सहायकरथी पौडल पुरस्कृत

नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेल पुरस्कृत भएका छन्।

सिपाही वार्षिक–२०७६ र शिवपुरी जर्नलमा प्रकाशित उनको लेख उत्कृष्ट घोषित भएको हो। पौडलले सेनाको पुर्नसरचना सम्बन्धी लेख÷ रचना प्रकाशित गरेका थिए।


Advertisement

प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङगीअड्डामा आज आयोजित कार्यक्रममा ती दुई वार्षिक प्रकाशनमा छापिएका लेखकमा प्रथम हुने प्रवक्ता एवं सहायकरथी पौडेललाई ५० हजार नगद पुरस्कार र  कदरपत्र प्रदान गरे।

ती जर्नलमा छापिएकामध्ये प्रमुख सेनानी अनिलकुमार बुढाथोकीको नेपालको वाणिज्य तथा पारवहन सन्धी सम्बन्धी  तथा  प्रमुख  सेनानी सुधिरप्रताप सिंहको  एशिया प्रशान्त रणनीति विश्लेषण र मार्गचित्र सम्वन्धी लेख क्रमश ः द्वितीय  र तृतीय घोषित भए। समारोहमा द्वितीय र तृतीय हुने लेखकलाई क्रमशः ३५ हजार र  २५ हजार नगद पुरस्कार प्रदान गरियो। 


Advertisement

त्यस अवसरमा सात जना लेखकलाई सान्त्वना पुरस्कार स्वरुप जनही १०÷१० हजारसहित कदरपत्र प्रदान गरियो। प्रकाशित जर्नलमध्ये सिपाहीमा ३५ र शिवपुरीमा सात लेख रचना प्रकाशित छन्। 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्