सस्तो ब्याजमा ऋण दिंदै नविल बैंक, निक्षेपकर्तालाई पनि राम्रै ब्याज

नबिल बैंकले निक्षेपकर्तालाई राम्रो ब्याज दिने र ऋणीलाई सस्तोमा कर्जा दिने भएको छ । 

'चाडपर्व योजना' सार्वजनिक गर्दै बै‌कले यस्तो जनाएको हो । 


Advertisement

उक्त योजनामा बैंकले निक्षेपकर्तालाई राम्रो ब्याज दिने र ऋणीलाई सस्तोमा कर्जा दिन लागेको हो । 

बैंकले ल्याएको योजनाअनुसार १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्रहाकले बार्षिक ९ प्रतिशत सम्म ब्याज पाउने भएका छन् । 


Advertisement

त्यस्तै, ग्रहाकले १ बर्षसम्मकोमा ८.५ प्रतिशत, २ बर्ष भन्दा माथि र ५ बर्षसम्मको व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५ प्रतिशत  र ५ बर्ष भन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५ प्रतिशत ब्याजदर पाउने छन् ।

उता, उक्त योजनामा बैंकबाट कर्जा लिने ग्रहाकहरुले पनि सस्तो ब्याजदरमा कर्जा पाउने छन् ।

बैंकले घर कर्जा ७.४९, धितो कर्जा र व्यक्तिगत ओभरड्राफ्ट ७.९९ , साना तथा मझौला कर्जा १ करोडसम्मलाई ७.४९ तथा एक करोड भन्दा माथिलाई ७.९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको हो । 

बैंकले प्रदान गर्न लागेको यस कर्जाहरुको ब्याजदर एक वर्ष सम्म  परिवर्तन हुने छैन। 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्