×

NMB BANK
NIC ASIA

आइसोलेसनको खर्चमा गडबडी : निःशुल्क खाना खुवाएको प्रचार गर्ने संस्थालाई पनि भुक्तानी !

भदौ २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा कोरोना संक्रमित बिरामीको उपचारमा प्रति बिरामी ५२ हजार रुपैयाँभन्दा बढी रकम खर्च भएको छ । 

Muktinath Bank

अहिले धेरैजसो कोरोना संक्रमितहरू आफ्नै घरमा निजी चिकित्सकको परामर्शमा होम आइसोलेसनमा बसिरहेको अवस्थामा प्रादेशिक अस्पतालमा भने प्रतिबिरामी ५२ हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरले सञ्चालन गरेको लेभल २ रेफरल कोभिड आइसोलेसन अस्पतालमा गत आर्थिक वर्षमा १ करोड ३८ लाख रुपैयाँ खर्च भएको छ ।


Advertisment
Nabil box
Kumari

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जामुनप्रसाद सिंहले लोकान्तरलाई  गराएको जानकारीअनुसार अनुसार गत चैत्र १५ गतेदेखि शुरू भएको उक्त आइसोलेसनमा कोभिड शीर्षकअन्तर्गत उक्त रकम खर्च भएको छ । 

Vianet communication
Laxmi Bank

प्रदेश सरकारले ५ करोड एकपटक, आइसोलेसनका बिरामीहरूको खाना खाजाका लागि एकपटक २० लाख र दोस्रोपटक १२ लाख गरी कुल ५ करोड ३२ लाख रुपैयाँ निकासा गरेकोमा गत आर्थिक वर्षको असार महिनासम्म कुल १ करोड ३८ लाख रुपैयाँ खर्च गरेको सिंहले बताए ।

३ करोड ९४ लाख रुपैयाँ हालसम्म पनि खातामा नै रहेको तथा उक्त रकमबाट चालू आर्थिक वर्षको साउन र भदौ महिनाको खर्चको भुक्तानी गरिने उनले बताए । 

असार ३१ गतेसम्म उक्त लेभल– २ को आइसोलेसनमा १५२ जना कोरोना संक्रमित भएका बिरामीहरूको उपचार भएको तथ्यांक समेत उनले दिएका छन् ।

आइसोलेसन निर्माणका लागि भौतिक पूर्वाधार निर्माण तथा एम्बुलेन्स र शवबाहन खरिदसहित गरिएको ५२ लाख रुपैयाँ जति खर्च घटाउँदा संक्रमितको उपचारदेखि खाना, खाजा, चिकित्सकको तलबभत्ता सहितमा ८० लाख रुपैयाँ असार महिनासम्म खर्च भएको छ । त्यस हिसाबले कुल १५२ जना संक्रमितको उपचारमा प्रतिव्यक्ति ५२ हजार ६३१ रुपैयाँ राज्यको खर्च भएको छ । 

डिस्चार्ज हुने क्रममा बिरामी

यस्तो छ खर्चको विवरण  

शुरूमा संक्रमितहरूको खाना तथा खाजा प्रादेशिक अस्पतालले आफैं बेहोरेको भएपनि पछिबाट सानोपाइला नामक गैर सरकारी संस्थाले खानाखाजा खुवाएको थियो ।

उक्त संस्थाले नि:शुल्क खानाखाजा खुवाएको प्रचार गरिए पनि सो अवधिमा दुईछाक खाना र दुईछाक खाजा समेत गरेर कुल ५ सय ६ रुपैयाँमा प्रति बिरामी खाना तथा खाजा खुवाएको उक्त संस्थालाई गत आर्थिक वर्षसम्ममा २ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

सानो पाइलाका सञ्चालक कञ्चन झाले शुरूमा नि:शुल्क खाना खुवाइए पनि फण्ड सकिएपछि स:शुल्क खुवाएको स्वीकारे ।

