×

NMB BANK
NIC ASIA

भन्सारको सामान लिलामीमा मिलेमतो : कसरी हुन्छ एकै व्यक्तिको हालिमुहाली ?

भदौ २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लुकीछिपी तस्करी गरेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा साउन ७ गते धनुषाको जनकनन्दिनी गाउँपालिकाको दशगजा क्षेत्रबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले ६५ बोरा मटर र १०४ बोरा छोहोरा बरामद गरेर भन्सार कार्यालयमा बुझायो ।

Sagarmatha Cement
Muktinath Bank

प्रहरीले बरामद सामानको मूल्यांकन ६ लाख ४१ हजार २०० रुपैयाँ गर्‍यो । भन्सार कार्यालयले साउन ७ गते नै १५ दिनको म्याद राखेर प्रहरी मूल्यांकनको मूल्य अनुसार लिलामीको लागि सूचना प्रकाशित गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर निर्धारित अवधिमा कुनै पनि फर्मले आवेदन नदिए पछि फेरि ७ दिनको म्याद राखेर साउन २२ गते दोस्रो पटक सूचना प्रकाशित गरिएको जनकपुर भन्सार कार्यालयका प्रमुख रामेश्वर कुमार मिश्रले बताए । ‘साउन २९ गतेसम्म पनि कुनै फर्मले आवेदन नदिए पछि भन्सार नियमावली अनुसार मूल्यांकन समितिको बैठक बसेर सामानको ३० प्रतिशत मूल्यांकन घटाएर ३ लाख ७६ हजार रुपैयाँ मूल्य कायम गरिएको थियो,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

मूल्य घटाएर तेस्रोपटक सूचना प्रकाशित गर्दा धनुषाको नगराइनस्थित सुल्तान नदाफले सञ्चालन गरेको मिना किराना पसलको नाममा सामान लिलामी कबुल भयो । तर लिलामीमा हर्ताकर्ता थिए धनुषाको मिथिला बिहारी नगरपालिकाको तारापट्टीका व्यापारी सुरेश साह ।

Vianet communication
Laxmi Bank

‘लिलामीको सामान सुरेशले नै किनेको थियो । तर फर्म भने सुरेशको प्रयोग गरिएको थिएन,’ भन्सार प्रमुख मिश्रले भने । स्रोतका अनुसार तस्करी गरेर सामानलाई नेपाल भित्र्याउन नसकेपछि सुरेशले भन्सारबाटै मूल्यांकन घटाएर सामान हात पारेका छन् । ‘सुरेशले सके तस्करी नै गर्ने, नसके भन्सार लिलामबाटै सामान लिने गर्दै आएका छन्,’ स्रोतले भन्यो ।

जनकपुर भन्सार कार्यालयमा हुने लिलामीमा प्रायःजसो सुरेशले नै कबुल गर्ने गरेका छन् । जनकपुर भन्सार कार्यालयमा गत आर्थिक वर्ष २०७६/०७७ मा सवारीसाधनबाहेक अन्य सामानको लिलामी गरेर ५ करोड १० लाख ८५ हजार २४ रुपैयाँ राजस्व प्राप्त भएको थियो । भन्सार प्रमुख मिश्रका अनुसार कूल राजस्वमध्ये ३ करोड ८५ लाख ६३ हजार ३३९ रुपैयाँको राजस्व दाखिला भइसकेको भए पनि १ करोड २५ लाख २१ हजार ६८५ रुपैयाँको लिलामीको निर्णय भए पनि राजस्व दाखिला गर्न बाँकी रहेको छ ।

जनकपुर भन्सार कार्यालयबाट भएको लिलामीमध्ये सुरेशले २०७६ सालमा दर्ता गरेको आफ्नो फर्म कृष्णा जनरल अर्डर सप्लायर्सको नाममा ९० लाख रुपैयाँको सामान लिलाम कबुल गरेका छन् । तर बाँकी लिलामी अरु नै सञ्चालक रहेको फर्मको नामबाट समेत सुरेशले कबुल गर्ने गरेको मिश्र बताउँछन् ।

