×

NMB BANK
NIC ASIA

लोकान्तर समाचार प्रभाव : प्रहरीको सक्रियता बढ्यो, धमाधम पक्राउ गरिँदै तस्कर सहित तस्करीका सामान

भदौ २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

धनुषामा प्रहरी प्रशासन तथा तस्करहरूको मिलेमतोमै व्यापक अवैध तस्करी भईरहेको समाचार प्रकाशन भए पछि धनुषा प्रहरी एक्सनमा आएको छ । नेपाल र भारत बीचको खुल्ला सीमा नाका वरिपरि थप प्रहरी सक्रिय भएका छन भने धमाधम अवैध तस्करीका सामानहरु समेत पक्राउ गरेर जनकपुर भन्सार कार्यालयलाई बुझाउन थालेका छन् । 

Muktinath Bank

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रका अनुसार पछिल्लो सातामा धमाधम अवैध तस्करीका सामानहरु पक्राउ गरिएको छ ।  भदौ १८ गते जिल्ला प्रहरी कार्यालय धनुषाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले नगराईन नगरपालिका वडा नम्बर ९ स्थित नेपालबाट अवैध रुपमा भन्सार छली भारत तर्फ लैजाँदै गरेको अवस्थामा हरियो मटर २१ बोरा, सोफी नामक मदिरा ५४ कार्टुन र ४ थान मोटरसाइकल सहित अन्दाजी २ लाख ६३ हजार रुपैयाँ बराबरको सामान पक्राउ गरिएको थियो । ती सामानहरु सहित ४ जना तस्करलाई समेत पक्राउ गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसै गरी धनुषाको बिदेह नगरपालिकाको वडा नम्बर १ महिनाथपुर स्थित दशगजा क्षेत्र बाट २ लाख ५० हजार रुपैयाँ बराबरको बेवारिसे अबस्थामा रहेको सामान बरामद गरिएको मिश्रले बताए । कपडा, चीनी, यूरिया मल, मदिरा, भांग, खाने तेल सहितको सामान पक्राउ गरि भन्सार दाखिला गराइएको छ ।


Advertisment
Nabil box
Kumari

त्यसै गरी भदौ १९ गते बिदेह नगरपालिका वडा नम्बर ९ स्थित इटहरवामा समेत इलाका प्रहरी कार्यालय औरही र प्रहरी चौकी इटहरवाको संयुक्त गस्ती टोलीले रातीको समयमा तस्कर गफूर नदाफको गाई गोठ बाट  २ लाख १३ हजार रुपैयाँ बराबरको मटर सहितका सामानहरु भन्सार चोरी गरी राखिएको अवस्थामा पक्राउ गरी भन्सार कार्यालयमा दाखिला गरिएको छ । तस्कर नदाफ भने पक्राउ नपरेको मिश्रले बताए । 

Vianet communication
Laxmi Bank

त्यसै गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा सहित नेपाल प्रहरीले जिल्लाको बिभिन्न स्थान बाट भन्सार छली गरिएको तथा तस्करीमा प्रयोग गरिएको सवारी साधनलाई समेत पक्राउ गरी भन्सार दाखिला गराएको उनी बताउँछन् ।  भदौ महिनामा मात्रै ७ थान मोटरसाइकल, १ थान बोलेरो र २ थान पिकअप सहित १३ जना मानिसलाई  १ करोड ८ लाख ७२ हजार ६८० रुपैयाँ मूल्य बराबरको सामान बुझाइएको उनले बताए । 

‘जिल्लामा तस्करीलाई नियन्त्रण गर्नका लागि पहिले देखि रहेको मातहतको प्रहरी चौकी बाहेक दुई जना प्रहरी निरीक्षकको कमाण्डमा प्रत्येक दिन रातिको समयमा छुट्टा छुट्टै सीमा नाकामा थप प्रहरी परिचालन गरेका छौं,’ डिएसपी मिश्रले लोकान्तर सँग भने,‘जिल्ला बाट परिचालन हुने प्रहरी निरीक्षकहरूको कमाण्डको टोलीलाई थप क्रस अनुगमन गर्न म आफै पनि राती राती अनुगमनमा जाने गरेको छु ।’ जिल्लामा तस्करीलाई शून्य सहनशीलताको रणनीति अपनाउँदै जिल्लाको छुट्टै टोली बाहेक अहिले प्रदेश २ प्रहरी कार्यालय, संघीय प्रहरी इकाईको कार्यालयको संयुक्त अनुगमन टोली सहित छुट्टा छुट्टै टोली समेत परिचालन भएको उनले बताए ।
 
तल देखि माथि  सम्मको सेटिंगमा जिल्लामा तस्करी बढेको समाचार लोकान्तरले यस अघि प्रकाशन गरे पछि प्रहरीले सक्रियता बढाएको छ ।

 


hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x