'हामीले १५ दिन खाना नि:शुल्क नै खुवाएका थियौं, फन्ड सकिएपछि हामीले खाना दिन सकेनौं । १५ दिन पछि प्रदेश सरकारले नै तपाईंहरूको खानाको व्यवस्थापन र खानामा दिइने कुराहरू पनि राम्रै भएको भनेपछि प्रदेश सरकारको आग्रहमा सम्झौता गरेर सशुल्क खुवाएको त हो तर त्यसमा नाफा भने लिएका छैनौं,' उनले भने ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई विभिन्न होटलमा क्वारेन्टीनमा राखिएको थियो । दुई छाक खाना, दुई छाक खाजा र दिनमा दुईवटा मिनरल वाटर समेतको प्रतिव्यक्ति ७२० रुपैयाँका दरले जनकपुरको अन्नपूर्ण होटलमा क्वारेन्टीनका लागि राखिएको थियो । एउटा कोठामा दुईवटा बेड सहितको एसी र नन एसी समेत कोठाको सरदर ११ सय रुपैयाँ प्रति कोठा खर्च गरिएको छ । ​

क्वारेन्टीनका लागि गरिएको टेन्डरमा सबैभन्दा कम दर भाउ उक्त होटलले नै प्रस्ताव गरेका कारण उक्त होटल छनौट गरिएको थियो । प्याकेजमा प्रति व्यक्ति १२ सय ७० रुपैयाँ उक्त होटलले प्रस्ताव गरेको थियो भने अन्य होटलले ४ हजारभन्दा बढी नै प्रस्ताव गरेको आइसोलेसन संयोजक समेत रहेका डा. सिंहले बताए । जेठदेखि उक्त होटलमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू बस्न थालेका भए पनि शुरूमा ७ जना तथा पछि ११२ जनासम्म होटलमा बसेको उनले बताए ।

पछि उक्त होटलमा कोठा अभाव हुन थालेपछि सोही दरमा रामजानकी होटल तथा क्राउन प्लाजा होटलमा समेत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू क्वारेन्टीनमा बसेका थिए । उक्त तीनवटै होटललाई कति भुक्तानी गरियो भन्ने खर्च उनले बताएनन् । तर, होटल तथा संक्रमित बिरामी समेतको खाना र खाजा, बास समेतमा असारसम्म कुल ४४ लाख रुपैयाँ खर्च भएको उनले बताए । 

शवबाहन र एम्बुलेन्स खरिदका लागि ३१ लाख रुपैयाँ खर्च गरिएको छ । उक्त टाटा कम्पनीको दुवै सवारी साधन खरिदका लागि स्वास्थ्य मन्त्रालयसँग भन्सार छुटको प्रक्रिया पूरा गरेर टेन्डर समेत भइसकेकाले आगामी एक साता भित्रमा आइसक्ने उनले बताए । 

व्यापक अनियमितता

सर्जिकल उपकरण खरिदका नाममा बढी अनियमितता भएको छ । ‘धेरैजसो उपकरण तथा सामग्रीहरू जस्तै पीपीई, सर्जिकल मास्क, ग्लोभ्स जस्ता सामानहरू प्रदेश सरकार तथा अन्य सहयोगी संस्था तथा व्यक्तिहरूले पनि सहयोग स्वरूप निःशुल्क उपलब्ध गराएका छन्,’ अस्पतालको कोभिडमा काम गरिरहेका एक जना चिकित्सकले लोकान्तरसँग भने, ‘त्यसको त हिसाबकिताब नै छैन, तर खरिद गरिएका सामग्रीहरू पनि वास्तविक मूल्यभन्दा बढी रकममा खरिद गरेको भनेर भुक्तानी गरिएको छ ।’

सर्जिकल उपकरण खरिदमा ३७ लाख रुपैयाँ, खपत हुने कन्ज्युमेबुलसमा ४ लाख ७६ हजार रुपैयाँ, सरसफाइ सामग्री खरिदमा ३ लाख २ हजार ५०० रुपैयाँ खर्च भएको छ । के कति परिमाण, तथा कुन दरले ती सामग्रीहरू खरिद गरिएको भन्ने विस्तृत खर्च विवरण भने सिंहले उपलब्ध गराएनन् ।

