×

NMB BANK
NIC ASIA

नेपालका लागि भारतमा बनेको रेल असोज ७ गतेभित्र जनकपुर आइपुग्ने निश्चित भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

भारतको मद्रासस्थित इन्टीग्रल कोच फ्याक्ट्रीमा बनेको रेल अबको ७–१० दिनभित्र जनकपुरधाम आइपुग्ने निश्चित भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राम–जानकी विवाह पञ्चमीको तिथिबाट रेल सञ्चालनमा आउने भनेर रेल विभागका पदाधिकारीले आश्वासन दिए पनि रेल जनकपुर नआउँदा स्थानीय निराश भएका थिए । 
‘अबको ७–१० दिनभित्र नेपाल सरकारले भारत सरकारसँग किनेको रेल जनकपुरधाम आइपुग्ने छ,’ महानिर्देशक मिश्रले लोकान्तरसँग भने, ‘भारतीय पक्षसँग सम्झौतामा हस्ताक्षर गर्ने जिम्मेवार एक व्यक्ति म आफैं भएकाले पनि विश्वास गर्नुपर्ने हुन्छ ।’ 


Advertisment
Nabil box
Kumari

आगामी १० दिनभित्र रेल आउने कुरामा ढुक्क रहेका उनले बढीमा २ महिनाभित्र रेल सेवा सञ्चालनमा आइसक्ने समेत बताए । भारतको मद्रासस्थित कारखानामा बनेको रेल बिहारको हाजीपुरस्थित रेल्वे स्टेसनमा ६ महिनाअघि नै आइसकेको समेत उनले बताए ।

Vianet communication
Laxmi Bank

‘सम्झौता अनुसार मोबिलाइजेसनको २० प्रतिशत रकम नेपाल सरकारले बुझाइसकेको छ,’ मिश्रले भने, ‘बाँकी ८० प्रतिशत रकम रेल जनकपुर आएर परीक्षण भए पछि मात्र भुक्तानी गरिने छ ।’

कर्मचारी भर्नाका लागि रेल्वे कम्पनीद्वारा विज्ञापन आह्वान

रेल सञ्चालन गर्न कर्मचारी नरहेका कारण नेपाल सरकारको पूर्ण स्वामित्वको नेपाल रेल्वे कम्पनीले विभिन्न कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गरेको छ । रेल्वे कम्पनीले खुला प्रतिस्पर्धाद्वारा विभिन्न पदमा आवश्यक परेका १२९ जना कर्मचारीलाई करार सेवामा कर्मचारी परिपूर्ति गर्नको लागि भदौ २९ गते  विज्ञापन निकालेको छ ।

शाखा अधिकृतको लागि अधिकृत तृतीय स्तरमा प्रशासन सेवाको लागि समान्य प्रशासनतर्फ १ जना कर्मचारी माग गरेको छ । कानून अधिकृत १ जना र स्टेसन मास्टर ३ जना माग गरिएको छ । यी ३ पदको लागि न्यून्तम योग्यता स्नातक माग गरिएको छ । कानून अधिकृतको लागि कानून विषयमै स्नातक उत्तीर्ण उम्मेदवार माग गरिएको छ ।

पाँचौ तहको लागि सबइन्जिनीयरतर्फ मेकानिकल पदमा १ जना माग गरिएको छ । जसको लागि न्यूनतम योग्यता मेकानिकल वा इन्डस्ट्रियल वा अटोमोबाइल इन्जिनीयरिङ डिप्लोमा वा सो सरह माग गरिएको छ । पाँचौ तहमा सहायक प्रथम स्तरकै ईन्जिनीयरिङ सेवातर्फ इलेक्ट्रीकलतर्फ पनि १ जना सबइन्जिनीयर माग गरिएको छ । जसको लागि इलेक्ट्रीकल इन्जिनीयरिङ विषयमा डिप्लोमा वा सो सरह उतीर्णको योग्यता माग गरिएको छ । 

उम्मेदवारको उमेर हदमा अधिकृत स्तरको लागि २१ वर्ष र सहायक स्तरको लागि १८ वर्ष उमेर पूरा भई ३५ वर्ष उमेर ननाघेको र महिलाको हकमा भने ४० वर्ष उमेर ननाघेको हुनुपर्ने तथा रेल्वे कम्पनीको पूर्व कर्मचारीको हकमा भने ५५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ । आवेदनको लागि असोज १२ गतेसम्म अन्तिम मिति तोकिएको छ ।

यस्तो छ विज्ञापन

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x