भन्सार प्रमुख मिश्र

यसरी लिलाम कबुल गरेको सामानमध्ये आफ्नो किराना पसलमा चाहिने सामान उनले राख्ने र बाँकी अन्य सामान जनकपुरका अन्य पसललाई बिक्री गर्ने गरेको स्रोतले जनाएको छ । ‘सुरेशले मुख्य रूपमा आफू तस्करी गर्ने, अन्य तस्करका सामानबारे प्रहरीदेखि भन्सारका कर्मचारीसम्मलाई सुराक दिएर बरामद गर्न लगाउने र बरामद गरिएको सामान लिलामीका क्रममा आफैं किन्ने गर्छन्,’ भन्सारका एक कर्मचारीले भने, ‘जुन तस्करको सामान बरामद गरिएको हुन्छ, त्यही तस्करलाई फेरि लिलामीको सामान बिक्री गर्ने गर्छन् ।’ कतिपय सामानमा सुरेशले आफैं र आफ्ना भान्जा अनिलकुमार साहको नाममा सुराकी बापतको कमिसन पनि खाएको ती कर्मचारीले बताए । 

सुरेशले नयाँ फर्म दर्ता गर्ने र फर्मको नाममा २ वर्षसम्म कारोबार गरेपछि फर्मलाई निष्क्रिय पारेर नयाँ फर्म दर्ता गर्ने गरेको स्रोतले जनाएको छ । ‘जनकपुरका ठूला व्यापारीहरू प्रायःजसो भन्सार छलेर तस्करीको माध्यमले ल्याइने सामानहरू किन्ने गर्छन्,’ भन्सारका प्रमुख मिश्रले भने, ‘उसले अवैध तस्करीका सामान जनकपुरका व्यापारीलाई ल्याएर बेच्ने गरेका कारण पनि लिलामी हुँदा अन्य व्यापारीहरू आवेदन नै दिँदैनन् ।’ 

भन्सार प्रमुख सहितका कर्मचारीलाई सुरेशले लिलामी सामानबापत पनि कमिसन दिने गरेका कारण मिलेमतोमै लिलामी हुने गरेको एक व्यापारीले आरोप लगाए । ‘कुन सामान कहिले बरामद गर्‍यो वा के कस्तो लिलामी हुन्छ भन्ने कुरा आमजनता वा अन्य व्यापारीले थाहा नै पाउँदैनन् । लिलामीबारे पत्रपत्रिकामा वा अन्य सञ्चारमाध्यममा सूचना प्रकाशित भए पो सबैले थाहा पाउने हो,’ उनले भने, ‘कतिपय सूचना त भन्सार कार्यालयको सूचना पाटीमा समेत टासिएको हुँदैन ।’

यी आरोपलाई सुरेश भने अस्वीकार गर्छन् । ‘म तस्कर होइन, व्यापारी हो । धनुषाको जटही नाकामार्फत भन्सार बुझाएर भारतबाट सामान ल्याउने गरेको छु,’ सुरेशले लोकान्तरसँग भने, ‘लिलामीको सामान पनि भन्सारबाट किन्ने गर्छु । तर आफ्नो फर्मको नाममा मात्र किन्छु ।’ अरु फर्मको नाममा किनिएको सामान कानून अनुसार पनि आफ्नो नभएको अवस्थामा मैले किन्ने गरेको भन्ने कुराको अर्थ नै नरहेको उनले दाबी गरे ।
 
‘धनुषा, महोत्तरी, सिराहा र सर्लाही समेतको भन्सार कार्यालयमा हुने गरेको लिलामीको सामान किन्ने गरे पनि सबै सामान मैले नै किन्छु भन्ने कुरा सत्य होइन,’ उनले भने, ‘नियम अनुसार, कानून बमोजिम नै लिलामीको सामान किन्ने गरेको छु, भन्सार कार्यालय मेरो बपौती कार्यालय होइन की मैले नै सबै सामान किन्ने हो र मैले चाहे अनुसार नै सबै भन्सार अधिकृतले गरिदिने हो ।’

सवारीसाधनको लिलामी बारेको सूचना राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशित गर्नुपर्ने हुन्छ भने त्यस बाहेकका सामानको लिलामी भन्सार कार्यालयको सूचना पाटीमै टाँसेर गर्न सकिने भन्सार ऐन तथा नियमावलीमा समेत प्रावधान भएका कारण पत्रिका वा अन्य सञ्चारमाध्यममा सूचना प्रकाशन नगरिएको मिश्र बताउँछन् । लिलाम गरिने सामानको सूचना जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, नेपाल पत्रकार महासंघ, जनकपुर उद्योग वाणिज्य संघमा समेत पठाउने गरिएको छ । ती सूचना बमोजिम पहिलो पटक, दोस्रो पटक र तेस्रो पटकसम्ममा सूचना प्रकाशित भएपछि मात्र लिलाम हुने गरेको उनी आफैं स्वीकार गर्छन् ।

