बाँकेमा १० किलो अफिमसहित २ जना पक्राउ

प्रतिकात्मक तस्वीर

प्रहरीले बाँकेमा १० किलो लागूऔषध अफिमसहित २ जनालाई पक्राउ गरेको छ ।

दाङबाट बाँकेको कुसुम नाका हुँदै अवैध लागूऔषध बाँके ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले सोमवार बिहान करीब ६.३० मिनेटमा कुसुम बजारबाट उनीहरूलाई पक्राउ गरेको थियो ।


Advertisement

पक्राउ पर्नेमा पूर्वी रुकुमको पुथाउत्तरगङ्गा गाउँपालिका–८ का ५३ वर्षीय धनबहादुर सेन र दाङ घोराही उपमहानगरपालिका–१९ का २४ वर्षीय वसन्त घर्तीमगर रहेका छन् । उनीहरूलाई जाँच गर्ने क्रममा अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । उनीहरूबाट झोलाभित्र प्लास्टिकमा राखिएको अवस्थामा १ किलोका दरले बनाइएका १० वटा अफिमका पोका बरामद भएको थियो ।

सोमवारै जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलनमार्फत लागूऔषध अफिमसहित उनीहरूलाई सार्वजनिक गरेको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ (छ) को उपदफा (३) बमोजिम १५ वर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी प्रावधान रहेको प्रहरी उपरीक्षक रानाको भनाइ छ ।


Advertisement

कमेन्ट गर्नुहोस्