×

NMB BANK
NIC ASIA

कोरोना महामारीमा महाधिवेशन !

नेकपा र कांग्रेसको महाधिवेशन रटान : सम्भव छैन भन्ने जान्दाजान्दै प्रचार किन ?

भदौ २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

यतिबेला देशका दुई ठूला दल सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै महाधिवेशनमा होमिएका छन् । नेकपाको गत सालको माघ १९ गते सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले आगामी चैतको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो भने कांग्रेसले गत सालको माघ १३ गतेको केन्द्रीय समिति बैठकबाट आगामी फागुनको पहिलो साता महाधिवेशन गर्ने निर्णय गरेको थियो । 

Muktinath Bank

महाधिवेशनका लागि आत्मगत र वस्तुगत दुवै परिस्थिति अनुकूल हुनुपर्छ । आन्तरिकरूपमा महाधिवेशन गर्ने नेताहरूको इच्छाशक्ति र त्यसको कार्यान्वयन महत्त्वपूर्ण हो भने बाहिरी रूपमा यतिबेला कोभिड– १९ को महामारीले दुवै दललाई चुनौती दिइरहेको अवस्था छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुवै दलका कतिपय नेताहरूले तोकिएको समयमा महाधिवेशन गर्न ठूलो चुनौती रहेको स्वीकारेका छन् । कांग्रेस र नेकपा दुवै दलका कतिपय नेताहरूले त कोभिड- १९ लाई देखाएर नेतृत्व महाधिवेशन नगर्ने चलखेलमा लाग्न थालेको आरोप समेत लगाएका छन् । 


Advertisment
Nabil box
Kumari

कोभिड– १९ को संक्रमण नियन्त्रणबाहिर गइरहेको आजको अवस्थामा तोकिएकै समयमा महाधिवेशन गर्ने दुवै दलको निर्णय कसरी कार्यान्वयन हुन सक्छ त ? महामारीका कारण सिर्जित अवस्थालाई महाधिवेशन अनुकूल बनाउन दलहरूले के भूमिका खेलिरहेका छन् ? 

Vianet communication
Laxmi Bank

अथवा कोरोनालाई देखाएर नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' अनि कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र आफ्नो वैधता लम्ब्याउने कोशिशमा त छैनन् ? यी विषयमा केन्द्रित रहेर लोकान्तरकर्मी ईश्वर अर्यालले दुवै दलका करीब दर्जन नेताहरूसँग कुराकानी गरेका थिए । 

कांग्रेसका कतिपय नेताहरूले फागुनमा १४ औं महाधिवेशन हुन नसक्ने दलिल पेश गरे । कोभिड– १९ लाई देखाएर सभापति देउवाले आफ्नो कार्यकाल थप ६ महिनासम्म थप्न सक्ने नेताहरूको आंकलन छ । महाधिवेशन समयमा हुन नसक्ने कुरा सबै नेताहरूले बुझेको तर 'महाधिवेशनविरोधी ट्याग' लाग्न सक्ने डरले कसैले पनि मुख खोल्न नसकेको परिस्थिति कांग्रेसभित्र छ । 

आन्तरिक हिसाबले नेकपाको महाधिवेशन कांग्रेसको भन्दा बढी चुनौतीपूर्ण छ । पार्टी एकताका कतिपय कामहरू पूरा भइसकेका छैनन् । पार्टीभित्र वैचारिक एकता हुन सकेको छैन । प्रदेश २ मा ठूलो विवाद छ । प्रक्रियाका हिसाबले कम्युनिस्ट पार्टीको महाधिवेशन कांग्रेसको भन्दा अलि बढी सहज हुन्छ । तर भर्खरै चरम शक्तिसंघर्षबाट गुज्रिएको नेकपाले समयमै महाधिवेशन गर्ला भनेर विश्वास गरिहाल्नु अहिले अलि छिटो हुनेछ । 

नेकपाको महाधिवेशनका सन्दर्भमा के भन्छन् नेताहरू ?

