कात्तिक १७, २०८०
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
योगका अनेकौं फाइदा छन्। अनि बच्चालाई योगासन गराउँदा उनीहरूको शरीर स्वस्थ र सक्रिय बन्छ र बुद्धि पनि तेज हुन्छ।
प्रत्येक मातापिताले आफ्ना बच्चाको तनमन स्वस्थ रहोस् र उनीहरू प्रत्येक कदममा सफल हुन् भन्ने इच्छा राख्छन्। तपाईंले आफ्ना बच्चाहरूलाई योग गराउनुभयो भने यो इच्छा सजिलै पूरा गराउन सक्नुहुन्छ । यहाँ हामी केही योगासनको चर्चा गर्दैछौं ।
ऊँ को उच्चारण
ऊँको उच्चारण गर्दा ध्यान केन्द्रित गर्ने शक्ति विकसित हुन्छ । उच्चारणले मानसिक शान्ति प्राप्त हुन्छ तथा मस्तिष्कमा रक्तसञ्चार पनि बढ्छ । यसो गर्नका लागि सुखासनमा बसेर हातहरूलाई ज्ञानमुद्रामा राख्नुस् । अनि लामो सास लिएर ऊँको उच्चारण गर्दै सास छोड्नुस् । यस्तो तीनदेखि पाँचचोटि गर्नुस् ।
भ्रामरी
आजकल बच्चाहरूलाई थकान र तनाव हुनु सामान्य कुरा भएको छ । यसले गर्दा बच्चाहरू पढाइमा ध्यान दिँदैनन् अनि खेलकुदमा पनि सक्रिय हुँदैनन् । बच्चाहरूलाई भ्रामरी गराउनुभयो भने समस्या समाधान हुन्छ । ब्राह्मरी गर्दा स्वरयन्त्र बलियो हुन्छ, अनिद्रा भाग्छ अनि रिस, थकान तथा तनाव हट्छ । यो गर्न सुखासनमा बस्नुस् र आँखा बन्द गरेर सास लिनुस् अनि कानमा औंला घुसाएर हम्म्म्म्म आवाजका साथ सास छोड्नुस् । थोरै अभ्यासपछि नै बच्चाहरूले सजिलै यो योग गर्न सक्छन् ।
त्रिकोणासन
शरीरलाई तन्काउनका लागि यो राम्रो आसन हो । यसले हात, गोडा, कम्मर, मेरुदण्ड र छाती बलियो बनाउँछ । यसले स्नायुप्रणाली पनि राम्रो बनाउँछ ।
यो आसनका लागि सीधा उभिनुस् अनि गोडाहरूका बीचमा दुई फीटको ग्याप राख्नुस् । दुवै हातलाई साइडमा लानुस् । अब बिस्तारै देब्रेतर्फ झुक्नुस र देब्रे हातले देब्रे गोडाको पैताला छुने कोशिश गर्नुस् । यसबेला तपाईंको दाहिने हात ठाडो हुनुपर्छ । यस स्थितिमा केही बेर बस्नुस् अनि सामान्य स्थितिमा आउनुस् । यही क्रिया अर्को हातले पनि गर्नुस् ।
भुजंगासन
यो आसन गर्दा बच्चाहरू मेरुदण्ड र पिठ्युँ बलियो हुन्छ अनि हातको मांसपेशी पनि शक्तिशाली बनाउँछ । यसो हुँदा बच्चाहरूलाई लेख्न सजिलो हुन्छ । अनि यो आसनले पाचन क्रिया पनि बलियो बनाउँछ र फोक्सोलाई शक्तिशाली बनाउँछ ।
यो आसन गर्नका लागि पेट तल पारेर पल्टिनुस् । अब दुवै हत्केलालाई छातीनजिक राख्नुस् । सास लिँदै शिर, काँध र छातीलाई माथि उठाउनुस् । सास छोड्दै शिरलाई तलतिर ल्याउनुस् । एकछिन आराम गर्नुस् र यस क्रियालाई दोहो–याउनुस् ।
वृक्षासन
वृक्षासन गर्दा मस्तिष्कमा स्थिरता र सन्तुलन आउँछ । एकाग्रता बढ्छ र शरीर पनि सन्तुलित रहन्छ ।
यो आसन गर्नका लागि सीधा उभिनुस् । अब दाहिने घुँडालाई मोडेर दाहिने पञ्जालाई देब्रे तिघ्रामा राख्नुस् अनि देब्रे गोडालाई सीधा राखेर सन्तुलन बनाउनुस् । सन्तुलन बनेपछि गहिरो सास लिएर दुवै हातलाई नमस्कार मुद्रामा राख्नुस् । केही क्षण यसै स्थितिमा बसेपछि हात तल ल्याउनुस् र दाहिने गोडा पनि सीधा गर्नुस् । अब अर्को गोडाले पनि त्यही क्रिया दोहो–याउनुस् । -एजेन्सी
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...