नेपाल पत्रकार महासंघ धनुषाका कोषाध्यक्ष अवधेश कामतले पहिलो पटक प्रकाशित भएको सूचना आए पनि दोस्रो वा तेस्रो पटक प्रकाशन गरिएको त्यही सूचना भने कहिल्यै नआएको बताउँछन् ।

मूल्यांकन गर्नका लागि मूल्यांकन समितिमा भन्सार प्रमुख मिश्र आफैं बस्ने गरेका हुन्छन् । जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रायःजसो नायव सुब्बा सुनिलकुमार झा, जनकपुर उद्योग वाणिज्य संघ धनुषाको तर्फबाट अध्यक्ष ललितकुमार साह वा महासचिव जितेन्द्र महासेठ उपस्थित हुने गर्छन् । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट समेत प्रतिनिधित्व हुनुपर्नेमा कार्यालयबाट प्रतिनिधि कहिल्यै नआएपछि गणपुरक संख्याको बहुमतको आधारमा लिलाम हुने वस्तुको मूल्यांकन घटाएर बिक्री गर्ने गरिएको मिश्र बताउँछन् । 

‘भन्सार ऐन तथा नियमावलीमा भएको प्रावधान तथा मापदण्ड अनुसार भन्सार प्रमुखले मूल्यांकन गरेर मूल्य घटाउने गर्नुहुन्छ,’ मूल्यांकन समितिमा जिल्ला प्रशासन कार्यालयको तर्फबाट प्रतिनिधित्व गर्ने झाले भने, ‘उहाँले तयार पारेको कागजातमा आफूले गएर सही मात्र गर्ने गरेको छु ।’ लिलामी कसरी हुन्छ, कसलाई ती सामान दिने गरिन्छ भन्ने कुरा आफूलाई थाहा नै नहुने उनले बताए । 

प्रायः जसो सामान तेस्रो पटकमा मूल्यांकन घटाएर नै लिलामी हुने गरेको भन्सार प्रमुख मिश्र स्वीकार गर्छन् । ‘सेटिङमा नै लिलामी गर्न चाहेको भए अन्तिममा जेजति मूल्य दिए पनि सिधा बिक्री गर्न सकिने वा बिक्री नै नभएको भनेर धुल्याउन पनि सकिन्थ्यो होला,’ मिश्रले भने, ‘प्रहरीले बुझाउने सामानको बजार भाउभन्दा बढी नै मूल्यांकन गरेर दिने गरेको कारण प्रतिवेदन मूल्यमा लिलाम सकार नगर्ने भए पछि दोस्रो तेस्रो पटक सूचना प्रकाशन गर्दै मूल्य घटाएर लिलाम गर्ने गरिएको छ ।’

बजारको प्रचलित मूल्यभन्दा कम मूल्य नै कायम गरेर भन्सारमा प्रतिवेदन मूल्य पठाउने गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रले बताए । ‘हामीले त बजारको प्रचलित मूल्यभन्दा कम नै मूल्यांकन गरेर दाखिला गर्ने गरेका हुन्छौं,’ डीएसपी मिश्रले भने, ‘तर खै किन हो किन जहिले पनि धेरै नै कम मूल्यांकन गरेर लिलामीको सामान दिने गरिएको कुरा हामीले पनि सुन्दै आएका छौं ।’ 

गत आर्थिक वर्षमा भन्सार छली, चोरीपैठारी अभियोगमा विभिन्न निकायबाट जनकपुर भन्सार कार्यालयमा ४४५ वटा मुद्दा दर्ता भएका थिए । ७ करोड १२ लाख ७५ हजार २०६ रुपैयाँको प्रतिवेदन मूल्य बराबरका सामान भन्सार कार्यालयमा दाखिला गरिएको थियो । जसमध्ये नेपाल प्रहरीले २ करोड ९८ लाख ४० हजार ११ रुपैयाँ, सशस्त्र प्रहरी भन्सार गस्ती टोलीबाट २१ लाख १९ हजार ८९४ रुपैयाँ, सशस्त्र प्रहरीको अन्य निकायबाट २ करोड २५ लाख ३० हजार ५५१ रुपैयाँ र भन्सार कार्यालयको कर्मचारी गस्तीबाट १ करोड ६७ लाख ८४ हजार ६५० रुपैयाँको मूल्यांकन सहितको सामान भन्सारमा दाखिला गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x