नेकपाका धेरै नेताहरूमा कोभिड- १९ ले महाधिवेशनलाई असर गर्न सक्छ भन्ने डर छ । स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले कसैगरी सकिएन भने नयाँ मिति घोषणा गरेर जान पनि सकिने आशय व्यक्त गरेका छन् भने केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीको काम गर्ने तौरतरिका पनि सही नरहेको टिप्पणी गरे । 

स्थायी सदस्य किरण गुरुङले पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न सबैले मेहनत गर्नुपर्ने बताए । एकीकरणका कामहरू तत्काल पूरा गरेर विचारको छलफलमा पार्टी पुग्ने हो भने महाधिवेशन तोकिएकै समयमा सम्भव हुने निष्कर्ष नेताहरूले निकालेका छन् ।

महाधिवेशनको समय सर्न पनि सक्छ - युवराज ज्ञवाली, स्थायी सदस्य नेकपा 

महाधिवेशनको मिति गत माघमा बसेको केन्द्रीय कमिटीले नै तय गरेको थियो । त्यतिबेला कोरोना देखिएको थिएन । तर अहिले दिनप्रतिदिन महामारीको स्वरूप भयावह हुँदै गएको छ । यो सधैं यस्तै रहला भन्ने पनि होइन । तर हाम्रो महाधिवेशन प्रक्रियामाथि कोरोनाले चुनौती भने थपेको छ । 

कोरोनाबाहेक अन्य कुरा गर्ने हो भने हामीले तयारी नै शुरू गरेका छैनौं । हिजो मात्र संगठन विभागको बैठक बसेर मंसिरसम्म सदस्यता नवीकरण गर्ने विषयमा छलफल गरेको छ । विचार र सिद्धान्तको छलफल हुनुपर्‍यो ।

कात्तिक १५ देखि १७ सम्म केन्द्रीय कमिटी बैठक बोलाइएको छ । बैठकले दस्तावेज तयार गर्छ । त्यसमा पनि बहस हुन्छ र समय लाग्न सक्छ । कतिपय कामहरू समानान्तर ढंगले पनि अघि बढिरहेका हुन्छन् । महामारीको पक्षलाई अलग राख्ने हो भने प्राविधिक रूपमा महाधिवेशनको प्रक्रिया पूरा गर्न हामी सक्छौं जस्तो लाग्छ । 

यदि महाधिवेशन हुँदै नहुने हो भने सार्वभौम केन्द्रीय कमिटीले निर्णय गरेर पछि सार्न पनि सक्छ, त्यो ठूलो कुरा रहेन ।  

कोभिड- १९ नै ठूलो चुनौती हो - देव गुरुङ, स्थायी सदस्य, नेकपा 

हामीले महाधिवेशन गर्नुपर्छ त भनेकै हौँ, तर अहिले कोभिड- १९ ले चुनौती लिएर आएको छ । महाधिवेशन गर्ने समयसम्म महामारी अझ बढी फैलियो भने त महाधिवेशन सम्भव छैन । मुख्य कुरा कोरोना कन्ट्रोल कसरी हुन्छ भन्ने हो । 

महाधिवेशनका लागि अन्य तयारीहरू पनि गर्नुपर्छ । सबैभन्दा ठूलो काम त सदस्यता अपडेट गर्नुपर्‍यो । देशैभरका कमिटीहरू पूर्ण हुनुपर्‍यो । यदि त्यो हुन सकेन भने पार्टी विधानअनुसार केन्द्रीय कमिटीले थप निर्णय गर्नुपर्‍यो । 
सबै प्रकारले केन्द्रीय कमिटी हाम्रो पूर्ण अंग हो । केन्द्रीय कमिटीले गरेको आयोजनाको वैधता हुन्छ । महाधिवेशनका अन्य विकल्पहरू माथि पनि छलफल गर्न सकिएला तर त्यसलाई केन्द्रीय कमिटीले वैधता दिनुपर्छ । 

पार्टीले गरेको निर्णयअनुसार मेहनत गर्नुपर्छ - किरण गुरुङ, स्थायी सदस्य, नेकपा 

तत्काल हेर्दाखेरि महाधिवेशन हुन्छ जस्तो नदेखिएपनि पार्टीले निर्णय गरिसकेपछि एकढिक्का भएर सबै अघि बढ्नुको विकल्प छैन । अहिलेको मुख्य समस्या कोरोनाका कारणले उत्पन्न गरेको जटिलता नै हो ।

