सभापति देउवाद्वारा महामन्त्री कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यावस्थाबारे नियमित चासो राख्नुका साथै शीघ्र स्वास्थलाभको कामना गरेका छन् ।

सभापति देउवाले महामन्त्री कोइराला चाँडै  स्वस्थ भएर घर फर्कन पार्टीका तर्फबाट  शुभेच्छा व्यक्त गरेको पार्टी कार्यालयले आज जनाएको छ ।


Advertisement

गत भदौ २३ गते कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएका महामन्त्री डा. कोइराला ज्वरो आएपछि मङ्गलबार ओम अस्पताल भर्ना भएका थिए ।

उनको स्वास्थ स्थितिमा क्रमिक सुधार भइरहेको पार्टी कार्यालयले जनाएको छ ।


Advertisement

ओम अस्पतालमा चिकित्सक टोलीको संयोजन गरिरहेका डा. विश्वनाथ कोइरालाका अनुसार उनको निमोनियाको स्थिति नियन्त्रण हुँदै गएको छ ।

साथै रेमडिसिभर औषधिको प्रयोगले उनको स्वास्थ्यलाई सहज बनाइरहेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्