×

NMB BANK
NIC ASIA

असोज १ मा नखुले पनि लामोदूरीका बस चलाएरै छाड्ने चेतावनी, सरकार भन्छ– ‘जबरजस्ती गरे कारवाही’

भदौ २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण रोक्न भन्दै सरकारले २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) जारी गरेको थियो ।

Muktinath Bank

२०७७ साउन ७ गतेदेखि केही खुकुलो बनेको लकडाउन भदौको पहिलो सातासम्म आइपुग्दा राजधानी काठमाडौं उपत्यकासहित करीब ५० जिल्लामा पूर्ण वा आंशिक निषेधाज्ञाका रूपमा फर्कियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले पनि देशका कतिपय जिल्लामा निषेधाज्ञा छ भने कतिपय जिल्लामा केही     खुकुलो छ । विगत ६ महिनादेखिको बन्दले गर्दा ज्याला मजदुरी गरेर खाने धेरैजसो मजदुरहरू प्रत्यक्ष मारमा परे ।  


Advertisment
Nabil box
Kumari

यस्तै मध्येको एउटा क्षेत्र हो यातायात । ज्याला मजदुर सबैभन्दा धेरै भएको क्षेत्रको रूपमा यातायात क्षेत्रलाई लिइन्छ र नेपालीहरूको सबैभन्दा धेरै लगानी भएको क्षेत्रको रूपमा पनि लिइन्छ ।

Vianet communication
Laxmi Bank

कोरोनाभाइरसका कारणले सबैभन्दा धेरै असर पारेको क्षेत्र पनि यो नै हो । कोरोनाभाइरसका कारणले यस क्षेत्रका मजदुरहरू पलायन भएका छन् । 

सरकारले पछिल्लोपटक असोज १ को भाखा राखे पनि चल्न पाउने नपाउने निश्चित छैन । यस्ता भाखा पटक–पटक सरिसकेका छन् ।

काठमाडौंदेखि भैरहवासम्मको मिनीबस चालाउँदै आएका श्याम (नाम परिवर्तन) ड्राइभर अहिले नेपालटारको एक मासु पसलमा कामदार भएर मासु काट्दै आएका छन् । 

कोरोनाभाइरसका कारण गाडी ग्यारेजमा थन्किएपछि उनको कमाइ पनि बन्द भयो । २ छोराछोरी भएका श्यामले पहिले कमाइएको पैसाले ४ महिना त जसोतसो गुजारा गरे, त्यसपछि परिवारलाई खुवाउने चामल पनि नभएपछि मासु पसलमा काम गर्न थालेको उनी बताउँछन् ।

‘अलिकति बचत पनि सकियो, अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले मासु पसलमा काम गर्न थालेको हुँ,’ उनले लोकान्तरसँग भने, ‘परिवारलाई भोकै मार्न त भएन !’

कोरोना कारणले सार्वजनिक यातायात बन्द भएपछि धेरै मजदुरको रोजीरोटी गुमेको छ ।

अर्कातर्फ निजी सवारी साधनले चर्को भाडा लिएर मानिसहरू ओसारपसार गर्ने गरेकाले यातायात व्यवसायीहरू जबरजस्ती भएपनि सार्वजनिक यातायात चलाउने तयारीमा जुटेका छन् । 

६ महिनाको बन्दका कारण यस क्षेत्रमा भएका मजदुर भोकभोकै मर्ने अवस्था आएकाले आफूहरूले जबरजस्ती भए पनि लामो दुरीका सवारी साधन चलाउन लागेको यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए । 

‘हाम्रा मजदुर साथीहरू भोकै मर्ने अवस्था आएको छ, अब पनि लामो दुरीका सवारी साधन चलाउन नदिए आगामी असोज १ गतेबाट जबरजस्ती भएपनि चलाउने तयारीमा छौं,’ अध्यक्ष कर्माचार्यले लोकान्तरसँग भने ।


लामो समय हुँदासम्म पनि सबैभन्दा धेरै मजदुर रहेको यातायात क्षेत्रलाई सरकारले कुनै सम्बोधन नगर्दा यस क्षेत्रका मजदुरहरूको अवस्था कमजोर भएकाले आगामी असोजबाट लामो दुरीका सवारी साधनहरू चलाउन लागेको कर्माचार्यले बताए ।

यदि सरकारले यस क्षेत्रका मजदुरहरूलाई राहत र सवारी धनीहरूको बैंक ब्याज सरकारले मिनाहा गरिदिएको खण्डमा आफूहरूले सवारी नचलाउने अध्यक्ष कर्माचार्यको भनाइ छ ।

अन्य क्षेत्र कुनै न कुनै रूपमा खुलाइसक्दा पनि यातायात क्षेत्रलाई सरकारले उपेक्षा गरेको छ । स्वास्थ्य सावधानीका उपाय अपनाएर लामोदुरीका सवारी साधन चलाउन दिन अनुरोध गर्दा पनि सरकारले बेवास्ता गरेकाले आफूहरूले जबरजस्ती सवारी साधन चलाउन खोजेको अध्यक्ष कर्माचार्यको भनाइ छ । 

यस्तै निजी सवारी साधनहरूलाई मानिस बोक्न दिने तर सार्वजनिक यातायातलाई बेवास्ता गरेका कारणले आफूहरूले गाडी चलाउन लागेको पश्चिम नेपाल बस व्यवसायी प्रा. लि.का अध्यक्ष ददिराम खरेलले बताए ।

‘निजी सवारी साधनले निर्वाधरूपमा प्यासेन्जर ओसारेका छन् । हामीलाई भने किन उपेक्षा ?,’ अध्यक्ष खरेलले लोकान्तरसँग भने, ‘जुन प्रयोजनका लागि सवारी साधन निकालेको हो त्यही प्रयोजनका लागि चलाउनु पर्‍यो नि ! निजी प्रयोजनका लागि निकालेर यात्रु बोक्न पाइन्छ ?’

पछिल्लो समयमा निजी सावरी साधनले स्वास्थ्य मापदण्ड पनि नपनाई यात्रु ओसारपसार गर्ने तर यात्रु बोक्ने सवारी साधनलाई बन्दी बनाएका कारण आफूहरूले असोज १ गतेबाट लामोदूरीका सावरी साधन चलाउन माग गरेको अध्यक्ष खरेलले बताए ।

‘हामीले स्वास्थ्य मापदण्ड पालना गरेर आफ्ना बसहरू चलाउँछौं भनेका छौं । निजीलाई फूल सिट विना मापदण्ड चल्न दिने हामीलाई भने नदिने ? रातो प्लेटले यात्रु बोक्ने हामीलाई भने बन्दी बनाउने ?,’ अध्यक्ष खरेलले आक्रोश पोखे ।

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले गएको चैत १ गतेबाट लामो दूरीका सवारी साधान सञ्चालनमा रोक लगाएको थियो ।

सञ्चालनको अनुमति दिन पनि मन्त्रिपरिषद्को निर्णय चाहिने गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा बताउँछन् । कसैले जबरजस्ती सवारी साधन चलाउन खोजे कारवाही गरिने उनले बताए ।

‘मन्त्रिपरिषद्को निर्णयले लामोदूरीको गाडी बन्द गरेको हो । खुलाउनका लागि पनि मन्त्रिपरिषद्कै निर्णय चाहिन्छ,’ प्रवक्ता बुढाले भने, ‘यदि कसैले जबरजस्ती गर्छ भने कानून बमोजिमको कारवाही हुन्छ ।’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x