तोकिएको समयमा एकीकरण टुंगिएको छैन, तर त्यसलाई पूर्ण गराउन मेहनत गर्नुपर्छ । अहिले पार्टीले निर्णय गरेपछि महाधिवेशन गर्ने भन्ने कुरा नै प्रमुख हो । 

सदस्यता अद्यावधिक गर्ने काममा जटिलता पक्कै छ । तिनै सदस्यबाट चुनिएर आउने प्रतिनिधिले नयाँ नेतृत्व र विचारको चयन गर्ने हो । कोरोनाले मान्छेलाई भेला हुन दिन्छ कि दिँदैन त्यसमा धेरै कुराहरू निर्भर गर्छ । 

स्वास्थ्य संकटमात्र होइन, कम गर्ने तौरतरिका पनि महाधिवेशनअनुकूल हुनुपर्छ - लेखनाथ न्यौपाने, केन्द्रीय सदस्य नेकपा 

यतिबेला सबैले स्वास्थ्य संकटको कुरा गरिरहेका छन् तर काम गर्ने तौरतरिकाले पनि समयमै महाधिवेशन हुन सक्छ भन्ने कुरामा शंका पैदा गरेको छ । अहिलेसम्म पार्टी एकताका कामहरू पूरा भएका छैनन् । यस्तो अवस्थामा महाधिवेशन भन्ने कुरा सन्देहकै विषय बनेको छ ।

पार्टी सदस्यहरूलाई हाम्रो विचार सिद्धान्त यो हो भनेर बताउने काम पनि हुन सकेको छैन । अझ भनौं महाधिवेशनले गर्ने निर्णयहरूमा पूर्व सहमति जुटाएर महाधिवेशनलाई नेताहरूले कर्मकाण्ड मात्र बनाउन सक्ने सम्भावना पनि देखिन्छ । त्यो हो भने महाधिवेशनको औचित्य पनि भएन । 

महाधिवेशनको सार्वभौम चरित्रलाई कायम गर्नुपर्छ । महाधिवेशनले नीति र नेता दुवै छान्नुपर्छ । नेता मात्र छान्ने महाधिवेशन पनि काम छैन । महाधिवेशनअघि देशभरिका कमिटीमा वैचारिक बहस चलाउनु पर्छ । नेतृत्व छान्ने र नीति छान्ने सम्मेलन फरक-फरक हुनुपर्छ भन्ने मेरो मान्यता हो । 

चैतमा महाधिवेशन सम्भव छ - निरज आचार्य, केन्द्रीय सदस्य, नेकपा 

चैतमा महाधिवेशन सम्भव छ तर कोरोनाको महामारी बढ्दै जाने हो भने त्यसले असर भने गर्न सक्छ । हाम्रै सरकार छ, कोरोना संक्रमण नियन्त्रण गर्ने जिम्मेवारी पनि हाम्रै हो । विश्वास गरौँ, त्यतिबेलासम्म महामारी नियन्त्रणमा आउनेछ र पार्टीले महाधिवेशन पनि गर्नेछ । 

एकताका कामहरू थोरै छन् । आयोगहरू, निकायहरू बनाउन बाँकी छ । कतिपय संगठनात्मक संरचनामा प्रमुख र उपप्रमुख मात्र तोकिएको अवस्था छ । बाँकी सदस्यहरू तोक्न खासै गाह्रो नहोला । केही जनसंगठनका कामहरू बाँकी छन् । 

यदि अबको ३ महिनाको अवधिमा सांगठनिक काम सकियो भने त्यसपछि वैचारिक बहसका सन्दर्भमा काम होलान् । कात्तिकको दोस्रो साता बस्ने केन्द्रीय कमिटीले महाधिवेशनको कार्ययोजनासहित विभिन्न समितिहरू बनाउला । यदि भनेअनुसार नै काम अघि बढ्यो भने महाधिवेशन सम्भव छ । 

कांग्रेसको महाधिवेशनका सन्दर्भमा के भन्छन् नेताहरू ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू पनि फागुनमै महाधिवेशन हुन नसक्ने आशयका भनाइहरू व्यक्त गर्न थालेका छन् । फागुनमै महाधिवेशन हुन नसक्नुका प्रमुख दुई कारणहरू हुन् एउटा कोरोनाको महामारी र दोस्रो आन्तरिक तयारी । 

