×

NMB BANK
NIC ASIA

कांग्रेस सभापतिमा निधिको दाबेदारी : के भन्छन् मधेश क्षेत्रका केन्द्रीय नेताहरू ?

भदौ २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापति शेरबहादुर देउवासँगै संस्थागत समूहबाटै उपसभापति बिमलेन्द्र निधिले समेत भित्रभित्रै सभापति पदमा दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

Muktinath Bank

पौडेल समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, रामशरण महत, अर्जुन नरसिंह केसीसम्म आकांक्षी देखिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिटौला समूहबाट पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, गगन थापा लगायतको नाम चर्चामा छ ।


Advertisment
Nabil box
Kumari

२ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने निधिले सभापतिमा उम्मेदवारी दिने चर्चापछि पार्टीमा नयाँ तरंग उत्पन्न भएको छ । २ नम्बर प्रदेशका विभिन्न जिल्लाबाट केन्द्रीय कार्यसमितिमा रहेका नेताहरू निधिको उम्मेदवारीबारे के भन्छन् ? 

Vianet communication
Laxmi Bank

म पौडेल समूहको पक्षमा रहने छु : कोषाध्यक्ष सीतादेवी यादव

नेत्री सीतादेवी यादव पछिल्लो महाधिवेशनमा पौडेल समूहबाट कोषाध्यक्ष पदमा निर्वाचित भएकी हुन् । २ नम्बर प्रदेशको सिरहा जिल्लाबाट प्रतिनिधित्व गर्ने यादव अहिले प्रतिनिधि सभामा समानुपातिक सांसद छिन् ।

‘आगामी महाधिवेशनमा मैले यो पद पाउनु नै पर्छ भनेकी छैन । साथीहरू, नेताहरूले जे योग्य पद बुझेर उठ्न सल्लाह दिनुहुन्छ, त्यसै अनुसार मैले गर्नेछु,’ यादवले भनिन्, ‘संस्थापन पक्षबाट हालको उपसभापति बिमलेन्द्र निधि पनि सभापतिको दाबेदार हुनु स्वाभाविक हो । उहाँ उठनुभयो भने मैले शुभकामना दिनबाहेक केही भन्न सक्दिनँ, मैले त मेरो टीमको लागि प्रचारप्रसार गर्ने हो ।’

छुट्टै समूह बनाएर उम्मेदवारी दिनसक्छु : उमाकान्त चौधरी

पछिल्लो महाधिवेशनमा सिटौला समूहबाट कोषाध्यक्ष पदमा चुनाव लडेर पराजित भएका उमाकान्त चौधरीले आगामी महाधिवेशनमा कता जाने भन्ने निर्णय गरिसकेका छैनन् । बारा जिल्लाबाट प्रतिनिधित्व गर्ने चौधरी अहिले महाधिवेशन निर्धारित मितिमा सम्पन्न हुने कुनै सम्भावना नै नरहेको कारण आफूले कुनै पदको लागि उम्मेदवारी घोषणा नगरेको बताउँछन् । 

‘त्यतिबेला महाधिवेशनमा प्रतिस्पर्धा गर्नको लागि एउटा समूहमा लागेको थिएँ,’ चौधरीले भने, ‘तर अब त्यही समूहलाई विस्तार गरिन्छ वा नयाँ समूह बन्छ भन्ने कुरा समूहका साथीहरूसँग सल्लाह गरेर घोषणा गर्नेछु ।’ ३ पटक केन्द्रीय सदस्य, ३ पटक सांसद र २ पटक मन्त्री भइसकेको हुनाले कुनै न कुनै पदाधिकारीमा उम्मेदवारी हुने उनले बताए ।

निधिले सभापतिमा दाबेदारी गरिरहेको सन्दर्भमा उनले भने, ‘उहाँले अहिलेसम्म घोषणा गर्नुभएको छैन । देउवासँग सल्लाह गर्नुभएको छ । पहिले निधिजीले आफ्नो उम्मेदवारीलाई लिएर आफ्नो पोजिसन क्लियर गरेर आउनुपर्‍यो । त्यसपछि मात्र हामीले के गर्ने भन्ने कुरा आउँछ ।’ 

