लागूऔषधसहित एग्रोभेट सञ्चालक पक्राउ

प्रहरीले झापाको बिर्तामोडबाट लागूऔषधसहित एग्रोभेट सञ्चालकलाई पक्राउ गरेको छ ।

बिर्तामोड बजारको त्रिवेणी टोलस्थित गोपाल एग्रोभेटमा खानतलासी गर्दा कोजोल बोलस लेखिएको औषधिको बट्टाको खोलभित्र १ पत्तामा ४ वटा ट्याब्लेट भएको ९ वटा पत्ताको बीचमा २२ ग्राम लागूऔषध फेला परेको हुँदा सञ्चालक गोपाल गौतमलाई शुक्रवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


Advertisement

पक्राउपछि शुक्रवारै झापा जिल्ला अदालतमा म्याद थप गरेर इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखेर अनुसन्धान तथा कानूनी कारबाही भइरहेको प्रहरीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्