सहमहामन्त्री प्रकाशशरण महतले लोकान्तरसँग भने - 'एक महिना अघि सभापति निवासमा भएको वर्तमान र पूर्व पदाधिकारीहरूको भेलामा धेरै नेताहरूले फागुनमा महाधिवेशन गर्न चुनौती छ है भनेर भन्नुभएको थियो । चुनौती लुकाएर लुक्ने कुरा होइन ।'  

त्यस्तै डा. मिनेन्द्र रिजालले नेतृत्वले महाधिवेशन नगर्ने नियत राखेको आरोप लगाए । केन्द्रीय सदस्य नविन्द्रराज जोशीले वैकल्पिक उपाय अपनाएर भएपनि महाधिवेशन गर्नुपर्ने मत राखेका छन् भने पूर्वसांसदसमेत रहेका रामहरि खतिवडाले त फागुनमा महाधिवेशन हुनै नसक्ने ठोकुवा गरेका छन् । 

महाधिवेशन सर्‍यो भने पनि कसैले कसैलाई दोष दिने अवस्था छैन - डा. प्रकाशशरण महत - सहमहामन्त्री, नेपाली कांग्रेस

केन्द्रीय समितिले चाँडोभन्दा चाँडो गर्ने भनेर फागुनको ७ देखि १० सम्म मिति तय गरेको थियो । महाधिवेशन सम्पन्न गर्न हाम्रो लागि सबैभन्दा ठूलो काम भनेको क्रियाशील सदस्यता वितरण गरेपछि त्यसको फाइनल नामावली प्रकाशित गर्नु हो । 

मतदाता नामावली तयार नभएसम्म केही हुँदैन । अहिले निषेधाज्ञा र लक-डाउनका कारण धेरै ठाउँमा सदस्यता वितरण र अद्यावधिक गर्ने काम अघि बढ्न सकेको छैन । 

यतिबेला महामन्त्री शशांक कोइरालामा कोरोना संक्रमण देखिएको छ, केन्द्रीय सदस्य जीवन शाही, डीना उपाध्याय, अजय चौरासिया लगायतलाई संक्रमण भएको स्थिति हो । 

सभापति देउवाले भन्नुभएको छ - महाधिवेशन नगरेर म नै केही समय बढी सभापति बन्छु भनेर मैले सोचेको छैन । कतिपयले कोभिड- १९ को महामारी देखाएर आफ्नो कार्यकाल थप ६ महिना थप्न खोजेको भनेर आरोप लगाएको सन्दर्भमा सभापतिले भनेको यो कुराले अर्थ राख्छ । 

तर कुनै हालतमा महाधिवेशन तोकिएको समयमा गर्न सक्ने सम्भावना देखिएन भने के गर्ने त ? यसबारेमा करीब एक महिनाअघि सभापतिको निवासमा पार्टीका वर्तमान र पूर्व पदाधिकारीको बैठक बसेको थियो । त्यसमा सबैले फागुनमै महाधिवेशन गर्न चुनौती छ है भनेर भन्नुभएको थियो । यदि पछि सार्नुपर्ने स्थिति पैदा भयो भनेपनि कसैलाई दोष दिने अवस्था छैन । ​

सभापति वरिपरिका मान्छेहरूको महाधिवेशन गर्ने नियत देखिएन - डा. मिनेन्द्र रिजाल, नेता, नेपाली कांग्रेस 

कोभिड- १९ कसैको नियन्त्रणमा छैन । यसैका कारण गर्नुपर्ने कामहरू रोकिए भने कसैले कसैलाई दोष दिन मिल्दैन । मंसिरमा क्रियाशील सदस्यता वितरण गर्ने काम सकियो भने पुसको ६ गतेबाट वडाको अधिवेशन गर्ने कुरा छ । सबै कुरा सामान्य रहे फागुनमा सबै अधिवेशनहरू सकिएर केन्द्रीय महाधिवेशनको कार्यतालिका कार्यान्वयन गर्न असम्भव देखिन्न । 

