सामाजिक सञ्जालमा कोभिड–१९ को बारेमा भ्रम फैलाएको आरोपमा तीन जनालाई कारवाही

लमजुङमा कोभिड–१९ का बारेमा गलत प्रचार गर्ने तीन जनालाई जिल्ला प्रशासन कायालयले कारवाही गरेको छ।

 बेँसीशहर नगरपालिका वडा नं। ७ का ४० वर्षीय पुरुष, ४५ वर्षीय महिला र वडा नम्बर ११ का २९ वर्षीय पुरुषलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा बोलाएर कारवाहीस्वरुप प्रतिव्यक्ति पाँच सय जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए। 


Advertisement

उनीहरुले सामाजिक सञ्जाल र कोरोना सङ्क्रमित परिवारलाई भेटेर कोभिड–१९ का बारेमा गलत प्रचार गर्ने, कोरोना सङ्क्रमित परिवारलाई अपहेलना गर्ने र समाजमा अनाश्यक भ्रम फैलाउने गरेकाले कारबाही गरिएको प्रशासनले जनाएको छ।

 सङ्क्रमण रोग ऐन, २०२० को दफा (२) विरुद्धको गतिविधि गरेको र उनीहरुलाई ६ महिनासम्म कैद सजाय हुने भए पनि पहिलो पटक भएकाले कारवाही स्वरुप उक्त जरिवाना  गरेर छाडेको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्