×

NMB BANK
NIC ASIA

कांग्रेसमा नगुडेको ‘महाधिवेशन रथ’ : गाडा अगाडि, गोरु पछाडि !

भदौ ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

तोकिएको समयमा भए पनि, नभए पनि सरकारको नेतृत्वकर्ता दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चैत्र २५–३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेपछि पार्टीमा देखिएको रडाको साम्य भएको छ ।

Muktinath Bank

कोरोना संकटका कारण तोकिएको मितिमा महाधिवेशन होला/नहोला परिस्थितिले निर्धारण गर्नेछ । तर कांग्रेस जस्तो अनिर्णयको बन्दी नेकपा बनेन । महाधिवेशनमा जाने निर्णयले नेकपाको ज्वरो सेलायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्डलाई ‘कार्यकारी’ अध्यक्षको जिम्मा दिए पनि केपी शर्मा ओली अहिले पनि नेकपाको शक्तिशाली अध्यक्ष छन् । ओलीले पार्टी भित्रको प्रतिकूल परिस्थितिमा पनि सरकार चलाइरहेका छन् र पार्टी पनि चलाइरहेका छन् । तर पार्टीको कामबाहेक अन्य केही रोजगारी नभएको कांग्रेसका नेताहरू पार्टीको महाधिवेशन गर्न नसकेर रोइकराइ गरिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

दुर्लभै हुने संवैधानिक परिषद्को बैठकमा जानुबाहेक कांग्रेस सभापति शेरबहादुर देउवालाई अन्य कामको बोझ छैन । तर उनैको पार्टी राम्रोसँग नचलेको आरोप लागेको छ । राजनीतिक दलको सभापति पार्टी कार्यालयमा जाने, कार्यकर्ताको कुरा सुन्ने, छलफल गर्ने प्रचलन त बीपी कोइरालाको पालादेखि नै बसेन । महत्त्वपूर्ण निर्णय पार्टी कार्यालयमा भन्दा नेताका घरमा हुने प्रवृत्ति कांग्रेस मात्र होइन, अन्य दलको पनि रोग बनिसकेको छ ।

Vianet communication
Laxmi Bank

‘एउटा प्रजातान्त्रिक पार्टीले अनुकूल समयमा महाधिवेशन नगर्ने, अहिले समय प्रतिकूल छ भनेर टार्न मिल्छ ?’ कांग्रेस नेता लक्ष्मण घिमिरे प्रश्न गर्छन्, ‘सभापतिको नियत सफा भएको भए फागुनमै हुन्थ्यो, उहाँ आफू जित्ने सुनिश्चित नहुँदासम्म महाधिवेशन गर्ने पक्षमा देखिनुभएन ।’ म्याद सकिएको केन्द्रीय समितिले विभाग गठन गर्ने, महाधिवेशन टार्ने जस्ता क्रियाकलापले कांग्रेसमा विग्रह आउने खतरा रहेको उनको विश्लेषण छ ।

केन्द्रीय समितिको म्याद थप्नेबाहेक कुनै पनि निर्णय समयमा नगर्ने कांग्रेसको विगतदेखिको रोग हो । आफूलाई लोकतन्त्रको मसिया दाबी गर्ने नेपाली कांग्रेस महाधिवेशनको सन्दर्भमा अनिर्णयको बन्दै जस्तै बनेको छ । सभापति देउवामाथि महाधिवेन पर सार्न खाजेको आरोप विपक्षी समूहबाट लागिरहेको छ ।

केन्द्रीय समिति बैठकले फागुन ७–१० गतेसम्म महाधिवेशन गर्ने भनेर निर्णय गर्‍यो । तर गर्न सकिने कुनै पनि काम समयमा भएनन् । फागुनमा हुने भनिएको महाधिवेशन छिटोमा जेठ र ढिलोमा भदौसम्म सार्ने तयारी रहेको कांग्रेस नेताहरू बताउँछन् । 

महामन्त्री डा. शशांक कोइराला कोरोना संक्रमणबाट मुक्त भएपछि केन्द्रीय समितिको बैठक राखेर महाधिवेशनको नयाँ मिति तोक्ने तयारी भइरहेको छ ।