‘कोरोना महामारी शुरू भएको बेला चैत्र महिनामा ती सामानहरूको नेपाली बजारमा निकै अभाव भएका कारण त्यसबेला महंगो दरमा खरिद हुनु स्वाभाविक नै हो,’ सिंहले भने, ‘जुन एन ९५ मास्क अहिले बजारमा १ सय रुपैयाँमा पनि पाइन्छ त्यति बेला ६ सय रुपैयाँमा पनि उपलब्ध थिएन  ।’

त्यतिबेलाको के कुरा, जनकपुरको बजारमा केही समय अघिसम्म ४०० रुपैयाँमा १०० वटा सर्जिकल ग्लोब्स पाइन्थ्यो तर अहिले त्यही ग्लोब्स १२ सय रुपैयाँमा पर्ने गरेको तर्क राख्दै बजारमा ती सामग्रीहरूको मूल्य हेरफेर हुने गरेका कारण कम मूल्य पर्ने सामान बढी मूल्यमा किनेर भ्रष्टाचार गरिएको भनेर आरोप लगाउन नमिल्ने उनले बताए । 

बिजुली बिलमा ५ लाख ८१ हजार रुपैयाँ, सेनिटेसनमा १० लाख रुपैयाँ खर्च गरिएको छ । सीसीटिभी क्यामेराको मोनिटरसहित दुई ठाउँमा जडान गर्दा ४ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । शुरूमा प्रादेशिक अस्पतालको अत्यावश्यक कक्षको माथिल्लो तल्लामा नै आइसोलेसन सञ्चालन गरिएको थियो । पछि अस्पताल परिसरभन्दा बाहिर नर्सिङ क्याम्पसको भवनमा आइसोलेसन सञ्चालन गरिएकाले दुवै ठाउँमा सिसिटिभी क्यामेरा जडान भएको थियो ।

अक्सिजन सिलिन्डर खरिदमा ९ लाख १९ हजार रुपैयाँ खर्च गरिएको छ । 

आइसोलेसन मर्मत सम्भारमा समेत अनियमितता भएको अस्पतालका एक जना चिकत्सकले आरोप लगाए । ‘पहिलेदेखि भवन छँदै थियो, तर केही मर्मत गर्ने नाममा आफू निकटका ठेकेदारलाई तत्कालीन मेसु डा. नागेन्द्रप्रसाद यादवले विना टेण्डर नै सिधा काम दिएर बढी बिल बनाउन लगाएर भुक्तानी गरिएको छ,’ ती कर्मचारीले भने ।

नर्सिङ भवनमा आइसोलेसन सञ्चालन गर्नका लागि मर्मत सम्भारमा नै १० लाख रुपैयाँ र रंग रोगनमा २ हजार ६८० रुपैयाँ खर्च गरिएको छ । आइसोलेसन भवन निर्माण तथा मर्मतका लागि  टेन्डर नै नगरी खर्च गरिएको थियो । ‘विशेष परिस्थितिमा छिटोभन्दा छिटो आइसोलेसन भवन बनाउनुपर्ने भएकाले टेन्डर नै नगरी काम गराइएको थियो,’ सिंहले भने, ‘विभिन्न पार्टेसन लगाउनेदेखि ५२ वटा नयाँ झ्याल नै लगाउनुपरेकाले त्यति खर्च हुनु स्वाभाविक नै हो ।’

