असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
हामी वर्षौंदेखि बडो सानका साथ भन्दै आएका छौं कि नेपाल कृषि प्रधान देश हो । तर वास्तविकता के छ भने कृषिको अतिआवश्यक सामग्री (जुन उत्पादन वृद्धिको लागि आवश्यक छ) मा पनि हामी स्वाबलम्बी छैनौं ।
उन्नत बीउ होस् वा रासायनिक मल वा भरपर्दो सिँचाइ व्यवस्थापन सबैतिर हामी मागको तुलनामा धेरै पछि छौं । यही कारण होला हाम्रो कृषि क्षेत्रका मुख्य बालीको उत्पादन र उत्पादकत्व यस क्षेत्रको उत्पादन र उत्पादकत्व क्षमताभन्दा निकै कम छ ।
प्रकृतिले हामीलाई राम्रो माटो र हावापानी दिएको छ । तर उन्नत बीउ, मल र भरपर्दो सिँचाइ प्रणालीको अभाव वर्षौंदेखि हाम्रा कृषक र कृषि क्षेत्रले व्यहोर्दै आएको छ । यसैको परिणाम स्वरूप जुन कृषि क्षेत्रमा ( मुख्य अन्न बालीको उत्पादनमा) हामी पूर्ण रूपले स्वाबलम्बी थियौं, विगत ४–५ वर्षको तथ्यांक मात्रै हेर्ने हो भने प्रत्येक वर्ष ४०–४५ अर्ब रुपैयाँ बराबरको अन्नबाली आयात गरिरहेका छौं । कूल कृषि क्षेत्रको आयात १०० अर्बभन्दा पनि नाघिसकेको छ । ८० को दशकको मध्यसम्म त हामी धान निर्यात गर्ने देश भएको कुरा सबैलाई जानकारी भएकै कुरा हो । तर विगतका ४ दशकमा जुन गतिले जनसंख्या वृद्धि भयो, सोही अनुपातमा उत्पादन वृद्धिको लागि व्यावसायिक र आधुनिक कृषि प्रणाली अवलम्बन गर्नुपर्नेमा हामी चुकेका छौं ।
विगतका दिनमा अर्थात् पछिल्लो ५–१० वर्षमा उन्नत बिउमा आत्मनिर्भरताको लागि विभिन्न कार्यक्रम पहिलेका केन्द्र सरकारले र हालका तीनै तहका सरकारले आ–आफ्नो हिसाबले अगाडि बढाएका छन् र आशा गरौं ५–१० वर्षमा हामी उन्नत बिउको उत्पादनमा स्वाबलम्बी हुनेछौं ।
सिँचाइ पनि एकतिहाइभन्दा बढी जग्गामा उपलब्ध छैन । अझै मनसुनको भरमा खेती गरिन्छ । जुन वर्ष मनसुन अनुकूल हुँदैन, त्यस वर्ष उत्पादनमा निकै ह्रास हुने गर्दछ । जलवायु परिवर्तनको असर मनसुनमा पनि प्रतिकूल रूपमै परेको देखिन्छ । यसको असर न्यून गर्न भरपर्दो सिँचाइको टड्कारो आवश्यकता छ ।
अर्को महत्त्वपूर्ण कृषि सामग्री रासायनिक मल हो । जसले उत्पादन वृद्धिमा उल्लेखनीय सहयोग गर्दछ । यसको महत्त्वलाई बुझेर नै सरकारले प्रत्येक वर्ष १० औं अर्ब रुपैयाँ मल अनुदानको रूपमा दिने गर्दछ । तर दूर्भाग्य, हरेक वर्ष रासायनिक मल चाहिएको समय, ठाउँ र मात्रामा पुर्याउन सरकार असमर्थ देखिएको छ । यस वर्ष त झन् ठेक्का लिएको कम्पनीले मल आयात गरेर न ल्याउँदा किसान बिचल्लीमा परेका छन् । सम्बन्धित ठेकेदारलाई कानूनी कारवाही पनि होला । तर यसबाट कोरोनाकालमा किसानलाई मात्रै मर्का पर्दैन । अन्ततः राष्ट्रिय घरेलुु उत्पादमै यसको प्रतिकूल असर पुग्नेमा कुनै दुईमत नहोला ।
मल मागको अपेक्षामा हाम्रो आफ्नो देशमा उत्पादन हुन सक्ने जैविक र कम्पोस्ट मल साह्रै नै थोरै हुन्छ । व्यावसायिक रूपमा खेती र अधिकतम उत्पादनको लागि रासायनिक मल जस्तो डीएपी, युरियाको त सबैभन्दा बढी माग कृषकको तर्फबाट हुन्छ । जब मूल्य तिरेर भए पनि रासायनिक मल बजार र सरकारी प्रतिष्ठानबाट उपलब्ध हुँदैन, त्यसपछि कृषकहरू घोर निराश हुन्छन् । हाम्रो उत्पादन र उत्पादकत्व घटेर जान्छ । तसर्थ रासायनिक मलको आपूर्ति समयमा माग अनुसार गर्नुबाहेक अरु हामीसँग विकल्प छैन । यसका लागि हामीलाई अहिले आएर सबैभन्दा बढी खड्किने कुरा आफ्नै देशमा रासायनिक मलको कारखाना नहुनु नै हो ।
