बीपी प्रतिष्ठानका पूर्वउपकुलपतिविरुद्ध साढे १५ करोडको  भ्रष्टाचार मुद्दा

फाइल फोटो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति डा बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका दासले २०७६ असार ३० गते सम्मको अवधिमा  सात करोड ७१ लाख ९२ हजार ८६० बराबरको गैरकानूनी आर्जन गरेको पाइएको छ।


Advertisement

आयोगका अनुसार दासको वैध आय सात करोड ६० लाख १० हजार ४८९ आर्जन गरेको देखिएको छ। आयको तुलनामा १५ करोड ३२ लाख तीन हजार ३५० अवैध आय देखिएको छ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी दासविरुद्ध हदै सम्मको कारबाहीको माग गर्दै अवैध सम्पत्ति जफतको मागसहित आज मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्