×

NMB BANK
NIC ASIA

किराना पसल कोरोना फैलाउने माध्यम बन्ने खतरा, विज्ञ भन्छन्– ‘हाम्रो निषेधाज्ञाको मोडल नै गलत’

भदौ १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं उपत्यकामा अहिले निषेधाज्ञा छ । अत्यावश्यक सामान बोकेकाबाहेक अन्य सवारी साधनहरू हिँड्न दिइएको छैन । दैनिक उपभोग्य वस्तुका पसलहरू बिहान सवा ९ बजेसम्म मात्रै खुल्न दिइएको छ । 

Muktinath Bank

कोरोनाभाइरसको संक्रमण नफैलिन नदिनका लागि उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले पहिलो चरणमा गत ४ गतेदेखि १० गतेसम्म र दोस्रो चरणमा फेरि १७ गते बेलुका १२ बजेसम्म निषेधाज्ञा लागू गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपत्यकामा निषेधाज्ञा लागू गरेपनि बिहान ३/४ घण्टा खाद्यवस्तु तथा दैनिक उपभोग्य वस्तुका पसलहरू खोल्न दिँदा भीडभाड देखिएको छ । उपभोक्ताहरू दैनिक सामान किन्न आउँदा कुनै स्वास्थ्य प्रोटोकल अपनाएको देखिँदैन ।


Advertisment
Nabil box
Kumari

त्यति मात्र होइन भीडभाड हुने पसलमा स्वास्थ्य प्रोटोकलको त कुरै छाडौँ सामान्य मास्क समेत लगाएको देखिँदैन । 

Vianet communication
Laxmi Bank

बालाजुमा किराना पसलको व्यापार गर्दै आएका एकजना व्यापारीको भनाइलाई मान्ने हो भने पसलमा किन्न आउने २५ प्रतिशत मानिसहरू  मास्कविनै पसलमा सामान किन्न आउँछन् । 

‘सयमा २५ जना मानिसहरूले त मास्क नै नलगाइ आउनुहुन्छ, किन मास्क नलगाएको भन्यो भने यहाँ त सधैँ आउने पसलमा किन मास्क लगाउनु भन्ने खालको जवाफ आउँछ, आजभोलि मैले सोध्नै छाडें,’ ती पसलेले लोकान्तरसँग भने ।

बालाजु, नेपालटार क्षेत्रमा रहेका पसलहरू बिहानको समयमा भीडभाड देखिन्छन्, तर कुनै पसलमा सामाजिक दूरी कायम भएको देखिँदैन । 

न त पसलेहरूले सामाजिक दुरीका लागि अनुरोध गरेको देखिन्छ, न त ग्राहक आफैं सचेत भएको देखिन्छ । कतिपय ग्राहकहरू मास्कविनै सामान किन्न गइराखेका छन् भने अधिकांश पसलेले मास्कको सही प्रयोग र पञ्जा प्रयोग गरेको देखिँदैन । धेरैजसो पसलमा स्यानिटाइजर त देखिँदैन नै । कतिपयले चिउँडोमा मास्क लगाएको देखिन्छ । 

‘पसलेले मास्क लगाएको मैले कमै मात्र देखेको छु, आफैँलाई डर लाग्छ । कतिपय अवस्थामा मास्क लगाएको र स्यानिटाइजर भएको पसल खोज्दा बिहान पनि बितेको छ,’ बालाजु पुरानो गुह्येश्वरी घर भएकी विनिता महर्जनले लोकान्तरसँग भनिन् ।

‘हिया जित छुन मजुनुनी, जित मथिउनी कोरोना’ अर्थात् (अहिलेसम्म मलाई केही भएको छैन, कोरोना लागेको छैन) भन्ने जवाफ दिने गरेको महर्जनले लोकान्तरलाई बताइन् । 

जनघनत्व बढी भएको उपत्यकामा कोरोना भाइरसको जोखिम अत्यधिक रहेको जनस्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन् । 

निषेधाज्ञाको मोडल नै गलत : विज्ञ 

अहिलेको निषेधाज्ञाको मोडल नै गलत भएको जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षित बताउँछन् ।

‘अहिले गरिएको निषेधाज्ञाले कोरोनाभाइरस संक्रमण बढाउने मात्रै काम गर्छ, किनकी मानिसहरू दिनभरी पसल खुल्दा आफ्नो अनुकूल मिलाएर भीडभाड नहुने समयमा सामान किन्न जाँदा जोखिम कम हुन्थ्यो, अहिलेको लकडाउनको मोडल नै गलत छ,’ डा. दीक्षितले लोकान्तरसँग भने ।