समय घर्किएपछि ब्युझिने कांग्रेसको बानी

तोकिएको समयमा काम गर्न नसकेका दलका लागि लाज छोप्ने अस्त्र बनेको छ कोरोना संकट । कोरोना संक्रमण फैलिन नदिन सरकारले चैत्रदेखि गरेको लकडाउन र निषेधाज्ञाका कारण राजनीतिक क्रियाकलाप लगभग ठप्प छन् । २५ जनाभन्दा बढी भेला हुन नपाइने स्वास्थ्य सम्बन्धी मापदण्डका कारण राजनीतिक दलका औपचारिक कार्यक्रम भएका छैनन् ।

सरकारले असोज ५ गतेदेखि लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान सञ्चालन गर्ने निर्णय सोमवार मात्र गरेको छ । सार्वजनिक यातायात र विमान समेत शुरू भएपछि अन्य राजनीतिक गतिविधि र सामाजिक क्रियाकलाप सहज हुने अनुमान गरिएको छ । तर हालसम्म यकिन भई नसकेको कोरोनाविरुद्धको खोप नआएसम्म विगत जस्तै अवस्था सामान्य त हुने छैन । 

यस्तो बेला राजनीतिक दलसामु २ वटा विकल्प हुनेछन् – पहिलो अलोकतान्त्रिक ढंगले कार्यकाल लम्ब्याउँदै जाने वा सुरक्षा मापदण्ड पूरा गरेर राजनीतिक क्रियाकलापलाई चलायमान बनाउने । कोरोना महामारी पूर्णरूपमा निर्मूल भएपछि मात्र राजनीतिक गतिविधि सञ्चालन गर्ने हो भने कम्तिमा २ वर्ष ठूला दलका महाधिवेशन हुने छैनन् ।

समय अनुकूल हुँदा कानमा तेल हालेर बस्ने र अहिलेको प्रतिकूल अवस्था देखाएर महाधिवेशन टार्ने खेल भएको संस्थापन इतरको आरोप छ । बीपी जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस प्रचार विभागले भदौ २४ गते बुधवार आयोजना गरेको भर्चुअल कार्यक्रममा सभापति देउवाका अगाडि नेता रामचन्द्र पौडेलले आफूले भनेको समयमा महाधिवेशनको तयारी थालेको भए अहिले रुवाबासी गर्नुपर्ने अवस्थाको सिर्जना नै नहुने भन्दै देउवाको कटाक्ष गरे । 

‘हामी १४ औं महाधिवेशनको मुखमा छौं । कतिपय जिल्लामा समायोजन रोकिएको छ । क्रियाशील सदस्यता वितरण शुरू नै भएको छैन । मैले ३ वर्ष अगाडिदेखि महाधिवेशनको तालिकाको कुरा गरेको थिए । सुनौलो भविष्यका लागि समयवद्ध काम गर्नुपर्छ भनेको थिए । त्यसो गरेको भए रुवाबासी गर्नुपर्ने थिएन,’ पौडेलले भनेका थिए । २ वर्षअघि भएको महासमिति बैठकमा आफूले महाधिवेशनको प्रस्ताव गर्दा नेतृत्वको लागि हतारो गरेको भनेर आफूमाथि व्यंग्य गरिएको पौडेलले गुनासो गरे ।

देउवाले भने अनुकूल समयमा महाधिवेशन गर्न आफू तयार नै रहेको बताए । ‘अहिले अधिवेशन हुनसक्ने अवस्था छैन भनेर साथीहरूले भनेका छन्, अधिवेशन हुन्न भनेर मैले भनेको छैन । सबैको अनुमतिले सार्ने हो । भए कहिले सार्ने सहमतिमै हुन्छ । निष्पक्ष अधिवेशन गर्नको लागि कहाँ रोकेको छु ?’ देउवाले पौडेललाई जवाफ फर्काए । 

अन्य नेताहरूले प्रश्न उठाएपछि देउवाले भनेका थिए, ‘सधैभरि कार्यकाल थप्न पाइँदैन भन्ने विधानको व्यवस्थाबारे जानकार छु ।’

गोरु पछाडि, गाडा अगाडि !