पौडेलसँगै निधिको दाबेदारी पनि अपरिहार्य : किरण यादव

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य किरण यादवले आसन्न महाधिवेशनमा उम्मेदवारी दिने आकांक्षा राखेकी छन् । रामचन्द्र पौडेल पक्षबाट केन्द्रीय सदस्य बनेकी यादव अहिले पनि सोही समूहमा छिन् । उनी पूर्व राष्ट्रपति डा. रामवरण यादवकी भतिजी तथा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धिनी पनि हुन् । सभापतिका लागि पौडेललाई नै आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार बनाइनुपर्ने उनको धारणा छ ।

पौडेलको लामो त्याग र तपस्या भएको, सभापतिमा यसअघि पराजित भएका तथा विगतमा पटक–पटक प्रधानमन्त्रीमा चुनाव लडेर समेत पराजित भएका कारण एक पटकको लागि भए पनि पौडेललाई नै सर्वसम्मत उम्मेदवार बनाइनुपर्ने उनी बताउँछिन् । ‘उहाँमा सर्वसम्मति नभए अन्य आकांक्षीहरू शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुन नरसिंह केसी, रामशरण महत दाइहरूमध्ये एक जना मात्र सर्वसम्मत उम्मेदवार हुनुपर्छ,’ उनले लोकान्तरसँग भनिन् ।

संस्थागत समूहका नेता निधिले सभापति उठ्ने भन्दै फोन गरेको बताउँदै नेत्री किरणले पौडेल समूहसँग सहकार्य गरेर सर्वसम्मत उम्मेदवार बन्न सुझाव दिइन् । ‘उहाँकै नेतृत्वमा सिंगो केन्द्रीय कार्यसमिति नै सर्वसम्मत ढंगले चयन गर्न सकिएको अवस्थामा मधेशमा गिरेको कांग्रेसको साख बढाउन मद्दत मिल्नुका साथै मधेशमा संगठन विस्तार गर्न समेत थप बल पुग्ने छ,’ उनले भनिन् ।

महाधिवेशनमा नयाँ–नयाँ टीमहरू बन्नसक्ने अवस्था भए पनि आफूले पौडेलको टीमबाट नै सहमहामन्त्री पदको उम्मेदवारको आकांक्षा राखेको प्रस्ट पारिन् ।

सबै उम्मेदवारमध्ये निधि नै योग्य दाबेदार : कल्याण गुरुङ 

महोत्तरीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य कल्याण गुरुङ पनि पौडेल समूहमा छन् । आगामी महाधिवेशनमा कुनै पदमा लड्ने आकांक्षा देखाएका गुरुङ भने परिस्थिति अनुसार पौडेल टीमबाट पनि आउन सक्ने वा आफ्नै छुट्टै समूह बनाएर पनि आउन सक्ने बताउँछन् ।

सभापतिमा निधिको दाबेदारीबारे उनले भने, ‘उहाँको उम्मेदवारी धेरै नै गम्भीर विषय हो । हल्का ढंगले टिप्पणी गर्न चाहन्न । उहाँको उम्मेदवारीले राजनीतिक वृत्तमा नै गम्भीर असर र प्रभाव पर्छ ।’

नेता गुरुङले निधिको खुलेर नै प्रशंसा गरे । अहिले चर्चामा रहेका बाँकी सबै सभापतिका उम्मेदवारमध्ये निधि सबैभन्दा योग्य उम्मेदवार रहेको उनले बताए । 

महाधिवेशनमा कूल ४ हजार ३०० जति प्रतिनिधि मतदाता हुनेछन् । २ नम्बर प्रदेशका कूल ८०० मतमध्ये ६००–७०० मतसम्म उनको पक्षमा जानसक्ने गुरुङले बताए । ‘चुनाव जित्नका लागि ५०% बढी मत हुनु आवश्यक छ । सभापतिमा अन्य उम्मेदवारहरू पनि हुने हुँदा अन्य प्रदेशबाट पनि कम्तिमा १२–१५ सयसम्म मत ल्याउनका लागि अन्य प्रदेशका नेताहरूसँग पनि सहकार्य गर्नुपर्छ,’ उनले भने ।

निधिलाई होइन, देउवालाई मतदान गर्छु : फर्मुल्लाह मंसूर 

बारा जिल्लाबाट प्रतिनिधित्व गर्ने संस्थापन समूहकै केन्द्रीय सदस्य फर्मुल्लाह मंसूरले आफू सभापतिमा निधिको पक्षमा नरहेर देउवाको पक्षमा रहेको बताए । सभापतिमा निधिको उम्मेदवारी स्वाभाविक भए पनि मत देउवा नै जाने उनी बताउँछन् । 

