×

NMB BANK
NIC ASIA

संसारका सबभन्दा महंगा किताब

भदौ १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

किताबको मूल्यको महत्त्व त्यसलाई पढ्ने मानिसले मात्र बुझ्न सक्छन् । तर एउटा किताब कति महंगो हुन सक्छ भनी कसैले अन्दाज गर्न सक्दैन । यहाँ हामी तपाईं केही किताबका बारेमा बताउँदैछौं जसको मूल्य सुनेर तपाईंको दिमाग एकचोटि त चक्कर खान्छ ।

Muktinath Bank

यी किताबहरूको मूल्य यति धेरै छ कि कसैले पनि यिनलाई किन्न सक्दैन । हरेक वर्ष ब्लूम्स्बरी अक्सनमा मानिसहरूले विभिन्न किताबको लिलाम बढाबढमा बोली लगाउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

द कोडेक्स लिसेस्टर
लियानार्दो दा भिन्चीको यो पुस्तकको मूल्य करीब ३२१ करोड रुपैयाँ छ । दा भिन्चीको हस्तलिखित पाण्डुलिपिसहितको यो वैज्ञानिक जर्नल जम्मा ७२ पानाको छ । यस किताबलाई संसारका सबभन्दा धनी व्यक्ति बिल गेट्सले त्यति धेरै मूल्य तिरेर किनेका हुन् । 


Advertisment
Nabil box
Kumari

द गोस्पेल अफ हेनरी द लायन, अर्डर अफ सेन्ट बेनेडिक्ट
यसको मूल्य करीब १२० करोड रुपैयाँ छ । ईशाको १२औं शताब्दीमा रोमन संस्कृतिको यो धार्मिक पुस्तकलाई जर्मन सरकारले त्यति मूल्य तिरेर किनेको थियो । 

Vianet communication
Laxmi Bank

बर्ड्स अफ अमेरिका
जेम्स अडबनको यो पुस्तकको मूल्य लगभग ११६ करोड रुपैयाँ छ । सन् २०१० मा यसको दोस्रो संस्करण लन्डनमा लिलाम बिक्री भएको थियो र एक खरिददारले त्यति धेरै पैसामा यसलाई किनेका थिए ।

द क्यान्टरबरी टेल्स
जोफ्रे चोसरको यो पुस्तकको मूल्य लगभग ७७ करोड रुपैयाँ छ । सन् १९९८ मा लन्डनमा लिलाम बिक्री गरिएको यो पुस्तक त्यति मूल्यमा बिकेको थियो । 

फर्स्ट फोलियो
महान् नाटककार विलियम शेक्सपियर यो पुस्तक लगभग ६३ करोड रुपैयाँमा बिकेको थियो । सन् २००१ म न्युयोर्कमा भएको लिलामीमा माइक्रोसफ्टका सहसंस्थापक पल एलनले यसलाई त्यति मूल्य तिरेका थिए ।

गुटेनबर्ग बाइबल
लगभग लगभग ४९ करोड रुपैयाँमा यो किताब सन् १९८७ मा बिकेको थियो । संसारको पहिलो मुभेबल छापाखानाका जम्मा ४८ प्रति छापिएको यो पुस्तकको एक प्रति त्यति धेरै मूल्यमा किनिएको हो । 

लुइस डुहमेल डु मोनकाउ
पियरे एन्टोनीले लेखेको यो पुस्तक करीब ४८ करोड रुपैयाँमा बिकेको थियो । फल लाग्ने बोटहरूका बारेमा लेखिएको यो पुस्तकको पाँच खण्डहरू छन् । 

जियोग्राफिया कस्मोग्राफिया
क्लडियस टलेमीको यो किताब लगभग ४२ करोड रुपैयाँमा बिकेको थियो । संसारको सबभन्दा पहिलो छापिएको एटलस हो यो । लन्डनमा भएको लिलामीमा यसको त्यति धेरै मूल्य तिरिएको थियो ।

द टेल्स अफ बीडल द बार्ड
ह्यारी पोटर शृंखला लेखेर ख्याति कमाएकी जेके रोलिङको यो किताबको मूल्य करीब ४१ करोड छ । रोलिङले यो किताबको सात मूल प्रति बनाएकी थिइन् र हरेक प्रति तथा त्यसका रेखाचित्र आफ्नै हातले बनाएकी थिइन् । यसको ६ प्रति उनले आफ्ना साथी र सम्पादकहरूलाई बाँडिदिइन् भने एक प्रति चाहिँ उनले अमेजन डट्कममा लिलामी गर्न राखिन् । त्यहीँ यो पुस्तक त्यति धेरै मूल्यमा बिक्यो ।

द फर्स्ट बूक अफ युरिजेन
बेलायती कवि विलियम ब्लेकको यो पुस्तक करीब २७ करोड रुपैयाँमा बिक्यो । सन् १७९४ मा यसको जम्मा आठ प्रति तयार गरिएको थियो । सन् १९९९ मा किताब संग्रह गर्न मन पराउने एक व्यक्तिले यसलाई त्यति मूल्य हालेर किनेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x