विद्यार्थीमा  हिनताबोध नहोस् भनेर छुट्टै शाखा वा भवनमा पुस्तकालयको  प्रवन्ध गरेको छ ।जहाँ विद्यार्थीले विद्यालयमा सिकेका ज्ञान सीपलाई  अझ परिष्कृत रुपमा बुझ्न सिक्न सहयोग पुग्दछ । यसका लागि हरेक शिक्षण संस्थाले आफ्नो पुस्तकालयमा भएका पुस्तकहरुको  व्यवस्थित परिचालन र अन्य शैक्षिक गतिविधिको विकासका लागि तालिम प्राप्त र विविध पाठक बीच  अन्तर्कि्रयात्मक, शैक्षिक  प्रतियोगितात्मक कार्यक्रम तथा विविध अन्य शैक्षिक संस्थाहरु बीच समन्वयात्मक भूमिका निभाउन सक्ने क्षमता भएका पुस्तकालयकर्मीको व्यवस्था गर्नुपर्दछ । यदि  पुस्तकालयमा भएका पुस्तकहरुको मात्रै आदानप्रदान गर्ने हो भन  त्यहाँ पुस्तकालयकर्मी जनशक्तिको आवश्यकता रहँदैन ।

एक्काइसौं शताब्दीमा प्रशस्त पुस्तकलाई  डिजिटल स्वरुपमा  परिवर्तन गर्दा इन्टरनेटको प्रयोगले  पुस्तक र पुस्तकालयको  आवश्यकता नरहेको तर्क गर्नेहरुले अन्य शिक्षण संस्थाको आवश्यकतामा समेत प्रश्न उठाउन सक्ने अवस्था छ । साझा  संस्कृति र सम्पदासम्मको खुल्ला पहुँचमा आम मानिस स्वतन्त्र हुँदा विभिन्न समुदाय बीच मित्रता, अन्य समुदायलाई भाषा सिकाईमा सहजता तथा युवाहरुको लागि सार्वजनिक स्थान शान्त  रुपमा निःशुल्क उपलब्ध गराउने पुस्तकालयको सामाजिक  सिद्धान्त आज प्रयोगविहिन अवस्थामा छ ।

‘‘समाज रुपान्तरणका लागि पुस्तकालय’’ भन्ने मूल नाराका साथ १३ औं पुस्तकालय दिवश मनाउँदै गर्दा पुस्तकमा आएको डिजिटल प्रविधिले मोबाइल तथा इन्टरनेटलाई नै एक्काइसौं  शताब्दीको पुस्तक र पुस्तकालयकोरुपमा लिन थालिएको छ  जसले एक्लै बस्दा, साथीभाई तथा सामाजिक जमघट हुँदा, यात्रा  गर्दा वास्तविक पुस्तक भन्दा बढी मोबाइल  जन्य प्रविधिको  अधिकतम प्रयोगले पुस्तक  अध्ययन संस्कृतिमा कमी आएको छ । यसले भविषयमा आँखा लगायत अन्य शारीरिक तथा मानसिक  स्वास्थ्यमा विविध संकट देखापर्ने कुरालाई ध्यान दिन सकेको छैन ।

यसर्थ ‘‘समाज रुपान्तरणका लागि पुस्तकालय’’भन्ने मूल नारालाई व्यवहारमा उतार्न र पुस्तक अध्ययन संस्कृतिमा संस्कार बसाउन  पुस्तकालयकर्मीले विविध पाठक बीच अन्तर्कि्रयात्मक, शैक्षिक  प्रतियोगितात्मक  कार्यक्रम तथा विविध अन्य शैैक्षिक संस्थाहरु  बीच समन्वयात्मक भूमिका निभाउन विविध गतिविध गर्ने  गराउने  मापदण्ड तथा खाका  ल्याउन सरकालाई दबाब दिएर सबैले  आआफ्नो ठाउँबाट पहल गरौं ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x