देउवा वा निधिमध्ये १ जना मात्र उम्मेदवार हुन्छन् : महेन्द्र यादव 

धनुषाबाट प्रतिनिधित्व गर्ने संस्थापन समूहकै केन्द्रीय सदस्य महेन्द्र यादव भने देउवा वा निधिमध्ये १ जना मात्र उम्मेदवार हुने बताउँछन् । ‘अहिले पनि उहाँहरू दुवै जना अलग–अलग हुनु भएको छैन, २ फरक शरीर भए पनि एकै व्यक्ति भने पनि हुन्छ,’ उनले लोकान्तरसँग भने, ‘अहिले दुवै जनाले सभापतिमा दाबेदारी गर्नु स्वाभाविक भए पनि हाम्रो समूहमा देउवा र निधिको समर्थन र सहमतिमा नै १ जना मात्र उम्मेदवार बन्नुहुन्छ ।’ 

कोरोना संक्रमणका कारण निर्धारित समयमा महाधिवेशन हुन नसक्ने तथा कम्तिमा पनि ६ महिना पर धकेलिएर सबै तालिका हेरफेर हुने उनले आकलन गरे । ‘आगामी महाधिवेशनमा कूल ८ वटा सहमहामन्त्री पदको लागि उम्मेदवारी हुन्छ,’ उनले भने, ‘मधेशी कोटाबाट आफू पनि सहमहामन्त्री पदको लागि उम्मेदवार हुने आकांक्षा राखेको छु । तर घोषणा भने गरेको छैन ।’

विगतमा तरुण दलको राष्ट्रिय अध्यक्ष भएर देशका ७७ वटै जिल्लाका साथीहरूसँग नेटवर्क रहेको, २ पटक सांसद र १ पटक मन्त्री समेत बनिसकेको हुनाले आफूले मधेशी कोटाबाट सहमहामन्त्रीको दाबेदारी राखेको उनले बताए ।

निधिको दाबेदारी स्वाभाविक : रामकृष्ण यादव

धनुषाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य रामकृष्ण यादव पौडेल समूहका नेता हुन् । २ पटक सांसद बनिसकेका यादव बिगतमा सार्वजनिक लेखा समितिको सभापति तथा एक पटक कृषिमन्त्री समेत भइसकेका हुन् । उनी पनि आगामी महाधिवेशनमा पौडेल समूहबाट मधेशी कोटामा सहमहामन्त्री पदको लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

आफ्नै गृहजिल्लाबाट संस्थापन समूहबाट सभापतिमा पनि निधिको दाबेदारी स्वाभाविक नै रहेको उनी बताउँछन् । ‘मधेशको मुद्दालाई कसरी सम्बोधन गराउने, आगामी निर्वाचनमा देश र प्रदेशमा कांग्रेसको सरकार कसरी बनाउने, संविधान कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा उहाँले कस्तो खाका ल्याउनुहुन्छ अनि मात्रै खुलेर कुरा गर्नेछु,’ उनले भने ।

गृहजिल्लाको नाताले पनि निधिको साथ दिनैपर्छ : आनन्द ढुंगाना 

धनुषाबाट प्रतिनिधित्व गर्ने आनन्द ढुंगाना पौडेल समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । तर उनी अहिले पौडेल समूहलाई छाडेर संस्थापन समूहमा आएका छन् । पटक–पटक सांसद र मन्त्री समेत भइसकेका ढुंगानाले पदाधिकारीभन्दा पनि केन्द्रीय सदस्यमा उठ्न इच्छुक रहेको बताए ।

संस्थापन पक्षमा देउवा र निधि दुवैले दाबेदारी गरिरहेको बेला निधिको दाबेदारी पनि जायज रहेको उनी बताउँछन् । ‘उमेरका कारणले देउवा र पौडेल दुवैले नेतृत्व छाड्नुपर्छ भन्ने सोचका साथ उहाँले आफूलाई सर्वसम्मत उम्मेदवारको रूपमा प्रस्तुत गर्न भनेर देउवालाई भन्नुभएको हो,’ ढुंगानाले भने, ‘दुवै जनाबीच टकरावको स्थिति नै भने छैन, कुनै न कुनै ट्रयाकमा लगेर व्यवस्थापन गर्ने कोसिसमा हामी लागेका छौं ।’ दुवैले छुट्टाछुट्टै उम्मेदवारी दिए आफू गृहजिल्लाको नाताले निधिको पक्षमा नै जाने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x