तलब भत्तामा ३५ लाख 

असारसम्म कोभिडमा काम गर्ने चिकत्सकदेखि स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा कार्यालय सहयोगीसम्मको तलब भत्तामा ३५ लाख रुपैयाँ खर्च भएको छ । चैत्र ११ गते देखि असार ३१ गते सम्म कुल ११४ दिनको विशेष प्रोत्साहन भत्ता दिइएको छ । कोभिडमा काम गर्नका लागि नयाँ भर्ना गरिएकादेखि अस्पतालमा कार्यरत रहेका कुल १०८ जना कर्मचारीलाई विशेष जोखिम प्रोत्साहन भत्ता दिइएको अस्पतालका लेखा अधिकृत रामविनय रायले बताए ।
नियुक्त भएका कर्मचारीहरूलाई शुरूमा आइसोलेसनमा परिचालन गरिएको र पछि मात्र कोभिडको आइसोलेसनमा खटाइएको सिंहले बताए ।

उनका अनुसार तलबको शतप्रतिशत भत्ता पाउने कुल ४८ जना कर्मचारी मात्र छन् । ४८ जना मात्र कोभिडको आइसोलेसनमा खटेका थिए बाँकी कर्मचारीहरू अन्य क्षेत्रमा खटेका कारण तलबको ७५ प्रतिशत र ५० प्रतिशत भत्ता पाएका छन् ।  

कोभिडमा प्रत्यक्ष काम गर्नेलाई चिकित्सक, नर्स, स्वीपर, कार्यालय सहयोगीसम्मको तलबको शतप्रतिशत, जेनरल अस्पतालमा पनि कोरोनाबाहेक अन्य जेनरल बिरामीसँग समेत सम्पर्कमा आउने प्राविधिक कर्मचारीदेखि नर्स, इलेक्ट्रिसियन, प्लम्बर, चिकित्सक सहित स्वास्थ्यकर्मीलाई तलबको ७५ प्रतिशत र गैर प्राविधिक तथा प्रशासनसम्मका कर्मचारीलाई तलबको ५० प्रतिशत भत्ता दिइएको छ । 

उक्त सबै खर्च प्रादेशिक अस्पतालको आइसोलेसनको मात्र हो । 

धनुषामा कुल तीन ठाउँमा आइसोलेसन सञ्चालित छन् । ४८ शय्याको प्रादेशिक अस्पतालको आइसोलेसनबाहेक धनुषाको लक्ष्मीनिया गाउँपालिकाको सपहीमा र नगराईन नगरपालिकाको गंगुलीमा पनि आइसोएलसन सञ्चालित छन् ।

गत जेठ १७ गतेदेखि सपहीमा १ सय शय्याको आइसोलेसन सञ्चालन भएकोमा भदौ २५ गतेसम्म कुल ७३८ जना संक्रमितहरूको उपचार भएको छ । त्यसैगरी असार १९ गते देखि गंगुलीमा सञ्चालन भएको आइसोलेसनमा २३९ जना संक्रमितको उपचार भएको छ । 

सपही र गंगुलीमा लक्षण नदेखिएका संक्रमितलाई राख्ने गरिएको छ । ती दुवै आइसोलेसनमा प्रादेशिक अस्पतालको मातहतमा रहेका स्वास्थ्यकर्मीले बिरामीहरूको रेखदेख गर्ने गरेको भएपनि त्यसमा हुने खर्च भने प्रदेश २ को सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले गर्ने गरेको छ । भदौ २५ गतेसम्मको तथ्यांकअनुसार प्रादेशिक अस्पतालको रेफरल आइसोलेसनमा कुल २३३ जनाको उपचार भएको छ ।

धनुषामा कुल १ हजार २१० जना संक्रमितहरू भर्ना भएकोमा गंगुली बाट ५ जना र सपहीबाट २ जना रेफर भएर आएको डा. सिंहले बताए ।

भदौ २५ गतेसम्म धनुषामा कुल १७ जना कोरोना संक्रमित बिरामीहरूको मृत्यु भएको छ, जसमध्ये ३ जना संक्रमितको आइसोलेसनमा भर्ना भएको अवस्थामा मृत्यु भएको छ भने १४ जनाको मृत्यु भइसकेपछि कोरोना परीक्षण गर्दा पोजेटिभ आएको उनले बताए ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x