सोलुखुम्बुमा पहिरोले घर बगायो

वर्षात् सहितको पहिरोले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका २ नाजिङमा एक घर बगाएको छ भने चार घर  जोखिममा परेका छन् ।

पहिरोको कारण स्थानीय जीत कुविर राईको ढुङ्गा माटोले बनेको दुई तले घर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दर्नाल जानकारी दिए । पाँच जनाको परिवार बस्दै आएको घरमा आज विहान पहिरो जाँदा भागेर ज्यान बचाउन सफल भएको राईले बताए ।  


Advertisement

सोही पहिरोका कारण स्थानीय जसविर राई, हर्कजित राई, भीमकुविर राई र रामकुमार राईको घर समेत उच्च जोखिममा परेको छन् । उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरी निरीक्षक दर्नालले बताए । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्