रोबोट प्रयोगमा ल्याउने नाष्टको घोषणा, कसरी गर्छ काम ?

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले छिट्टै यन्त्र मानव अर्थात रोबोट प्रयोगमा ल्याउने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीलाई नियन्त्रण गर्न नाष्टले आफ्नो कार्यालयमा उक्त प्रविधि निर्माण गरेर जडान गर्न लागेको हो । 

कार्यालयमा आगन्तुक पस्दा र निस्कदा यन्त्र मानवले मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा अपनाउन सजग गराउने नाष्टका प्रविधि सङ्काय साना जलविद्युत आयोजनाका प्रमुख रोशन पाण्डेले बताए । उनले भने, “महिलाको स्वरुपमा निर्माण भइरहेको यसलाई ढोकामा राखिन्छ, यसले अभिवादन गर्ने, मास्क लगाएको वा नलगाएको छुट्टाउने, लगाए धन्यवाद व्यक्त गर्ने र नलगाए स्यानिटाइनर दिएर मास्क लगाउन दिनेछ ।” 


Advertisement

कार्यालयमा छिर्ने व्यक्तिले कार्यालयबारे जानकारी लिनुपरेमा कृत्रिम इन्टेलिजेन्समार्फत बोलेर श्रव्यदृश्यका साथ दोहोरो संवाद समेत गराउने पाण्डेले जानकारी दिए । 
यन्त्र मानवले मानिसको तापक्रम जाच्ने बताउँदै उनले भने “यसको उचाई पाँच फिट तीन इन्च र तौल ५५ किलोको हुनेछ ।”  ‘समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवर्तन’ भन्ने नारालाई बढवा दिन देशका ३३ व्यक्ति, संस्थालाई पहिलो पटक सरकारी स्तरबाट अनुदान दिएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताए । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्