दुई तीन दिनमा डिस्चार्ज हुन्छु - महामन्त्री कोइराला

नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफू दुई तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताएका छन् ।

आज भिडियो सन्देश जारी गर्दै उनले अहिले आफू ओम अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार गरिरहेको र चाँडै नै निको भएर घर फर्किने बताएका हुन् ।


Advertisement

‘मेरो चिन्ता गर्नुपर्दैन, दुई तीन दिन अस्पताल बसेर म डिस्चार्ज हुन्छ,’ उनले भिडियो सन्देशमा भनेका छन् । कोरोना भाइरस (कोेभिड १९)को सङ्क्रमण देखिएपछि उनी मङ्गलबार अस्पताल भर्ना भएका हुन् ।

होम आइसोलेसनमा रहेका कोइरालालाई ज्वरो आएपछि अस्पताल भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए । महामन्त्री डा. कोइरालाको स्वास्थ्य अवस्थाबारे भ्रामक कुरा आएपछि अस्पतालले उहाँको भिडियो सन्देश जारी गरेको हो ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्