नेपाल बैंक लिमिटेड तथा लिसंखु पाखर गाउँपालिकाबीच सम्झौता

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड एवं सिन्धुपाल्चोक जिल्ला स्थित लिसंखु पाखर गाउँपालिकाबीच अध्यक्ष उद्यमशिलता बिकास कार्यक्रममा सहकार्य गने सम्झौता भएको छ ।

सम्झौतापत्रमा वैंकको तर्फवाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा  गाउँपालिकाको तर्फबाट उक्त गाउँपालिकाका अध्यक्ष कमल प्रसाद नेपालले  हस्ताक्षर गरेका हुन् ।


Advertisement

गाउँपालिकाले संचालन गर्न लागेको अध्यक्ष उद्यमशिलता बिकास कार्यक्रममा सहकार्य गर्ने सम्झौतामा नेपाल बैंक लिमिटेडमा आयोजित एक कार्यक्रममा हस्ताक्षर भएको हो ।  

उक्त कार्यक्रममा लिसंखु पाखर गाउँपालिकाका उपाध्यक्ष हेमगंगा मोक्तान, प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलाल, नेपाल बैंक लिमिटेडका नि. नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त, बैंकका बाग्मती प्रादेशिक कार्यालयका प्रमुख सुन्दर पन्थी, पाँचखाल शाखाका शाखा प्रबन्धक मुरारी कोईराला लगायतको उपस्थिति रहेको थियो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्