तर नियतको कुरा पनि आउँछ । सभापतिका वरिपरिका मान्छेको महाधिवेशन गर्ने नियतमा प्रश्न उठाउने ठाउँहरू उब्जेका छन् । अझै सम्म १५/१६ जिल्लामा समायोजनको काम सकिएको छैन । 

सभापति आफैंले पनि आफ्नो जिल्लामा क्रियाशील सदस्यता फारम लिएर अस्ति भर्खरबाट जानुभएको छ । उपसभापति विमलेन्द्र निधिको जिल्लामा पनि काम अझै शुरू हुन सकेको छैन । संगठन आफ्नो पक्षमा नदेखिएपछि महाधिवेशन तत्काल नगर्ने मनस्थितिमा सभापतिनिकट नेताहरू लागेको शंका उत्पन्न भएको छ । आफूलाई सहज भएपछि मात्र महाधिवेशन गर्ने नियत देखिएको छ । 

लक्ष्य राखे उपाय निस्किन्छ :​ नविन्द्रराज जोशी, केन्द्रीय सदस्य नेपाली कांग्रेस 

नेतृत्वले लक्ष्य राख्ने हो र त्यसलाई पूरा गर्न उपायको पनि खोजी गर्ने हो । २०१२ सालमा जिल्ला-जिल्लामै भोट छापिएर केन्द्रमा आउँथ्यो । अहिले कसै गरेर महाधिवेशन हुनै नसक्ने स्थितिमा पुग्यो भने त्यो उपाय पनि गर्नुपर्छ । 

नयाँ विचार, धारणा र नेतृत्व ल्याउने महाधिवेशनले हो । त्यसबाट भाग्दा कसैलाई पनि फाइदा हुँदैन । देशमा ३ वटा ठूला क्रान्ति गरेको कांग्रेसको आत्मा भनेकै लोकतन्त्र हो । महाधिवेशन लोकतान्त्रिक पद्धतिबाट नयाँ नेतृत्व चुन्ने थलो भएकाले कांग्रेसका कुनै पनि नेताहरू यसबाट भाग्नु हुँदैन । 

कांग्रेस केन्द्रीय समितिले अधिकारसम्पन्न निर्वाचन समिति बनाएको छ । विधानले जे अधिकार दिएको छ त्यसको पूर्ण प्रयोग गर्नुपर्‍यो निर्वाचन समितिले । नियम विपरीत गर्नु भएन । शक्तिपृथकीकरणको अभ्यासलाई मानेर अघि बढ्नुपर्‍यो । 

निर्वाचन समितिले आफ्नो अधिकार पूर्ण प्रयोग गरेर प्रक्रियासम्मत ढंगले समयसीमाको पालना गर्‍यो भने प्राविधिक रूपमा महाधिवेशन फागुनमै सम्भव देखिन्छ । 

फागुनमा महाधिवेशन सम्भव छैन - रामहरी खतिवडा, नेता, नेपाली कांग्रेस 

अहिले पार्टीको जे अवस्था छ त्यो हुनुमा सभापति देउवा, महामन्त्री शशांक कोइराला र कृष्ण सिटौलाको उत्तिकै जिम्मेवारी छ । सिटौलाले १३ औं महाधिवेशनमा देउवालाई सहयोग गर्नुभएको हो र सहयोगबापत धेरै फाइदा पनि लिनुभएको छ । त्यसैले उहाँले महाधिवेशन नगर्ने डिजाइन भयो भनेर भन्नुको कुनै अर्थ छैन । 

महाधिवेशनमा सभापति लड्ने, हारे पनि केन्द्रीय सदस्य पाइहाल्ने र अन्य बार्गेनिङ गर्न पनि पाइने भएकाले अहिले विमलेन्द्र निधि लगायतका नेताहरूले आफू पनि किन उठ्ने तयारीमा लाग्नुभएको छ, जुन सही होइन । 

आजको परिस्थिति हेर्दा भदौसम्म सक्रिय सदस्यको लिस्ट पठाउनु पर्ने थियो त्यो भएन । तराईका ८ जिल्लामा कुनै पनि काम भएको छैन । भदौ अन्त्यसम्ममा क्रियाशील सदस्यता टुंगो लागेको भए मङ्सिरसम्म अधिवेशनका लागि उतै पठाउन सकिन्थ्यो । 

