भारतमा एकैदिन ८९ हजार बढीमा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित कति पुगे ?

छिमेकी मुलुक भारतमा कोरोनाभाइरसबाट बिहीबार थप १११० जनाले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८४ हजार ३४० पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

यस्तै आज भारतमा ८९ हजार ८६७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ५२ लाख ५ हजार ७६० पुगेको छ । तीमध्ये हालसम्म झण्डै ४१ लाख निको भएका छन् भने १० लाख २३ हजारको उपचार भइरहेको छ।  त्यसमध्ये झण्डै ९ हजारको अवस्था गम्भीर रहेको छ । भारतमा कोरोना संक्रमित बढेकै कारण नेपाल सरकारले पनि भारतसँगका सीमा नाका बन्द गरेको छ । 
 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्