फागुन ७ गतेदेखि गर्ने भनिएको कांग्रेसको १४ औं महाधिवेशन सर्ने त लगभग निश्चित जस्तै छ । तर कहिलेसम्म सर्ने भन्ने निश्चित भएको छैन । महाधिवेनको मिति घोषणा नभएपछि नेताहरूले गुट बनाउने र नेतृत्वको लागि हतारो गरेजस्तो देखिएको छ । 

सोमवार लोकान्तरसँगको कुराकानीमा कांग्रेस नेता डा. मीनेन्द्र रिजालले सभापति देउवा आसपासका व्यक्तिहरू महाधिवेशन तत्काल नगर्ने पक्षमा लागेको आरोप लगाए । ‘संगठन आफ्नो पक्षमा नदेखिएपछि महाधिवेशन तत्काल नगर्ने मनस्थितिमा सभापतिनिकट नेताहरू लागेको शंका उत्पन्न भएको छ । आफूलाई सहज भएपछि मात्र महाधिवेशन गर्ने नियत देखिएको छ,’ रिजालले लोकान्तरसँग भने ।

सहमहामन्त्री डा. प्रकाशशरण महत आफ्नो कार्यकाल लम्ब्याउने दाउमा महाधिवेशन नगर्ने सभापति देउवाको सोच नरहेको दाबी गर्छन् । ‘तर कुनै हालतमा महाधिवेशन तोकिएको समयमा गर्न सक्ने सम्भावना देखिएन भने के गर्ने त ? यसबारे १ महिनाअघि सभापतिको निवासमा पार्टीका वर्तमान र पूर्व पदाधिकारीको बैठक बसेको थियो । त्यसमा सबैले फागुनमै महाधिवेशन गर्न चुनौती छ है भनेर भन्नुभएको थियो । यदि पछि सार्नुपर्ने स्थिति पैदा भयो भनेपनि कसैलाई दोष दिने अवस्था छैन,’ देउवाका विश्वासपात्र महतले सोमवार लोकान्तरसँग भने ।

अर्का एक केन्द्रीय सदस्यका अनुसार अधिवेशन निश्चित नहुँदै नेताहरूले उम्मेदवारी घोषणा गर्न थालेपछि नेतृत्व सकेसम्म पछि सार्न खोजिरहेको छ । 

कांग्रेसको नेतृत्वका लागि सभापति देउवा, वरिष्ठ नेता पौडेलका अतिरिक्त महामन्त्री डा. शशांक कोइराला लगायत आधा दर्जन आकांक्षी देखिएका छन् । संस्थापन पक्षका पिल्लर मानिएका बिमलेन्द्र निधि, प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौलादेखि गगन थापासम्मले सभापतिको लागि लड्ने औपचारिक अनौपचारिक ढंगले बताइसकेका छन् । 

‘अधिवेशन नै निश्चित नभई उम्मेदवारी घोषणा गर्ने र गुट बनाउने काम शुरू भएको छ, गाडा पछाडि गोरु अगाडिको अवस्था छ,’ ती केन्द्रीय सदस्यले भने, ‘पहिला छिटो महाधिवेशन गर्न नेतृत्वमाथि दबाब सिर्जना गर्नुपर्ने आवश्यकता छ ।’

महाधिवेशन सार्न भइरहेको आलटालले पार्टीको छवि नै धुमिल बन्ने भन्दै कार्यकर्ता निराश छन् । पहिलो संविधान सभाको समयमा कांग्रेस संसदीय दलको मुख्य सचेतक समेत रहेका नेता लक्ष्मण घिमिरे ४ वर्षसम्म विभाग गठन गर्न नसक्ने र म्याद थपिएको समयमा विभाग गठन गर्ने काम अनैतिक भएको बताउँछन् । ‘गर्दागर्दै नभएको भए कार्यकर्ताले चित्त बुझाउने ठाउँ हुन्थ्यो । तर महाधिवेशन टार्ने नियतले गरिएको हुनाले पार्टीमा विरोध भइरहेको छ,’ घिमिरेले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x