मंसिरमा वडा, पालिका र जिल्लामा अधिवेशन हुने सम्भावना क्षीण भएर गएको छ । कांग्रेसको विधानअनुसार महाधिवेशनको मिति थप ६ महिना सार्न सकिन्छ । आगामी भदौसम्म महाधिवेशन भए पनि अहिले ठूलै उपलब्धि मान्नुपर्ने जस्तो अवस्था आइसक्यो । यो कुरा कुनै पनि नेताहरूले भन्न सक्दैनन् । तर अहिलेको स्थिति फागुनमा महाधिवेशन नहुने स्थितिका रूपमा विकसित भइसक्यो । 

फागुनमा महाधिवेशन हुँदैन । सिटौला या अरू कसैले चाहे पनि नचाहे पनि फागुनमै महाधिवेशन हुने स्थिति बनेकै छैन । यो कुरा नेताहरूले स्पष्ट रूपमा आफ्ना कार्यकर्तालाई भनिदिनुपर्छ । 

विश्लेषकको मत

कतिपय विश्लेषकहरूले नेकपा दुवैको महाधिवेशन कार्यतालिका अनुसार नै सम्पन्न हुनेमा शंका व्यक्त गरेका छन् । कांग्रेसनिकट मानिने राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले लोकान्तरसँग भने, 'कार्यतालिका अनुसार कांग्रेसको प्रक्रिया अघि बढ्न सकेको छैन । ६ महिना थप्ने प्रावधान भएपनि त्यसका लागि बाध्यात्मक कारण चाहिन्छ । समय थपिन सक्ने सम्भावना पनि छ ।'

त्यस्तै अर्का राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले कांग्रेसको चरित्र कांग्रेस नभएको र नेकपाको चरित्र पनि त्यस्तै नरहेकाले दुवै पार्टी विघटन गरिदिए हुने विचार व्यक्त गरे । 

'जसरी पहिलाका महाधिवेशनहरूमा कांग्रेस र कम्युनिस्ट पार्टीहरूमा राजनीतिक वैचारिक बहस चल्ने गर्दथ्यो, त्यो अहिले देखिन्न । दुवै पार्टीमा पैसा, डर धम्की हावी भएका छन्,' पिटरले लोकान्तरसँग भने, 'यी पार्टीहरूले आफ्नो मूल चरित्र अहिले गुमाएका छन् । त्यसैले प्राविधिक रूपमा महाधिवेशन त गर्लान्, तर वास्तविक रूपमा यिनीहरूको महाधिवेशन हुँदैन ।'

संवैधानिक बाध्यताका कारण पनि महाधिवेशन अपरिहार्य - पुरुषोत्तम दाहाल, राजनीतिक विश्लेषक  

दुवै पार्टीहरूलाई महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यता छ । महाधिवेशन गर्न नै पर्छ । कांग्रेसको हकमा संविधानले नै आउँदो चैतभित्रमा महाधिवेशन गर्नुपर्ने बाध्यात्मक परिस्थिति छ । यदि त्यो भएन भने विशिष्ट कारणले केन्द्रीय समितिको म्याद ६ महिनासम्म थपिन सक्छ । 

बाध्यात्मक कारण नपरेसम्म मेरो बुझाइमा मिति सर्दैन । तर बाध्यात्मक कारण देखियो भने त त्यसको पनि विकल्प रहेन । 

अन्य पार्टीहरूले पनि गर्न नसक्ने स्थिति रह्यो भने त्यो बेलामा संवैधानिक संकट आउँछ र संविधान नै संशोधन गर्नुपर्ने पनि हुन सक्छ । ठूला पार्टीहरू अवैधानिक हुने कुरा त भएन ।

हिजो कार्यतालिकामा राखिएका कार्यक्रमहरू अहिले समयमा पूरा हुन सकेका छैनन् । अहिले गाउँमा जिल्लामा जान मान्छेहरूलाई कठिनाइ परिरहेको छ । मिटिङ हुन सकेको छैन । घरघरमा नेट र हातहातमा फोन पनि छैन भर्चुअल मिटिङ गर्नलाई । 

नेपाली कांग्रेसमा १० लाख क्रियाशील सदस्य पुर्‍याउने भन्ने अभियान छ । त्यो कति पूरा हुन्छ पछि थाहा होला । 