अब यक्ष प्रश्न यो छ कि रासायनिक मलको कारखाना हामी हाम्रै देशमा खोलेर उत्पादन शुरू किन नगर्ने ? तर यस विषयमा हामी चाहिँदो संवेनशील हुन सकेका छैनौं । २ दशकदेखि विभिन्न अध्ययन र डीपीआर तयार भएर सबै केही न केही कारण देखाइ थन्किए । कहिले उत्पादनको लागि बिजुली नपुग हुने कारण देखाइन्छ भने कहिले ग्यास र कोइला आयात गरेर बनाउँदा फिजिबल नहुने कुरा गरिन्छ ।
विपद र संकटको बेला क्षणिक बैराग्यझै फेरि ठूल्ठूल्ला कुरा हुन्छन् । तर एक पटक समस्या टरेर गए पछि फेरि पुनः त्यस्तो संकट नआउञ्जेल त्यसबारे गम्भीर योजना बनाई त्यसलाई एउटा कार्यान्वयन स्तरसम्म जाने अठोटको कमी सम्बद्ध सबै पक्षबाट देखिँदै आएको छ । सरकारीतन्त्रलाई मात्र दोष दिएर हुँदैन, कृषि क्षेत्रसँग सम्बद्ध सहकारी संघसंस्थाहरू पनि ठोस योजनासहित सरकारसँग आफ्नो भागिदारी समेत निश्चित गरेर आउनुपर्ने थियो । तर दूर्भाग्य संघसंस्था पनि आफ्नो तर्फबाट गम्भीर पहल गर्न चुकेका छन् । हाम्रो छिमेकी देश भारतमा विस्कोमान (सहकारी संघ) रासायनिक मलको उत्पादनमा अगाडि छ भने दुग्धजन्य उत्पादमा गुजरातको आनन्दमा भएको अमूल कम्पनीलाई एउटा उत्कृष्ट उदाहरणको रूपमा हामीले लिन सक्दछौं ।
लगानी बोर्डको स्थापना भएको पनि निकै दिन भइसकेको छ । लगानी बोर्डले सम्बन्धित पक्षसँग कुराकानी गरेर रासायनिक मलको कारखाना निर्माणको योजना अगाडि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।
योजना (रासायनिक मल कारखाना) निर्माणको चरणमा गएर मल उत्पादनको लागि बिजुलीको आवश्यकता पर्दासम्म (२०० मेगावाट अनुमानित) हामी हाम्रो घरेलु आवश्यकताभन्दा बढी उत्पादन गरिसक्ने सकारात्मक संकेतहरू छन् । बाहिर निर्यातको लागि त्यति राम्रो वातावरण बनी नसकेको अवस्था समेतलाई मध्यनजर गरी र यसमा ऊर्जा र परराष्ट्र मन्त्रालयसँग समेत समन्वय गरी गम्भीरतापूर्वक मल कारखाना निर्माणको कार्य अगाडि बढाउनुपर्ने हुन्छ । हामी पब्लिक प्राइभेट र कृषि सहकारीसँग समन्वय गरेर पनि अगाडी बढ्न सक्दछौं । कृषि मन्त्रालयले आफ्नो सर्वोच्च प्राथमिकतामा यसलाई राख्नुपर्ने हुन्छ । आवश्यक देखिएमा मन्त्रिपरिषद्भित्र एउटा कृषि ‘क्याबिनेट’ जस्तै कुनै मजबुत संरचनामार्फत यसको अनुगमन गर्नुपर्ने हुनसक्छ । तर एउटा निश्चित कुरा के छ भने हामीलाई रासायनिक मल चाहिएको छ । यसको ठूलो माग र बजार छ । यो देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको कृषि क्षेत्रसँग सम्बन्धित सबैभन्दा ठूलो समस्याको रूपमा देखिएकाले यसमा सम्बन्धित पक्षबाट अविलम्ब सार्थक पहल गर्नुपर्ने देखिन्छ ।
सरकारको यस वर्षको नीतिमा उल्लेख भए अनुसार आगामी १० वर्षभित्र समग्र उत्पादन दर (ग्रोथ रेट) दोहोरो अंकमा पुर्याउने र कृषि उत्पादन दोब्बर गर्ने कुरा रहेको छ, अहिलेको परिस्थितिमा यो लक्ष्य प्राप्त हुन्छ भन्नु दिवास्वप्नबाहेक अरु के नै हुन सक्दछ र ? उत्पादन दर दोहोरो अंकमा पुर्याउन कृषि क्षेत्रको उत्पादन बर्सेनि ६ % को हाराहारीमा हुनुपर्छ । जबकि विगतको २ दशकको कृषि क्षेत्रको सरदर उत्पादन वृद्धिदर ४% भन्दा पनि घटिरहेको छ ।
तर माथि भनिएजस्तो यदि हामी कृषकको माग अनुसार बढी उत्पादन दिन सक्ने र उन्नत बिउबिजन, भरपर्दो सिँचाइ व्यवस्थापनको साथसाथै अग्र्यानिकर जैविक मलका साथै आधुनिक प्रविधिबाट रासायनिक मलको उत्पादन, बजारीकरण र वितरण आफ्नै देशमा सोको उत्पादन गर्न सक्यौं भने लक्ष्यको प्राप्ति हाम्रो लागि सहज नै हुन गई देश समृद्धितिर बढ्छ । वैदेशिक रोजगारमा जाने ऊर्जावान मानव स्रोत देशमै आफ्नो सुनौलो भविष्य देख्छन् र कृषि पेशाप्रति आकर्षित हुन्छन् । अन्ततः सबै नेपाली सुखी हुन्छन् ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...