×

NMB BANK
NIC ASIA

भक्तपुरमा ३ जनाको शव प्रकरणः छोरा सुशान्तलाई ‘रामराम’ लेखिएको कपडा ओढाइएको थियो

भदौ २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भक्तपुरमा ३ जनाको शव भेटिएको प्रकरणमा हत्यापछि आत्महत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

Muktinath Bank

शुक्रवार बेलुका भक्तपुरको थिमि नगरपालिका–६ दुवाकोट केएमसी अस्पताल नजिकैको एक घरमा श्रीमान्, श्रीमती र छोरासहित ३ जनाको शव फेला परेको थियो भने घरमा पालिएको बेलायती कुकुर पनि मृत अवस्थामा फेला परेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनास्थलमा खटिएका प्रहरी अधिकारीका अनुसार घटनास्थल हेर्दा केही शंकास्पद देखिएको छ । सुदिप अधिकारीको शव केही ताजा देखिनु र श्रीमती सम्झना र छोरा सुशान्तको शव सडेको अवस्थामा देखिनुले सुदिपले हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।


Advertisment
Nabil box
Kumari

‘घटनास्थलको प्रकृति हेर्दा श्रीमती र छोराको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने अवस्था देखिन्छ,’ती प्रहरी अधिकारीले भने,‘थप कुरा भने पोष्टमार्टम र फरेन्सिक ल्याबको अनुसन्धानपछि देखिएला ।’

Vianet communication
Laxmi Bank

सम्झना र छोरा सुशान्त तल्लो तलाको आ–आफ्नो कोठाको सुत्ने खाटामा कुहिएको अवस्थामा थिए । सुदिप भने माथिल्लो तलमा कम्भटमा वान्ता गरेको अवस्थामा फेला परेका थिए । रगत र अन्य केही तरल पदार्थ सुकेको अवस्थामा भेटिएको छ । सानो बेलायती कुकुर पनि मरेको अवस्था देखिएकाले सुदिपले हत्या गरेर आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।

अर्को पाटो छोरा सुशान्तको शवको माथि ‘रामराम’ लेखेको पहेँलो पिताम्बर कपडा (कात्रो) राखिएको थियो भने  श्रीमती सम्झनाको शवमा सेतो बुट्टा भएको कपडा (कात्रो) ओढाइदिएको अवस्था थियो । दुवै जनाको टाउकोको खप्परमा गहिरो चोट देखिएको  अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताए ।

‘छोराको शवमा रामराम लेखिएको र श्रीमतीको शवमा सेतो बुट्टा भएको कपडा ओढाएको अवस्था र आफूले भने कम्भोटमा वान्ता गरेका अवस्थामा शव भेटिएको थियो,’ ती अधिकारीले लोकान्तरसँग भने ।

घटनास्थलबाट प्रहरीले ३६ वर्षीय सुदिप अधिकारी, ३४ वर्षीया सम्झना अधिकारी, छोरा सुशान्त अधिकारी र बेलायती कुकुरसहित घटनास्थलमा भेटिएका वस्तुहरुलाई नेपाल प्रहरीको फरेन्सिक ल्याबमा परीक्षणको लागि पठाइएको महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक थापाले बताए । 

‘हामीले ३ जनाको शव, कुकुरको शव र घटनास्थलमा भेटिएका वस्तुहरुलाई फरेन्सिक ल्याब पठाएका छौ,’ प्रमुख थापाले लोकान्तरसँग भने । 

३ जनाको पोष्टमार्टम र फरेन्सिक ल्याबको अनुसन्धानपछि घटनाका अन्य पाटाहरू खुल्ने एसएसपी थापाले बताए ।

घटनास्थलको छानबिनका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विज्ञको टोली गएको थियो । 

शुक्रवार साँझ ५ बजे सुदिप अधिकारीका भाइ सुनीलले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x