महाधिवेशन नगर्ने नियत नेताहरूको छ जस्तो मलाई लाग्दैन । सबैलाई फ्रेस जनादेश लिन मन छ होला । जो अहिले नेतृत्वमा छन्, आफ्ना साथीहरूको मन कस्तो छ त्यो टेस्ट गर्नुपर्ने होला ।

नयाँ मान्छेहरूलाई छिटो माथि जाऊँ भन्ने होला । महाधिवेशन नगर्ने नियत नै कुनै नेताले पालेको छ जस्तो मलाई लाग्दैन । 

कांग्रेस र नेकपा दुवै पार्टीको मूल चरित्र गुमिसक्यो, विघटन गरे हुन्छ- नरेन्द्रजंग पिटर, वाम राजनीतिक विश्लेषक  

महाधिवेशन भनेको विगतको समीक्षा गर्ने र आउने समयको तस्वीर खिच्ने समय हो । पार्टीका नीति निर्माणका नयाँ आवश्यकताहरूलाई यसले सम्बोधन गर्नुपर्छ । नेपालमा राजनीति गर्ने दलको पछिल्ला महाधिवेशनहरू नेतृत्व चयन गर्ने विषयमा मात्र सीमित छन् । प्रतिनिधिहरू कुन गुटका हुन्छ भन्ने कांग्रेसमा लडाईं हुन्छ भने नेकपामा पार्टी सदस्य कसलाई दिने कि नदिने भन्नेमा लडाईं हुन्छ । 

कुन नीति, कुन विचार, कुन सिद्धान्त भन्ने छैन । महाधिवेशन त पार्टी विचार मूल्य मान्यताको सिर्जना र प्रयोग गर्ने औजार हो । अहिले त कांग्रेस कांग्रेस नरहेको र नेकपा नेकपा नरहेको अवस्था देखिएको छ । एउटा झुण्ड र स्वार्थसमूह हाबी भएको अवस्थामा दुवै पार्टीमा महाधिवेशनले महाधिवेशनको चरित्र लेला भन्ने विषयमा शंका छ । 

महाधिवेशन भइहाल्यो भने पनि कांग्रेसको नेतृत्वमा रामचन्द्र अथवा देउवा र नेकपामा केपी, प्रचण्ड या माधवका बीचमा मात्र केन्द्रित हुने कुरा छ । महाधिवेशन भनेको जसको नीति त्यसको नेतृत्व हुन्छ । यहाँ त्यो स्थिति देखिएको छैन । 

तल्लो तहसम्म कांग्रेसको बुथ कमिटी हुन्छ र नेकपाको सेल कमिटी हुन्छ । विचारको छलफल त्यहाँबाट शुरुवात हुन्छ । तर यहाँ त पैसा र धम्कीको चल्छ । लेबी पनि अर्कैले हाल्दिन्छ । त्यसैले वास्तविक महाधिवेशन हुन्छ भन्ने मलाई लाग्दैन ।

मलाई लाग्छ कानूनी रूपमा दुवैको महाधिवेशन हुन्छ तर वास्तविक रूपमा हुन सक्दैन । कांग्रेसकै विगतको हेरौं त एउटा महाधिवेशनमा धर्म निरपेक्षताका बारेमा बहस चलेको थियो भने अर्कोमा समाजवादी आन्दोलनका विषयमा बहस भएको थियो । तर अहिले ती विषयमा छलफल हुने देखिन्न । 

२०४८ सालमा तत्कालीन एमालेभित्र बहुदलीय जनवाद, नौलो जनवाद, समाजवादी आन्दोलनसम्बन्धी ३ वटा दस्तावेजमा छलफल भएको थियो । बहस तलसम्म चलेको थियो । अहिले त्यो देखिन्न ।

तत्कालीन माओवादीमा जनयुद्धमा जाने कि नजाने, अहिलेको समाजलाई कसरी हेर्ने भन्ने विषयमा तलसम्म बहस हुने गर्दथ्यो ।

अहिले त पैसा र प्रलोभनको ठूलो खेल हुन्छ । त्यसैले आफ्नो मूल चरित्र गुमाइसकेका दलहरूको महाधिवेशन होइन, विघटन गरिदिए हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x