अहिलेको अवस्था सबैभन्दा धेरै जोखिम नै दैनिक उपभोग्य वस्तुका सामानहरू खरिद गर्ने भएको जनस्वास्थ्य विज्ञ दीक्षितले बताए ।

‘अहिले निषेधाज्ञाको समयमा बिहान केही समय खोल्दा मानिसहरूको भीड नै किराना तथा तरकारी पसलमा छ, त्यहाँ सबैभन्दा जोखिम छ,’ डा. दीक्षितले लोकान्तरसँग भने । 

सीमित समय तोकिँदा मानिसहरूको भीड बढी हुन्छ । मानिसहरूको चहलपहल बढी हुने ठाउँमा कोरोनाभाइरसको जोखिम बढी छ ।

सरकारले दैनिक कोरोना परीक्षणको दायरा बढाएको देखिँदैन । सरकारले परीक्षण पनि नगर्ने र कोरोना संक्रमण बढ्यो भन्दै गलत मोडलको निषेधाज्ञा गर्दै जाँदा मानिसहरूको दैनिक जीवनमा समस्या आउने दीक्षितको भनाइ छ । 
आगामी दिनमा सरकारले दैनिक उपभोग्य वस्तुका सामानहरू खरिद बिक्री गर्ने ठाउँमा कोरोना परीक्षणको दायरा बढाउनुपर्ने डा. दीक्षितले बताए ।

दैनिक जीवन फेरियो, जिउन सिकौंं : डा. पुन 

कोरोना भाइरसको संक्रमण विश्वमा कहिलेसम्म रहन्छ भन्ने कुरा कसैलाई थाहा नभएकाले अबको जीवन कोरोना मैत्री भएर जिउन सिक्नुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन बताउँछन् ।

‘अबका दिनमा हामीले कोरोनामैत्री भएर जिउन सिक्नुपर्छ । यो संक्रमण कहिलेसम्म जान्छ भन्ने कसैलाई पनि थाहा छैन, सबैले अनुमानका भरमा मात्रै कुरा गरिरहेका छन्,’ डा. पुले लोकान्तरसँग भने ।

डाक्टर पुनका अनुसार अबका दिनमा आम मानिसहरूले आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । ‘यो कोरोनाभाइरसको संक्रमण कहिलेसम्म सकिन्छ भन्ने कुरा कसैले पनि ग्यारेन्टी गर्न सक्दैन । डब्लूएचओको पनि एउटा अनुमान मात्रै हो, त्यसलाई सत्य मान्न सकिँदैन,’ उनले भने ।

नेपालको हकमा त विषेश गरेर यहाँ संक्रमण घटे पनि भारतमा अन्त्य  नभएसम्म दैनिक जनजीवन यस्तै तरिकाले जिउनुपर्ने हुने भएकाले आम मानिसहरूले अबको आफ्नो दैनिक जीवन मास्क लगाउने, सामाजिक दुरी कायम गरेर हिँड्ने गर्नुपर्ने पुनले बताए । 

‘नागरिकहरू सचेत हुनुपर्छ, निषेधाज्ञा धेरै गरेर पनि मानिसहरूको जनजीवन अझ धेरै समस्यामा जान्छ, यसले कोरोना संक्रमणको दर रोकेको पनि देखिँदैन,’ पुनले भने ।

विषेश गरेर आफ्नो दैनिक जीवनमा आवश्यक पर्ने किनमेल होस् या अफिस जुनकुनै स्थानमा पनि कोरोना संक्रमणबाट जोगिने सुरक्षाका उपायहरू अपनाएर जिउन सिक्नुपर्छ । 

अबका दिनमा विषेश गरेर व्यापार गर्ने व्यापारी तथा पसलेले आफ्नो पसलमा आउने ग्राहकलाई कसरी व्यवस्थापन गर्ने र किनमेल गर्ने ग्राहकले पनि कसरी आफ्नो सुरक्षातर्फ ध्यान दिने भन्नेतर्फ सचेत रहनुपर्ने डा. पुनको भनाइ छ । 

सरकारले संक्रमणबाट जोखिमका लागि सुरक्षाका उपायहरू अपनाउनका लागि जनचेतना फैलाउनुपर्ने आवश्यक देखिन्छ, र आमजनताले पनि आफूलाई कसरी सुरक्षित राख्ने भन्नेतर्फ सचेत भएको भए अहिलेको निषेधाज्ञा गर्नुपर्ने आवस्था नै नआउने डा. पुनले लोकान्तरलाई बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x